२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अब काठमाडौंबाट चार्टर्ड उडान गर्न नपाइने, भैरहवास्थित एयरपोर्टबाट मात्र पाइने

२०७९, १३ कार्तिक आईतवार १३:५३

कात्तिक १३, काठमाडौँ । सरकारले अब त्रिभुवन विमानस्थलबाट चार्टर्ड उडान गर्न प्रतिबन्ध लगाएको छ । भैरहवास्थित गौतबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन खर्च उठाउनुपर्ने भन्दै त्रिभुवन विमानस्थलबाट चार्टर्ड उडान गर्न नदिने निर्णय नेपाल नागरिक उड्डयन प्राधिकरणले गरेको हो । 

दैनिक ४० उडान क्षमता भएको भैरहवास्थित एयरपोर्टले विमान उडानमा कमि आएपछि सञ्चालन खर्च समेत उठाउन नसकेपछि प्राधिकरणले यस्तो निर्णय गरेको हो । 

त्यस्तै प्राधिकरणले काठमाडौँबाट दैनिक तीन भन्दा बढी अन्तर्राष्ट्रिय उडान गर्ने नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सलाई उडान तालिकामा भैरहवाबाट पनि उड्न बाध्यकारी गराउने गरी त्रिभुवन विमानस्थलबाट हुने केही उडान कटौती गरिदिएको छ । प्राधिकरणले उडान कटौती गरिदिएपछि नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले अब भैरहवा स्थित विमानस्थलमा २–२ वटा अन्तर्राष्ट्रिय उडान गर्न बाध्यकारी व्यवस्था गरेको छ ।

यसै नियमानुसार तीन भन्दा बढी उडान भर्ने विदेशी वायुसेवा कम्पनीहरुले समेत आगामी १५ डिसेम्बरदेखि भैरहवामा उडान भर्ने तालिका बनाउन पर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार