३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

विष्णु पौडेल अर्थमन्त्री बन्ने पक्का भएसंगै सेयर बजारमा उछाल

११ पुष २०७९, सोमबार १०:३५

पुस ११, काठमाडौँ । नयाँ सरकार बनेसंगै अर्थमन्त्रीमा एमाले उपाध्यक्ष विष्णु पौडेलले उपप्रधानसहित अर्थमन्त्रीको आजै सपथ लिंदैछन् । पौडेल अर्थमन्त्री बन्ने सम्भावनाकै बीच आज सेयर बजारले उचाई लिएको हो । 

पछिल्लो समय निरन्तर रुपमा उतारचढाव भइरहेको नेप्से सोमबार एकाएक ५६.८६ अंक बढेर १९२४.०७ बिन्दुमा पुगेको छ । 

त्यस्तै आज सेन्सेटिभ इण्डेक्स ८.३८ अंकले बढ्दा फ्लोट इण्डेक्स ४.५४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.९७ अंकले बढेको छ । सोमबार कारोबारमा आएका २५० कम्पनीको ५६ लाख ५३ हजार कित्ता सेयर २ अर्ब ९ करोड ७० लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ ।

नेप्सेसँगै कारोबार रकममा पनि सुधार आएको छ । नेप्सेका १३ उपसमूहमध्ये अन्य उपसमूहको परिसूचक बाहेक सबै उपसमूहको परिसूचकमा वृद्धि भएको छ । 

सोमबार आधा दर्जनभन्दा बढी कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा गोर्खाज फाइनान्स, श्रृजनशील लघुवित्त, रिलायन्स फाइनान्स, धौलागिरी लघुवित्त, खप्तड लघुवित्त, हिमालयन पावर वार्टनर र घलेम्दी हाइड्रोको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। तर, नेपाल टेलिकमको सेयरमूल्य भने ५.५६ प्रतिशत घटेको छ। आज नेपाल टेलिकमको २० करोडभन्दा बढीको सेयर खरिदबिक्री भएको छ । 

२०७२ सालमा पनि सेयर बजारले उच्च विन्दु चुम्दा त्यतिबेला विष्णु पौडेलले नै अर्थमन्त्रालयको नेतृत्व सम्हालेका थिए । सेयर बजारप्रति सकारात्मक मानिएका विष्णु पौडेलकै पालामा बजारले नयाँ रेकर्ड बनाइरहेको थियो । 

त्यसो त यो पटक पनि लगानीकर्ताहरुको अपेक्षा विष्णु पौडेल नै अर्थमन्त्रीका रूपमा आउन भन्ने थियो । टुंगो नलागी सकेपनि अर्थमन्त्री पौडेलनै बन्छन् भन्ने आशाका बीच लगानीकर्ताहरुले सेयर बजारमा उत्साहित भएर लगानी गरेको देखिएको छ । 

यो समाचार तयार पार्दासम्म पौडेल तेस्रो पटक अर्थमन्त्रीको जिम्मेवारी पाईसकेका छन् । सरकारको नेतृत्व माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गरेपनि सरकारमा एमालेका तर्फबाट पौडेललेनै नेतृत्व लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’