2026-10-02 03:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

धनकुटाबाट ५० करोड बढीको काठ निर्यात

पुस ९, धनकुटा | धनकुटाबाट वार्षिक ५० करोड बढीको गोलीया काठ ९लकडी० तराईका उद्योगका लागि निर्यात हुने गरेको छ । सुनसरी, मोरङ, झापालगायतका जिल्लामा सञ्चालित प्लाई तथा काठ उद्योगका लागि यहाँबाट उत्तिस, खोटे सल्ला, चिलाउनेलगायत काठ निकासी हुने गरेको छ । जिल्ला डिभिजन वन कार्यालयको तथ्याङ्कअनुसार वार्षिक  २८ देखि ५७ करोडसम्मको काठ जिल्ला बाहिर निकासी हुने गरेको छ । 

कार्यालयको तथ्याङ्कअनुसार गत वर्ष जिल्लाबाट २८ लाख ८३ हजार नौ सय १८ क्युबिक फिट काठ निकासी भएको थियो । जसमा सरकारद्वारा व्यवस्थित वनबाट १५ हजार एक सय ८० र निजी तथा नम्बरी वनबाट २८ लाख ६८ हजार सात सय ३८ क्युबिक फिट काठ निकासी भएको छ । यहाँबाट काठ निकासी गर्दा व्यवसायीले काठको जातअनुसार प्रतिक्युबिक फिट रु एक सयदेखि दुई सयसम्मको दरले सरकारलाई कर तिर्ने गरेका छन् । जिल्लाबाट गत वर्ष काठ निर्यातबाट रु आठ करोड ३१ हजार सात सय १० कर उठेको थियो ।

 चालु आर्थिक वर्ष २०७९÷०८० को तीन महिनामा जिल्लाबाट निजी वनबाट मात्र १० लाख ८५ हजार दुई सय २४ क्यूबिक फिट काठ निकासी भएको छ । तीन महिनामा रु २ करोड ९२ लाख ९३ हजार कर उठेको वन कार्यालयका सहायक वन अधिकृत उत्सव थापाले जानकारी दिनुभयो । एक डिभिजन र छवटा सव डिभिजन रहेको जिल्लाबाट सबैभन्दा बढी उत्तिस जातको काठ निर्यात हुनेगरेको कार्यालयका प्रमुख मेघराज राईले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ग्यास अभाव हुन नदिन सुरक्षा निकायलाई एलपीजी बिक्रीको अनुमति दिने तयारी राष्ट्रिय सभामा विभिन्न मन्त्रालयका प्रश्नको जवाफ, तीन निकायका वार्षिक प्रतिवेदन पेस आर्थिक सुधारका लागि चालु वर्ष २७ नयाँ कानुन ल्याउँछौँ : अर्थमन्त्री वाग्ले महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह झापामा हात्ती आतंक र सुकुम्वासी समस्याबारे इन्दिरा राना मगरको सरकारको ध्यानाकर्षण दशैंमा पशुबलिका नाममा हुने क्रूरता रोक्न आशिका तामाङको माग बालिकामाथिको जघन्य अपराधको मुद्दा प्राथमिकताबाट नहराओस् : सांसद श्रेष्ठ अर्को अधिवेशनसम्म सरकार नढलोस् : ध्रुवराज राई इतर समूहको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा चयन प्रतिनिधिसभा बैठक सुरु सुनचाँदीको मूल्य बढ्यो गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने काठमाडौँमा १० दिन विद्युत् कटौती, यी क्षेत्रमा प्रभावित हुनेछ सेवा आर्थिक क्षेत्रका तीन विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो हिम्लुङ हिमपहिरोमा थप चार शव फेला, मृत्यु हुनेको संख्या ११ पुग्यो थापाथलीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते बहुविवाह र विदेशी पीआर लिने व्यक्ति निजामती सेवामा प्रवेश गर्न नपाउने रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीको क्याम्प छाडे