2026-10-27 04:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

एक खुट्टे अपाङ्गता भएका साईकल यात्री रसाईली कैलालीबाट रारामा

दान बहादुर बुढा | जेठ २२, मुगु | कैलालि जिल्लामा जन्मनु भएका यमलाल रसाईली एक खुट्टे अपाङ्गता भएका साईकल यात्री जन्मजिल्लाबाट मुगुको रारा तालसम्म नेपालको राष्ट्रिय झन्डा सहीत  अपाङ्गगता भएका नागरीकको समान सहित सामाजिक न्यायमा सुनिचितता भन्दै साईकल चलाएरै कर्णाली प्रदेशको सुर्खेत दैलेख, कालीकोट, नाग्मासम्म पीज रोड हुँदै नाग्मदेखी जुम्लाको सिन्जा मुगुको रारा सम्मको कर्ची सडकमा साईकल चढेर रारामा पुगेका हुन् । 

रसाईली एक खुट्टाले साईकल चलाउन थालेको २१ बर्ष भयो । उनले अहिलेसम्म नेपालका ३८ जिल्लामा साईकलको यात्रा गरी सकेका छन् । यो समयको रारा यात्रा भर्ने रसईलीको मनोरन्जन भन्दा पनि मुगुका एक अपाङ्गगता भएका बालकलाई  बिद्यालय पठाउन नसक्ने प्रधानमन्त्रीले भर्ना गराउन नसकेको खवरले खीन्न बनाएको हुँदा उनि रारा पुगेका बताएका छन ।

२०७५ साललाई कर्णाली प्रदेशलाई पर्याटन बर्ष घोषण गर्न बैशाख १ गते मुगु पुगेका प्रधानमन्त्री के.पी शर्मा आलीले कणाली रारा पर्यटन बर्ष शुभारम्भ सहीत बिद्यालय भर्ना अभियान समेत सुभारम्भ गरीए पनि मुगुमा बालमैत्री बिद्यालय नभएको भन्दै मुगुका पुन्न बहादुर कुलाललाई बिद्यालयमा भर्ना प्रधानमन्त्रीले नगरेको सुन्दा आफु कठीन साईकल यात्रा गरी कुलाललाई बिद्यालयमा भर्नाका लागी पहल गर्न र शारीरिक रुपमा अशक्त्त भएका मानिसहरुले पनि नेपाल र मुलुकको बिभिन्न पर्यटन क्षेत्रलाई पर्वर्दन गर्न सक्ने संदेश दिन रारा आएको बताए ।

बिद्यालय भर्ना हुन नपाएका पुन्न बहादुर कुलाल भएको घर सडक सन्जालबाट केही टाढा भएको हुँदा कुलाललाई भेट्न नपाउदा दुख मान्दै यमलालले छायानाथ रारा नगरपालिकाका नगर प्रमुख हरीजङ्ग शाहीलाई तत्काल फोन गरी पुन्न बहादुरलाई बिद्यालय भर्नामा पहल गरीदिन आग्रह गरेपछी नगर प्रमुखले तत्काल बुझेर बिद्यालय भर्ना नभए नगरपालिकाको पहलमा भना गर्ने बाचा समेत गरेका थिए ।

यमलाल रसाईली एक खुट्टाले मेची महाकालीको साईकल यात्रा गरी भारतको बिभिन्न जिल्लामा पनि एक खुट्टाले साईकल यात्रा गरी सकेको बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने