४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

५० करोड आम्दानी गर्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको लक्ष्य

२७ कार्तिक २०७९, आईतवार ०५:३३

कात्तिक २७, काठमाडौँ | गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडानको चाप बढ्न थालेको छ। सञ्चालनको ५ महिनासम्म जजिरा एयरको मात्र उडान हुने गरेको थियो। अहिले हिमालयनले चार्टर्ड उडान सुरु गरेको छ। प्राधिकरणले हालै नेपाल एयरलाइन्स र हिमालयन एयरलाई भैरहवाबाट पनि उडान भर्न निर्देशन दिएको थियो। 


शुक्रबार ३ उडान भए। जजिरा एयरको १ र हिमालयन एयरको २ चार्टर्ड उडान। हिमालयनले कात्तिक १७ बाट चार्टर्ड उडान सुरु गरेको हो। काठमाडौं–क्वालालम्पुर सीधा उडान गरिरहेको गौतमबुद्ध विमानस्थलका महाप्रवन्धक गोविन्द दाहालले बताए। नियमित उडान नभएकाले हिमालयनले अहिले मलेसियाको क्वालालाम्पुर जाने यात्रुलाई काठमाडौंबाट बसमा भैरहवा पुर्‍याउने गरेको छ। काठमाडौंबाट प्रत्येक उडानमा १ सय ७० यात्रु बोकेर जाने गरेको छ। चार्टर्ड भएकाले क्वालाम्पुरबाट भने रित्तै फर्किने गरेको छ। 

हिमालयनले नियमित उडानका लागि तयारी गरिरहेको छ। भैरहवामा कार्यालय स्थापना गरिसकेको छ। विस्तारै चहलपहल सुरु हुन थालेको महाप्रबन्ध कदाहाल बताउँछन्। नेपाल एयरलाइन्सले पनि एक महिनाभित्र उडान सुरु गर्नेछ। कुन रुटमा उडान सुरु गर्ने भन्ने तय भइसकेको छैन। सम्बन्धित मुलुकसँग हवाई रुटसम्बन्धी सम्झौता प्रक्रियामा रहेकाले हिमालयनले चार्टर्ड उडान गरेको प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए। स्थायी नहुन्जेल अस्थायी उडान तालिका दिने उनले बताए।

कुवेत एयर, एयर अरेयिबा, फ्लाइ दुबई र कतारले पनि केही दिनमा नै भैरहवाबाट उडान सुरु गर्ने दाहालले बताए। प्राधिकरणले डिसेम्बरबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्ने विदेशी एयरलाइन्सलाई पनि भैरहवाबाट उडान गर्न भनेको छ। प्राधिकरणले भैरहवा उडान आकर्षित गर्नका लागि नै गत भदौबाट नै ग्राउन्ड ह्यान्डलिङ र ल्यान्डिङमा छुट दिएको छ। यो छुटअनुसार प्रत्येक ल्यान्डिङ र ग्राउन्ड ह्यान्डलिङमा वायुसेवा कम्पनीले साढे २ लाखसम्मको छुट पाउने गर्छन्। भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्दा यात्रु शुल्कबापतको ३ हजार रुपैयाँ भने व्यहोर्नु पर्नेछ। 

विमानस्थलले दैनिक कम्तीमा ५ उडान गर्ने हो भने खर्च धान्न सक्ने दाहाल बताउँछन्। सञ्चालनको ५ महिनामा झन्डै १ सय १५ अन्तर्राष्ट्रिय उडान भएको छ। यति उडानमा २५ हजार यात्रुको आगमन भएको विमानस्थलको तथ्यांक छ। अन्तर्राष्ट्रिय उडानबबाट भैरहवाले ३ महिनामा ३ करोड रुपैयाँ कमाएको छ। आन्तरिक र अन्तर्राष्ट्रिय गरी चालू आर्थिक वर्षको अन्त्यसम्म करिब ५० करोड आम्दानी गर्ने लक्ष्य छ। श्रमको समस्याका कारण केही अप्ठ्यारो परे पनि अब यो पनि समाधान हुने महाप्रबन्धक दाहाले बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’