२०८२, ४ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मंसिरमा बैंकहरूले ब्याजदर नघटाउने

२०७९, २९ कार्तिक मंगलवार ०७:२१

कात्तिक २९ काठमाडौँ | मंसिर महिनमा वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर स्थिर राख्ने भएका छन् । मंगलबार बिहान बसेको बैंकर्स संघको बैंठकले अर्थतन्त्रको सूचकहरुमा स्थिर नै रहेकोले ब्याजदरमा तल-माथि गर्नुपर्ने अवस्था नदेखिएको निष्कर्ष निकालेको बैंकर्स संघको उपाध्यक्ष सुनिल केसीले बताए ।

‘मुख्य आर्थिक सूचकहरु पहिलेकै ठाउँमा छन् । मुद्रास्फीति पहिलेकै ठाउँमा छ,’ उनले भने, ‘मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षाले लिने लक्ष्यअनुसार पुसमा ब्याजदर तल-माथि गर्नर् सकिन्छ । अहिले यथावत राख्ने कुरा भएको छ ।’ यसबाहेक कुनै औपचारिक सहमति पनि नगरिएको उनले बताए ।


भदौसम्म व्यक्तिगत मुद्दती निक्षेपमा ११.०३ प्रतिशत तथा संस्थागत मुद्दती निक्षेपमा ९.०३ र बचतमा न्युनतम ६.०३ देखि अधिकतम ९.०३ प्रतिशत ८.०३ प्रतिशत ब्याजदर रहेको थियो ।

असोजमा १० प्रतिशतका दरले वृद्धि भएर व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर १२.१३३ प्रतिशत तथा बचतको न्युनतम ७.१३३ र अधिकतम ९.१३३ प्रतिशतसमम पुगेको छ ।

राष्ट्र बैंकले रेमिट्यान्स निक्षेपमा साधारण निक्षेपभन्दा मुद्दती तथा बचतमा थप १ प्रतिशत बिन्दुले थप ब्याज दिनुपर्ने व्यवस्था गरेको छ । कतिपय बैंकले भने रेमिट्यान्स मुद्दतीमा १५.१३ प्रतिशतसम्म ब्याजदर दिइरहेका छन् ।

असोजमा पनि बैंकहरुले व्यक्तिगत मुद्दतीमा १२.१३३ प्रतिशतको आधारमा बचतमा राष्ट्र बैंकको निर्देशनअनुसार व्यक्तिगत मुद्दतीको अधिकतम ५ प्रतिशत बिन्दुभन्दा बढी नहुने गरी ब्याजदर प्रकाशित गर्ने सहमति भएको उनले बताए ।

बैंकहरुसँग अहिले पनि तरलता सहज अवस्थामा नपुगेकोले ब्याजदर घटाउनेतर्फ बैंकहरुले छलफल नै नगरेको अर्का एक बैंकरले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने