कट्पिस तथा पुराना कपडाबाटै कपास बनाईने, तयारी सिरक डसन बजारमा ल्याउने तयारी

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कट्पिस तथा पुराना कपडाबाटै कपास बनाईने, तयारी सिरक डसन बजारमा ल्याउने तयारी

२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

देउखुरीमै पहिलो पटक कपास तथा सिरक डसना उद्योग सञ्चालनमा

३० भाद्र २०७३, बिहीबार ११:०७


कट्पिस तथा पुराना कपडाबाटै कपास बनाईने, तयारी सिरक डसन बजारमा ल्याउने तयारी


सन्तोषकुमार गुप्ता । भदौ, ३० देउखुरी । जाँडो मौसमको शुरुवात संगै स्थानिय उपभोक्ताहरुको समस्या र मागलाई मध्यनजर गरी देउखुरीमै पहिलो पटक कपास तथा सिरक, डसना उद्योग सञ्चालनमा आएको छ । देउखुरीको लालमटिया—८ मसुरियाका हनुमान चौधरीले करिब २५ लाखको लागतमा मसुरियामै चौधरी कपास तथा सिरक, डसना उद्योग सञ्चालनमा ल्याउनु भएको हो । सिरक, डसना र टकिया बनाउनै कै लागि बजारमा महंगो मुल्यमा गुणस्तरहिन कपास किन्दा ठगिनु पर्ने बाध्यतालाई मध्यनजर गरी उद्योग सञ्चालनमा ल्याईएको उद्योग सञ्चालक हनुमान चौधरीले जानकारी दिए । बिशेष गरी टेलर्स व्यवसायहरु संग थुप्रिने कट्पिस तथा घरमा रहेका पुराना कपडाहरु खेरा जाने भएकोले त्यसलाई सदुपयोग गरी पुर्न प्रयोगमा ल्याउन समेत उद्योग सञ्चालन गरेको चौधरीले बताए ।

 

कट्पिस तथा पुराना कपडाहरुलाई मेसिनबाट कालो कपासको रुपमा तयार गर्न सकिने भएको हुँदा उक्त कपासबाट आवश्यकता अनुसारको साईज तथा तौलको सिरक, डसना र टकिया समेत तयारी अवस्थामा बिक्री गरिने सञ्चालक चौधरीले बताए । उनले तयारी सिरक, डसना र टकिया तथा अडर अनुसार समेत उपलब्ध गराउने गरी उद्योग सञ्चालनमा आएको बताए । उत्पादित कपास, सिरक, डसना र टकिया बजारको तुलनामा सहुलियत मुल्य उपलब्ध गराईने चौधरीले बताउनु भयो । पुराना कपडालाई कपास बनाउन प्रति केजी २५ रुपैयाँका दरले तयार गर्न सकिने र उद्योगमा तयारी अवस्थामा रहेको कपास हाल प्रति केजी ४० रुपैयाँमा बिक्री गर्ने चौधरीले भने । साथै टेलर्सबाट नयाँ कट्पिस कपडा प्रति केजी १० रुपैयाँका दर समेत खरिद गरिदै आएको उद्योगले जनाएको छ । उद्योगमा हाल ४ जना कर्मचारी कार्यरत छन् । उद्योगले बार्षिक १० लाख बढीको कारोबार गर्ने र २ लाख बढी मुनाफा गर्ने बताईएको छ । 


यसैबीच उद्योगको एक कार्यक्रमको आयोजना गरी उद्घाटन समेत गरिएको छ । उद्योगका सञ्चालक हनुमान चौधरीको अध्यक्षता प्रमुख आतिथ्य स्थानिय समाजसेवी तथा बुद्धिजिवी केशवराज खनालले रिबन काटेर उद्योगको उद्घाटन गर्नु भयो । उद्घाटन कार्यक्रममा बोल्ने बक्ताहरुले गाउँ—घर तथा टेलर्स व्यवसायहरुमा खेर जाने कपडालाई कपास बनाएर पुन प्रयोगमा ल्याउन सकिने गरी कपास उद्योग सञ्चालन हुनु गौरबको बिषय भएको बताएका थिए । साथै उनीहरुले गाउँघरमा फालिने कपडाहरु कपास बनाएर सस्तो मुल्यमा सिरक, डसना र टकिया बनाउन सकिने भएको हुँदा स्थानियबासी प्रत्यक्ष लाभन्दित हुने विश्वास समेत व्यक्त गरेका छन् । कार्यक्रममा स्थानियबासी माधव बेल्बासे, चम्फा भुसाल, अग्नु चौधरी, रामप्रसाद चौधरी र राजेन्द्रप्रसाद चौधरी लगायतका बक्ताले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन स्थानिय समाजसेवी दलबहादुर घर्तीमगरले गरेका थिए । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला