८ पुष २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पोखरा उद्योग बाणिज्य संघको अध्यक्षमा पालिखे निर्वाचित

२ आश्विन २०७३, आईतवार १५:५६

कमल सुवेदी | असोज २, पोखरा | पोखराकै जेठो संस्था पोखरा उद्योग बाणिज्य संघमा नयाँ नेतृत्व चयनको लागि भएको निर्वाचनबाट अध्यक्षमा विश्वशंकर पालिखे निर्वाचित भएका छन् । आईतबार साँझ सम्पन्न मतगणना बाट पालिखेले निकटतम प्रतिद्धन्द्धी देव क्षेत्रीलाई १ सय ५५ मत अन्तरले पछि पार्दै अध्यक्षमा बिजयी बनेका हुन् । 

अध्यक्षमा निर्वाचित बिश्व शंकर पालिखेले कुल ९ सय ५५ मत ल्याए भने उनका प्रतिद्वन्दी देव क्षेत्रीले ८ सय मत, त्यस्तै अध्यक्षकै प्रत्यासी नारायण कोइरालाले ४ सय ११ मत, हिरा भट्टराईले १ सय ६३ मत, इश्वर कर्माचार्यले १ सय २३ मत र धनीराम बरालले ४४ मत प्राप्त गरेका थिए । 

त्यस्तै पदाधिकारीहरुको निर्वाचनमा बरिष्ठ उपाध्यक्षमा रविन्द्र वहादुर प्रजु निर्वाचित भएका छन् । त्यस्तै उपाध्यक्ष (उद्योग) तर्फ गोकर्ण कार्की, उपाध्यक्ष (बाणिज्य ) तर्फ विन्दु कोईराला सुवेदी निर्वाचित भएका छन् । 

त्यस्तै महासचिवमा दामु अधिकारी निर्वाचित भएका छन् भने उपमहासचिवमा अर्जुन पोखरेल निर्वाचित भएका छन् तयस्तै कोषाध्यक्षमा पवन कुमार प्रजापती निर्वाचित भएका छन् । 

सदस्यतर्फबाट कुल २१ जनामा १० जना निर्वाचित भएका छन् । सदस्य तर्फ अनिल सिग्देलले सर्वाधिक मत सहित निर्वाचित बने भने क्रमश सीता बराल, सुरेन्द्रमान बिजुक्छे, यदुनाथ अधिकारी, किसान सुनार, चीनु गुरुङ, देव कृष्ण काफ्ले, प्रेम वहादुर भूजेल, गोमा ढकाल र गीता तिवारी निर्वाचित भएका छन् । 


सनिबार सम्पन्न निर्वाचनमा २५ सय १३ मत खसेको थियो । कुल २७ सय २६ मतदाता रहेकोमा २१३ मतदाता अनुपस्थित भएका थिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्सेमा २८.९१ अंकको वृद्धि भ्वाइस अफ नेपाल-६ काे काेचबाट बाहिरिए प्रमोद, भित्रिए खेम र मेलिना, प्रोमो सार्वजनिक (भिडियो) बालकोटमा बाबु–छोरा मृत फेला: केही दिनअघि मात्रै काठमाडौं आएका थिए बाबु, कोठा भाडामा लिएर अध्ययन गर्दै थिए दुई छोरा सहकारी ठगीको आरोपमा चन्द्रागिरि–१२ का वडाध्यक्ष महर्जन पक्राउ दोषी ठहरिए रवि आजीवन रास्वपा सदस्य समेत हुन नपाउने पाँच देशका नवनियुक्त राजदूतहरूले लिए सपथ ग्रहण सभामुखलाई भेटेर रास्वपा सांसदले भने: ‘रवि लामिछानेलाई सांसदबाट निलम्बन गर्न मिल्दैन’ डीपी अर्याललाई रास्वपाको कार्यवाहक सभापति बनाउने तयारी जमिन मुनिबाट सुन निकालिदिन्छु भन्दै २ करोड ठगी गर्ने पक्राउ बालकोटमा डेरा गरी बस्ने बुबा–छोरा मृत फेला, सँगै बस्दै आएका अर्का छोरा सम्पर्कबिहीन रविको सांसद पद निलम्बनबारे दीपक बोहरा भन्छन्ः ‘राजनीतिक पूर्वाग्रहले प्रेरित भएर निलम्बन गर्न खोजियो’ एनपीएलको फाइनलमा क्रिकेट मैदान बाहिर युवकलाई कुटेको आरोपमा दुई जना पक्राउ अमेरिकामा रेलभित्रै आगो लगाएर एक महिलाको हत्या हिरासतमा रहेका रविको फोटो सार्वजनिक गर्ने निकोलस भुसाललाई पोखरा पठाइयो आज फेरि बढ्यो सुनचाँदीको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ? थुनछेक बहसका लागि रविलाई अदालत लगियो, न्यायाधीश राईको इजलासमा पेशी ‘पुष्पा-२’ का अभिनेता अल्लु अर्जुनको घरमा तोडफोड, ६ जना पक्राउ शक्ति समूहकी संस्थापक सुनिता दनुवारको आज बिहान निधन पाँच संसदीय समितिको बैठक आज बस्दै ब्राजिलमा निजी विमान दुर्घटना हुँदा पाइलटसहित १० जनाको मृत्यु