2026-10-20 07:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एसईईमा सहभागी हुने विद्यार्थी घटे

काठमाडौँ | यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई)मा सहभागी हुने विद्यार्थी घटेका छन्। गत वर्षको तुलनामा यस वर्ष चार हजार विद्यार्थी घटेको राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक टुकराज अधिकारीले बताए। अधिकारीका अनुसार, यस वर्ष ५ लाख १० हजार विद्यार्थीले एसईई परीक्षामा सामेल हुने भएका छन्। गत वर्ष ५ लाख १४ हजार ७१ विद्यार्थीले एसईई दिएका थिए।

यस वर्ष एसईईमा सहभागी हुने विद्यार्थीमध्ये ६३ हजार एक्जाम्टेड छन्। त्यस्तै, जापानबाट २३ विद्यार्थीले एसईई दिने भएका छन्। राष्ट्रिय परीक्षा बोर्डले एसईईको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। केही जिल्ला मात्रै प्रश्नपत्र पठाउन बाँकी रहेको परीक्षा नियन्त्रक अधिकारीले बताए। परीक्षाका लागि प्रश्नपत्र, सिम्बोल नम्बर, उत्तरपुस्तिका र अन्य सामग्री चैत्र १४ गतेसम्म सबै जिल्लामा पुर्‍याइसकिने उनले बताए। उनका परीक्षालाई मर्यादित बनाउन चार वटा सुरक्षा निकायको केन्द्रीय सुरक्षा समितिसँग छलफल गरिएको छ।

यस वर्षको एसईई चैत १९ देखि २९ गतेसम्म सञ्चालन हुँदै छ। फागुन २१ गतेको निर्वाचनका कारण एसईई परीक्षा दुई साता सारिएको हो। एसईईको नतिजा असारको तेस्रो साता प्रकाशन गर्ने योजना रहेको बोर्डले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ