असोज ३, काठमाडौँ । करिब सात वर्षदेखि बन्द रहेको सरकारी स्वामित्व रहेको नेपाल औषधि लिमिडेट पुनः सञ्चालनमा आउने भएको छ । 

आइतबार बसेको मन्त्रिपरिषद्को"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ३, काठमाडौँ । करिब सात वर्षदेखि बन्द रहेको सरकारी स्वामित्व रहेको नेपाल औषधि लिमिडेट पुनः सञ्चालनमा आउने भएको छ । 

आइतबार बसेको मन्त्रिपरिषद्को"/>

२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सात वर्षदेखि बन्द ‘नेपाल औषधि लिमिटेड’ पुनः सञ्चालनमा आउने

२०७३, ३ आश्विन सोमबार ११:०७

असोज ३, काठमाडौँ । करिब सात वर्षदेखि बन्द रहेको सरकारी स्वामित्व रहेको नेपाल औषधि लिमिडेट पुनः सञ्चालनमा आउने भएको छ । 

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले सो उद्योगलाई पुनः सञ्चालनमा ल्याउने निर्णय गरेको हो । विसं २०२९ मा स्थापना भएको उद्योगले विसं २०६० सालसम्म १२० प्रकारका औषधि उत्पादन गर्दै आएकामा विसं ०६७ मा पूर्णरुपमा बन्द भएको थियो । 

उद्योगमन्त्री नवीन्द्रराज जोशीले उद्योगलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार विश्व स्वास्थ्य सङ्गठनको गुड म्यानुफ्याक्चरिङ प्राक्टिस ९जिएमी० अनुसार सञ्चालन गर्ने र त्यसका लागि प्रारम्भिक अवस्थामा सरकारले रु १५ करोड ६५ लाख ऋणस्वरुप लगानी गर्ने जानकारी दिए । 

उनले बन्द रहेका उद्योग सञ्चालन गर्ने क्रममा पहिलो चरणमा यो उद्योगलाई सञ्चालन गर्न लागिएको बताउँदै छिट्टै उद्योगका लागि आवश्यक उपकरण, मेसिन, किन्ने र केही महिनामा नै प्रकारका औषधि उत्पादन सुरु गरिहाल्ने जानकारी दिए । 

मन्त्री जोशीले भने– “हाल पहिलो चरणमा सरकारले अत्यावश्कीय सूचीमा रहेका ४८ प्रकारका औषधि उत्पादन गर्नेछ । उत्पादित औषधि स्वयम् सरकारले खरिद गर्ने भएकाले बजारको समस्या रहन्न र ऋण पनि समयमै फिर्ता गर्न सकिने हाम्रो सोच रहेको छ ।” 

लिमिडेटका अध्यक्ष चन्द्रकृष्ण श्रेष्ठले हाल उद्योगमा कार्यरत ९७ कर्मचारीलाई स्वेच्छिक अवकाशमार्फत कम गरी आवश्यक पर्ने १९ जना विषय विज्ञ थप गरेर जनशक्ति व्यवस्थापन गर्ने योजना रहेको बताए । 

उद्योग मन्त्रालयले उद्योगको पुनः सञ्चालन गर्ने सम्बन्धमा सम्भाव्यता अध्ययन गरी कार्ययोजनासहितको प्रतिवेदन पेस गर्न डा पुष्कर बज्र्राचार्यको संयोजकत्वमा डा जगदीश अग्रवाल, उद्योग मन्त्रालयका सहसचिव यमलाल भुसाललगायत सदस्य रहेको सात सदस्यीय समिति पनि बनाइएको छ । 

सरकारले सुरु आफूले सञ्चालन गरे पनि पछि निजी क्षेत्रलाई सञ्चालन गर्न दिने योजनाअनुरुप त्यसका लागि निजी क्षेत्रलाई सहकार्यका लागि अपिल गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा