२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

विष्णु पौडेल अर्थमन्त्री बन्ने पक्का भएसंगै सेयर बजारमा उछाल

२०७९, ११ पुष सोमबार १०:३५

पुस ११, काठमाडौँ । नयाँ सरकार बनेसंगै अर्थमन्त्रीमा एमाले उपाध्यक्ष विष्णु पौडेलले उपप्रधानसहित अर्थमन्त्रीको आजै सपथ लिंदैछन् । पौडेल अर्थमन्त्री बन्ने सम्भावनाकै बीच आज सेयर बजारले उचाई लिएको हो । 

पछिल्लो समय निरन्तर रुपमा उतारचढाव भइरहेको नेप्से सोमबार एकाएक ५६.८६ अंक बढेर १९२४.०७ बिन्दुमा पुगेको छ । 

त्यस्तै आज सेन्सेटिभ इण्डेक्स ८.३८ अंकले बढ्दा फ्लोट इण्डेक्स ४.५४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.९७ अंकले बढेको छ । सोमबार कारोबारमा आएका २५० कम्पनीको ५६ लाख ५३ हजार कित्ता सेयर २ अर्ब ९ करोड ७० लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ ।

नेप्सेसँगै कारोबार रकममा पनि सुधार आएको छ । नेप्सेका १३ उपसमूहमध्ये अन्य उपसमूहको परिसूचक बाहेक सबै उपसमूहको परिसूचकमा वृद्धि भएको छ । 

सोमबार आधा दर्जनभन्दा बढी कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा गोर्खाज फाइनान्स, श्रृजनशील लघुवित्त, रिलायन्स फाइनान्स, धौलागिरी लघुवित्त, खप्तड लघुवित्त, हिमालयन पावर वार्टनर र घलेम्दी हाइड्रोको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। तर, नेपाल टेलिकमको सेयरमूल्य भने ५.५६ प्रतिशत घटेको छ। आज नेपाल टेलिकमको २० करोडभन्दा बढीको सेयर खरिदबिक्री भएको छ । 

२०७२ सालमा पनि सेयर बजारले उच्च विन्दु चुम्दा त्यतिबेला विष्णु पौडेलले नै अर्थमन्त्रालयको नेतृत्व सम्हालेका थिए । सेयर बजारप्रति सकारात्मक मानिएका विष्णु पौडेलकै पालामा बजारले नयाँ रेकर्ड बनाइरहेको थियो । 

त्यसो त यो पटक पनि लगानीकर्ताहरुको अपेक्षा विष्णु पौडेल नै अर्थमन्त्रीका रूपमा आउन भन्ने थियो । टुंगो नलागी सकेपनि अर्थमन्त्री पौडेलनै बन्छन् भन्ने आशाका बीच लगानीकर्ताहरुले सेयर बजारमा उत्साहित भएर लगानी गरेको देखिएको छ । 

यो समाचार तयार पार्दासम्म पौडेल तेस्रो पटक अर्थमन्त्रीको जिम्मेवारी पाईसकेका छन् । सरकारको नेतृत्व माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गरेपनि सरकारमा एमालेका तर्फबाट पौडेललेनै नेतृत्व लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह