मङ्सिर १६, काठमाडौँ | अमेरिकी डलरको भाउ बिहीबारयता लगातार दुई दिन घटेको छ। 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर १६, काठमाडौँ | अमेरिकी डलरको भाउ बिहीबारयता लगातार दुई दिन घटेको छ। 

३ माघ २०८२, शुक्रबार
अर्थ/विकास

अमेरिकी डलरको भाउ घट्दा युरो, पाउण्ड र अष्ट्रेलियन मुद्रा बढ्यो, कति छ आजको मूल्य ?

१६ मंसिर २०७९, शुक्रबार ०९:०९

मङ्सिर १६, काठमाडौँ | अमेरिकी डलरको भाउ बिहीबारयता लगातार दुई दिन घटेको छ। 

नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार १ अमेरिकी डलरको खरिददर १२९ रूपैयाँ ६५ पैसा छ भने बिक्रीदर १३० रूपैयाँ २५ पैसा छ। 

बिहीबार ४८ पैसाले घटेको डलर शुक्रबार ३३ पैसाले घटेको हो। 


बिहीबार प्रतिडलर खरिददर १२९ रूपैयाँ ९८ पैसा थियो भने बिक्रीदर १३० रूपैयाँ ५८ पैसा थियो।  बुधवार १ अमेरिकी डलरको खरिददर १३० रूपैयाँ ४६ पैसा थियो भने विक्रीदर १३१ रूपैयाँ ०६ पैसा थियो। 

डलरको भाउ घटे पनि आज युरो र पाउण्ड स्टर्लिङको मूल्य भने बढेको छ। राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार आज युरोको भाउ ५४ पैसाले र पाउन्ड स्टर्लिङको भाउ १ रूपैयाँ ३२ पैसाले बढेको हो । 

आज १ युरोको विक्रीदर १३५ रूपैयाँ ९८ पैसा हुँदा बिहीवार यसको भाउ १३५ रूपैयाँ ४४ पैसा थियो । यस्तै, आज १ पाउन्ड स्टर्लिङको विक्री दर १५८ रूपैयाँ २१ पैसा छ । बिहीवार यसको विक्री दर १५६ रूपैयाँ ८९ पैसा थियो।

यस्तै अष्ट्रेलियन डलरको भाउ पनि बढेको छ। बिहिबार १ डलरको बिक्रिदर ८७ रूपैयाँ ४२ पैसा र बिक्रीदर ८७ रूपैयाँ ८३ पैसा थियो भने आज खरिद दर ८८ रूपैयाँ २७ पैसा र बिक्रीदर ८८ रूपैयाँ ६७ पैसा कायम भएको छ। 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’