२०८२, ४ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अमेरिकी ‘करेन्सी सूची’ बाट भारू बाहिरिएपछि नेपाली मुद्रा पनि बलियो बन्दै

२०७९, २७ कार्तिक आईतवार ०९:१८

कार्तिक २७, काठमाडौँ | गत शुक्रबार अमेरिको डिपार्टमेन्ट अफ ट्रेजरीले भारतीय मुद्रा (भारू) लाई 'करेन्सी लिष्ट'बाट निकालेसँगै अमेरिकी मुद्राको तुलनामा भारू बलियो भएको छ। 

भारू बलियो हुँदा नेपाली मुद्रा समेत बलियो भएको हो। भारतीय मुद्रासँग नेपाली मुद्रा 'पेग्ड' गरिएको छ। अर्थात् भारूको विनिमय दरमा हुने उतारचढाव अनुसार नै नेपाली मुद्रा पनि घटबढ हुने गर्छ।

अमेरिकाले भारत सहित इटाली, मेक्सिको, थाइल्याण्ड र भियतनामको मुद्रालाई पनि यस्तो सूचीबाट हटाएको छ। 


मुद्रामा छेडखानी गरिएको भन्दै यसअघि यी मुलुकका मुद्राहरू निगरानीको सूचीमा राखिएको थियो। यी मुलुकले तीन मध्ये एक मापदण्ड मात्र पूरा गरेकोले अमेरिकाले यो सूचीबाट बाहिर राखेको हो। 

चीन, जापान, कोरिया, जर्मनी, मलेसिया, सिंगापुर र ताइवान अहिले पनि यो सूचीमा छ। 

व्यापारमा लाभको लागि मुद्रामा छेडखानी गर्नेहरूलाई अमेरिकाले यस्तो सूचीमा राख्ने गर्छ। 

आफ्नो मुद्राको विनिमय दर कमजोर राखि राखेर व्यापारबाट लाभ लिन यस्तो छेडखानी गर्ने मानिन्छ। विनिमय दर कम राख्दा निर्यात गर्ने मुलुकहरूको लागत कम पर्छ। 

यो सूचीबाट भारू हटेसँगै डलरको तुलनामा भारूको विनिमय दरमा सुधार हुने अपेक्षा गरिएको छ। 

अमेरिकाले आफूसँगको दुईपक्षीय व्यापारमा १२ महिनामा २० अर्बभन्दा बढीको व्यापार गर्ने मुलुक भएमा, सो मुलुकको चालु खाता सोही मुलुकको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) भन्दा दुई प्रतिशतभन्दा बढी भएमा र मुद्रामा एकपक्षीय हस्तक्षेप गरिएमा यो सूचीमा राखिने गरिन्छ। 

मुद्रामा एकपक्षीय हस्तक्षेप भन्नाले जिडिपीको दुई प्रतिशतभन्दा बढी विदेशी मुद्रा खरिद गरेर कुनै मुलुकले आफ्नो मुद्रा बलियो बनाइराख्नुलाई बुझिन्छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने