कात्तिक २१, काठमाडौँ | सोमबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आइतबारको तुलनामा आज सुनको भाउ प्रतितोला २०० रुपैयाँ र चाँदीको भाउ १० रुपैयाँले घटेको हो ।
यसअघि प्रतितोला ९४ हजार ५०० रुपैयाँ रहेको छापावाल सुन आज सोमबार प्रतितोला ९४ हजार ३०० रुपैयाँमा कारोबार हुने भएको छ भने ९४ हजार रुपैयाँ रहेको तेजावी सुनलाई ९३ हजार ८०० रुपैयाँ पर्ने भएको छ ।
यता, यसअघि प्रतितोला एक हजार २७५ रुपैयाँ रहेको चाँदीलाई आज एक हजार २६५ रुपैयाँमा कारोबार गर्न सकिने भएको छ ।