2026-08-25 06:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

लफ्याङ शिक्षामा नमुना वडा बन्दै

चिसाङ शेर्पा | साउन १२, खोटाङ | वडामा ‘नमुना शिक्षा’ बनाउने कसरतमा लफ्याङ सफल बन्दै गएको छ । मुलुक संघिय संरचनामा गए पश्चात दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको १५ वडा मध्ये शिक्षा क्षेत्रमा बहुत उदाहरणिय काम गर्दै नगरपालिका भित्रको वडाहरुमा लफ्याङ एक कदम अगाडी बढेको हो । 

वडामा रहेको एकवटा माध्यमिक विद्धालय, एक आधारभूत विद्धालय र तीन प्राथमिक विद्धालयमा यस शैक्षिकसत्रमा शैक्षिक क्यालेण्डर बितरण गरेर, क्यालेण्डरमा भएको वर्षदिने कार्य तालिका अनुसार लफ्याङका विद्धालयहरु सञ्चालन भईरहेको वडा शिक्ष समिति संयोजक तथा लफ्याङका वडाध्यक्ष निर्मल राईले बताउनुभयो । उहाँका अनुसार विधार्थीहरुले आफ्नो विद्धालयमा कहिले के कार्यक्रम हुन्छ शिक्षकलाई सोधिरहनु पर्दैन शैक्षिक क्यालेण्डर हेरे पुग्छ ।

तत्कालिन समयमा आ–आफ्नो नियममा संञ्चालन भईरहेको विद्धालयहरु यतिवेला एकै समयमा बर्खे बिदा, हिउदे बिदा, परिक्षा समय, नतिजा प्रकाशन, उत्तर पुस्तिका फाइलिङ गरी अभिभावकलाई एकै समयमा हस्तान्तरण र अभिभावक शिक्षक अन्तरक्रियाजस्ता कार्यक्रम पाँचै विद्धालयमा एकैचोटी हुने गरेको श्रीमावि वाँसबोटेका प्रधानाध्यापक जसराज किरातीले जानकारी दिए । अन्य वडाका विद्धालयहरु के कस्तो हुदैछ, त्यो थाहा छैन । प्रअ किरातीले भन्नुभयो, ‘तर, जब लफ्याङले जनप्रतिनिधिहरु पायो शिक्षा क्षेत्रमा कायापलटनै ल्याएको अनुभव गरेको छु ।’ 

वडा शिक्षा समितिकै सक्रियतमा लफ्याङका पाँच विद्धालयका कक्षा एकदेखी पाँचसम्म अध्ययनरत बालबालिकाको निरन्तर मुल्याङकन र विद्धालय अनुगमन गर्ने गरेको छ । विद्धालयलाई शिक्षामा सुधारका लागि उच्चताका साथमा हेरिएको छ । शिक्षाबिना केही संम्भव नभएकाले शिक्षालाई लफ्याङले मुल विषय बनाएको हो । उक्त विधालयहरुमा शैक्षिक, भौतिक, प्रशासनिक सुधारका लागि एक÷एकवटा आगन्तुक टिपोट पुस्तिका राखिएको छ । वडा शिक्षा समिति संयोजक राईले भने, “जो कोही विद्धालय निरिक्षण÷भ्रमणमा जानुहुन्छ । विद्धालयमा जे देखियो त्यही कुरा टिपोट पुस्तिकामा लेख्न पाउनुहुन्छ । त्यसपछि बिद्धालय व्यवस्थापन समिति र वडा शिक्षा समितिको बैठकको पहिलो विषय नै त्यही हुन्छ । के कसरी सुधार गर्ने भनेर ।”

हाल लफ्याङका अभिभावक/जनप्रतिनिधि र शिक्षकहरुको मूल ध्येय नै शिक्षामा सुधार गरेर मावि तह या त उच्च शिक्षाका लागि विधार्थीलाई लफ्याङ केन्द्रित बनाउने छ । उच्च शिक्षाका लागि श्रीमावि वाँसबोटेमा गतवर्षबाट ११/१२ कक्षा समेत संञ्चालन भईरहेको छ । उच्च शिक्षा स्थापनाकाल मै कक्षा ११ मा ४१ जनाले भर्ना गरेका विद्धालयले जनाएको छ । हाल कक्षा १२ का लागि भर्ना कार्यक्रम गर्दै उच्च शिक्षा संञ्चालन भईरहेको छ ।

अभिभावकत्व पाएका बालवालिकामा क्रमिक सुधार

यसैविच, लफ्याङका दुई बालबालिकाले पाएको अभिभावकत्वले उनीहरुको दैनिक जनजिबनमा नियमित सुधार हुदैं गएको छ । गत बैशाख ११ गते मंगलबार जिल्ला समन्वय समिति प्रमुख बबि चाम्लिङ र तत्कालिन खोटाङका प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले अभिभावकत्व ग्रहण गर्नु भएका दुई छात्राको जनजिबनमा क्रमिक सुधार हुदै गएको हो । 

जिसस प्रमुख चाम्लिङले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ श्रीमावि बाँसवोटे कक्षा ५ मा अध्ययनरत शिलिमिका राई तथा तत्कालिन प्रजिअ अधिकारीले नगरपालिका–४ खाल्लेकी सोही विद्धालयमा कक्षा ८ मा अध्ययनरत छात्रा अनुशा श्रेष्ठको अभिभावक लिनुभएको थियो । अनुशाका अभिभावक अधिकारीले केही महिनाअघि दश हजार र शिलिमिका अभिभावक राईले पनि आवाश्यक आर्थिक, भौतिक सहयोग गरीरहनुभएको श्रीमावि वाँसबोटेका प्रधानाध्यापक जसराज किरातीले जानकारी दिनुभयो । 

वडा शिक्षा समिति लफ्याङको यस्ता छन् बाँकी शैक्षिक योजना

साउन १८ गते प्रथम त्रैमासिक परिक्षाको नतिजा प्रकाशन, भदौ १ गते करेसाबारी निर्माण, असोज ११ गते आन्तरिक शैक्षिक भ्रमण, असोज १८ गते वडामा उपलव्ध जडिबुटी संकलन र प्रवद्र्धन, मंसिर ६ गते सञ्चारका विषयमा शिक्षण, मंसिर २२ गते कृषि उपज बिक्री कार्यक्रम, पुस ४ गतेदेखि १३ गतेसम्म दोश्रो त्रैमासिक परिक्षा, माघ ११ गते चित्रकला र अन्तर बिद्धालय हस्तलेखन, फागुन १७ गते ज्येष्ठ नागरिकबाट ज्ञान, सीप र अनुभव आदान प्रदान ।

यसैगरी, वर्षको अन्तिम चैत्र २९ गते वडास्तरिय नृत्य प्रदर्शनी, उत्कृष्ट विद्यार्थी, शिक्षक, विद्यालय पुरस्कृत, शिक्षा पत्रकारिता पुरस्कार वितरण लगायतका कार्ययोजना तयार पारेर कार्यान्वयन भईरहेको वडा शिक्षा समिति संयोजक राईले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’ बाढी-पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित बानेश्वरमा महिला ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा युवक पक्राउ घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढ्दैछ : श्रममन्त्री यादव बुधबार संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर, ११ सांसदले सोध्दैछन् प्रश्न आँखाको समस्याका कारण प्रधानमन्त्री शाहले संसद्मा कालो चस्मा लगाउने गलत सूचना होइन, सत्य कुराको मात्र प्रचार गरौँ : ज्ञानेन्द्र शाही काठमाडौँ उपत्यकासहित देशका केही जिल्लामा आज आकस्मिक बाढीको जोखिम प्रतिनिधि सभाको बैठक स्थगित सुन-चाँदीको मूल्य घट्यो इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग परराष्ट्रमन्त्री खनाल सर्बिया जाने