मङ्सिर ४, काठमाडौँ | नेपाल राष्ट्र बैँकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
त्यस्तै, आज डलरको खरिद दर १३० रूपैयाँ ४० पैसा र बिक्री दर १३१ रूपैयाँ रहेको छ। युरो एकको खरिद दर १३५ रूपैयाँ २६ पैसा र बिक्री दर १३५ रूपैयाँ ८८ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १५५ रूपैयाँ ४६ पैसा र बिक्री दर १५६ रूपैयाँ १८ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ५६ पैसा र बिक्री दर ३५ रूपैयाँ ८१ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।