एक खुट्टे अपाङ्गता भएका साईकल यात्री रसाईली कैलालीबाट रारामा

साझासवाल
2 Min Read

दान बहादुर बुढा | जेठ २२, मुगु | कैलालि जिल्लामा जन्मनु भएका यमलाल रसाईली एक खुट्टे अपाङ्गता भएका साईकल यात्री जन्मजिल्लाबाट मुगुको रारा तालसम्म नेपालको राष्ट्रिय झन्डा सहीत  अपाङ्गगता भएका नागरीकको समान सहित सामाजिक न्यायमा सुनिचितता भन्दै साईकल चलाएरै कर्णाली प्रदेशको सुर्खेत दैलेख, कालीकोट, नाग्मासम्म पीज रोड हुँदै नाग्मदेखी जुम्लाको सिन्जा मुगुको रारा सम्मको कर्ची सडकमा साईकल चढेर रारामा पुगेका हुन् ।

रसाईली एक खुट्टाले साईकल चलाउन थालेको २१ बर्ष भयो । उनले अहिलेसम्म नेपालका ३८ जिल्लामा साईकलको यात्रा गरी सकेका छन् । यो समयको रारा यात्रा भर्ने रसईलीको मनोरन्जन भन्दा पनि मुगुका एक अपाङ्गगता भएका बालकलाई  बिद्यालय पठाउन नसक्ने प्रधानमन्त्रीले भर्ना गराउन नसकेको खवरले खीन्न बनाएको हुँदा उनि रारा पुगेका बताएका छन ।

२०७५ साललाई कर्णाली प्रदेशलाई पर्याटन बर्ष घोषण गर्न बैशाख १ गते मुगु पुगेका प्रधानमन्त्री के.पी शर्मा आलीले कणाली रारा पर्यटन बर्ष शुभारम्भ सहीत बिद्यालय भर्ना अभियान समेत सुभारम्भ गरीए पनि मुगुमा बालमैत्री बिद्यालय नभएको भन्दै मुगुका पुन्न बहादुर कुलाललाई बिद्यालयमा भर्ना प्रधानमन्त्रीले नगरेको सुन्दा आफु कठीन साईकल यात्रा गरी कुलाललाई बिद्यालयमा भर्नाका लागी पहल गर्न र शारीरिक रुपमा अशक्त्त भएका मानिसहरुले पनि नेपाल र मुलुकको बिभिन्न पर्यटन क्षेत्रलाई पर्वर्दन गर्न सक्ने संदेश दिन रारा आएको बताए ।

बिद्यालय भर्ना हुन नपाएका पुन्न बहादुर कुलाल भएको घर सडक सन्जालबाट केही टाढा भएको हुँदा कुलाललाई भेट्न नपाउदा दुख मान्दै यमलालले छायानाथ रारा नगरपालिकाका नगर प्रमुख हरीजङ्ग शाहीलाई तत्काल फोन गरी पुन्न बहादुरलाई बिद्यालय भर्नामा पहल गरीदिन आग्रह गरेपछी नगर प्रमुखले तत्काल बुझेर बिद्यालय भर्ना नभए नगरपालिकाको पहलमा भना गर्ने बाचा समेत गरेका थिए ।

यमलाल रसाईली एक खुट्टाले मेची महाकालीको साईकल यात्रा गरी भारतको बिभिन्न जिल्लामा पनि एक खुट्टाले साईकल यात्रा गरी सकेको बताउँछन् ।

Share This Article
Leave a Comment

Leave a Reply