२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सेयर बजारमा हरियाली, ५ महिना यताकै उच्च कारोबार

२०७९, १२ पुष मंगलवार १०:५५

पुस १२, काठमाडौँ । यो साताको दोस्रो कारोबार दिन आज (मंगलबार) सेयर बजारको कारोबार उच्च अंकले बढेको छ। मंगलबार सेयर बजार परिसूचक (नेप्से) ५९.८७ अंक बढेर १९८३.९५ बिन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ इन्डेक्स १०.६० अंक बढेको छ भने फ्लोट इन्डेक्स ३.६९ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ३.२८ अंकले बढेको छ।

मगंलबार कारोबारमा आएका २६१ कम्पनीको १ करोड २० लाख २९ हजार कित्ता सेयर ३ अर्ब ८८ करोड ४३ लाख ९६ हजार रुपैयाँ बराबरमा खरिदबिक्री भएको छ। सोमबार भने सेयर बजारमा २ अर्ब बराबरको कारोबार भएको थियो।

मगंलबार कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये लगानी उपसमूहको परिसूचक ६.४३ प्रतिशत बढेको छ भने वित्त, होटल तथा पर्यटन र जलविद्युत् उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढीले बढेको छ।

मंगलबार ६ वटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सिद्धार्थ इन्स्योरेन्स, मल्टिपर्पस फाइनान्स, अजोड इन्स्योरेन्स, श्रृजनशील लघुवित्त र कालिका पावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। मंगलबार कारोबार रकमका आधारमा लक्ष्मी बैंक शीर्ष स्थानमा रहेको छ।  बैंकको २० करोड ९४ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह