२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रतिनिधी सभामा सांसद रावतको आक्रोशः ‘म तिम्रा किताब बोक्ने भरिया होइन्’

२०७५, ३ असार आईतवार १६:२५

असार ३, सुर्खेत | कालिकोटबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद दुर्गाबहादुर रावतले वर्तमान सरकारले बजेटमा कर्णालीलाई उपेक्षा गरेको भन्दै सरकारको कडा आलोचना गरेकखा छन् । उनले आईतबार संसदमा आफुले सरकारको नीति तथा कार्यक्रमलाई गरेको समर्थन बजेट आएपछि फिर्ता लिएको र समर्थन गरेकामा आफैप्रति आपत्ती र विरोध जनाए ।

उनले वर्तमान कम्युनिष्ट सरकारले उत्पीडित क्षेत्र, जाती र लिङ्गको पक्षमा काम गर्ने अपेक्षा लिएको भएपनि बजेट हेर्दा त्यस्तो नलागेको बताए । त्यसले वर्तमान सरकार नीति र विधिमा चल्नुपर्ने कुरा भुलेर वेथितिमा चलेको उनको आरोप छ । प्रधानमन्त्री केपी शर्माओलीले बजेटबारे नेकपा सांसदहरुले बिरोध नगर्न निर्देशन दिएकै भोलीपल्ट पहिले पनि मन्त्री भएका जिल्लामा धेरै बजेट जाने र केही बजेट मन्त्री नभएका जिल्लामा जाने गरेको तर अहिले त्यो अवस्था पनि नआएकोमा सांसद रावतले आपत्ति जनाए ।

उनले सरकारलाई नीति र थितिमा चल्न सभामुखमार्फत आग्रह समेत गरे । रावतले चुनावका बेला तत्कालिन वाम गठबन्धनले उत्पीडित जाती र क्षेत्रको उद्दार गर्ने तथा विकासमा लाग्ने कुरा मतदातामाझ गरेको र सोही प्रकारको घोषणापत्र थमाइएको भएपनि अहिले त्यो अवस्था नआएको भन्दै आक्रोश पोखे । उनले विकासका पक्षमा जनताले भोट दिएको कम्युनिष्ट भएर हैन भन्दै अहिले जनताको घरमा जान नसकिने अवस्था आएको बताए ।

विनियोजन विधेयकमा आपत्ति जनाएका उनले सरकार कहाँबाट चलिरहेको छ ?भन्ने प्रश्न गरे । यसको जवाफ आफ्नो पार्टीका नेताहरूले छिटो दिनुपर्ने उनले माग पनि गरे । दुर्गम जिल्ला कालिकोटका लागि कुनै पनि मन्त्रालयले बजेट विनियोजन नगरेपछि उनले आक्रोश पोख्दै भने, ‘कालिकोट जानुपर्ने भए गाडी भाडा म व्यवस्था गरिदिन्छु । तपाईले उपलब्ध गराएको किताबमा हेर्नुहुन्छ भने चश्मा व्यवस्था गरिदिउँला’ उनले भने ।

सांसद रावतले विनियोजन विधेयकमा मन्त्रालयगत छलफलका लागि उपलब्ध गराइएको किताब पनि आफु कसैको भरिया नभएको भन्दै रोष्ट्रमबाटै फिर्ता गरेका छन् । ‘म कसैको भरिया होइन’ उनले आक्रोश पोख्दै भने, ‘तपाईहरूका जिल्लामा योजना आउने मैले किताब बोक्नुपर्ने ?’आफु अपाङ्ग मान्छे अहिलेसम्म भारी नबोकेको भन्दै उनले भने, ‘तपाईंको किताब यहीँ फिर्ता गरिदिएको घोषणा गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै