२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बढ्दो ब्याजदर र घट्दो पर्यटकले व्यवसायी चिन्तित

२१ माघ २०७९, शनिबार ०३:५०

माघ २१, गण्डकी | केही समययता एकाएक पर्यटकको चहलपहल घटेपछि पोखरेली पर्यटन व्यवसायीलाई चिन्तित बनाएको छ । देशकै प्रमुख पर्यटकीय गन्तव्य पोखरामा पर्यटन लक्षित पूर्वाधारको लगानीमा हौसिएका पर्यटन व्यवसायीलाई यतिखेर कम हुँदै गएको पर्यटकको आगमन र बढ्दो बैंकको ब्याजदर समस्या बनेको छ । 

पर्यटकीय राजधानीको उपमा पाएको पोखरा माघ १ गते भएको विमान दुर्घटना पछि सुनसान प्रायः छ । काठमाडौँपछि उल्लेख्य सङ्ख्यामा पर्यटक पुग्ने पोखरामा कोरोना कहर पछि भने पर्यटकको आगमन बढ्ने आशा पलाएको थियो । अङ्ग्रेजी नयाँ वर्षका बेलामा आसपासमा स्वदेशी एवम् विदेशी पर्यटकले खचाखच भरिएको पोखरामा पर्यटनको आशा जगाए पनि एकाएक भएको विमान दुर्घटनाले यतिखेर सुनसान बनाएको हो ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ व्यवसाय नै धान्न धौधौ परेको वास्तविकतालाई बुझ्दै सरकारले ब्याजदर घटाउन र किस्ताको समयावधि बढाउनका लागि पहल गरिदिनुपर्ने बताउनुहुन्छ ।

शुक्रबार गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको स्वागतार्थ आयोजित कार्यक्रममा उहाँले आफूहरू बैंकको ऋण तिर्ने कुरामा पूर्णरुपमा प्रतिबद्ध भएको र नतिर्ने कुनै चाहना नभएको बताउनुभयो । व्यवसायलाई बचाउन किस्ता तिर्ने समय बढाइदिनुपर्ने र ब्याज घटाएर दिनुपर्ने मुख्य माग रहेको उहाँले बताउनुभयो । 

‘सिजन’ होस् या ‘अफ सिजन’ पोखरा अधिकांश समय पर्यटकको चहलपहल हुने गन्तव्य हो । कोरोना कहरको महामारी बीच पनि यहाँको पर्यटनलाई आन्तरिक पर्यटकले केही न केही भरथेग गरेका थिए । 

नेपाल आउने विदेशी पर्यटकमध्ये करिब ४० प्रतिशत पोखरा आउँछन् । कोरोना कहरपछि विस्तारै लयमा फर्कन लागेको पर्यटन आगामी दिनमा कसरी बढ्ने हो यतिखेर चिन्ताको विषय बनेको छ । हिउँदको समय भएका कारण यतिखेर माछापुच्छ्रे« र अन्नपूर्णलगायतको हिमालको काखमा रहेका फेवातललगायतका तालतलैयामा पर्यटकको चहलपहल बढ्नुपर्ने हो । बढ्दो ब्याजदर र घट्दो पर्यटकका कारण व्यवसाय नै जोगाउने विषय प्रमुख चिन्ता बनेको टान पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष धर्म पन्थी बताउनुहुन्छ ।

तथ्याङ्कअनुसार पोखराका होटेल तथा रिसोर्टमा सात सय व्यवसायीको लगानी छ । यसअघि सरकारले नेपाल भ्रमण वर्ष २०२० घोषणा गर्दा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यका साथ भौतिक पूर्वाधारमा लगानी गर्न गरेको आग्रहलाई दृष्टिगत गरेर तत्कालीन समयमा उत्साहित बनेका यहाँका पर्यटन व्यवसायीले कोरोना पूर्वको बीचको समयमा पनि ठूलै लगानी गरेका थिए ।

पोखरामा होटलमा मात्रै करिब रु पौने चार खर्बभन्दा बढी लगानी भइसकेको छ । पर्यटकस्तरीय होटलको सङ्ख्या एक हजार दुई सय हाराहारी छ । लेकसाइड र ड्यामसाइड क्षेत्रमा सात सय होटल छन् भने पाँचतारे दुई वटासहित अन्य तारे होटलको सङ्ख्या १८ छ ।

प्रदेश सभाका जारी बैठकमा सदस्यले व्यवसायीमा परेको मारबारे संसद् तथा सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् । 

शुक्रबार मुख्यमन्त्री खगराज अधिकारीसँगको भेटघाटमा पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष सूर्य भुजेल, होटेल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी, महिला पर्यटन व्यवसायी सङ्घ(ओटेफ)का अध्यक्ष पार्वती पाण्डे, नेपाल हवाई खेलकुद संस्थाका महासचिव खेमराज आचार्य, गाउँ पर्यटन प्रवद्र्धन मञ्च गण्डकी प्रदेशका अध्यक्ष उदय सुवेदी, पोखरा पर्यटन परिषद्का वरिष्ठ उपाध्यक्ष कृष्ण भण्डारीलगायतले व्यवसायीमा परेका समस्यालाई बुझ्न सरकारसँग आग्रह गर्नुभयो ।

व्यवसायीका कुरा सुन्दै मुख्यमन्त्री अधिकारीले व्यवसायलाई बचाउने कुरामा आफू प्रतिबद्ध रहेको बताउँदै नआत्तिन आग्रह गर्नुभयो । प्रकृतिको बरदानसँगै पोखराको आतिथ्यताको संस्कार राम्रो रहेको बताउँदै उहाँले आउने समस्यालाई क्रमशः समाधान गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य