2026-11-01 11:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

लफ्याङ शिक्षामा नमुना वडा बन्दै

चिसाङ शेर्पा | साउन १२, खोटाङ | वडामा ‘नमुना शिक्षा’ बनाउने कसरतमा लफ्याङ सफल बन्दै गएको छ । मुलुक संघिय संरचनामा गए पश्चात दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको १५ वडा मध्ये शिक्षा क्षेत्रमा बहुत उदाहरणिय काम गर्दै नगरपालिका भित्रको वडाहरुमा लफ्याङ एक कदम अगाडी बढेको हो । 

वडामा रहेको एकवटा माध्यमिक विद्धालय, एक आधारभूत विद्धालय र तीन प्राथमिक विद्धालयमा यस शैक्षिकसत्रमा शैक्षिक क्यालेण्डर बितरण गरेर, क्यालेण्डरमा भएको वर्षदिने कार्य तालिका अनुसार लफ्याङका विद्धालयहरु सञ्चालन भईरहेको वडा शिक्ष समिति संयोजक तथा लफ्याङका वडाध्यक्ष निर्मल राईले बताउनुभयो । उहाँका अनुसार विधार्थीहरुले आफ्नो विद्धालयमा कहिले के कार्यक्रम हुन्छ शिक्षकलाई सोधिरहनु पर्दैन शैक्षिक क्यालेण्डर हेरे पुग्छ ।

तत्कालिन समयमा आ–आफ्नो नियममा संञ्चालन भईरहेको विद्धालयहरु यतिवेला एकै समयमा बर्खे बिदा, हिउदे बिदा, परिक्षा समय, नतिजा प्रकाशन, उत्तर पुस्तिका फाइलिङ गरी अभिभावकलाई एकै समयमा हस्तान्तरण र अभिभावक शिक्षक अन्तरक्रियाजस्ता कार्यक्रम पाँचै विद्धालयमा एकैचोटी हुने गरेको श्रीमावि वाँसबोटेका प्रधानाध्यापक जसराज किरातीले जानकारी दिए । अन्य वडाका विद्धालयहरु के कस्तो हुदैछ, त्यो थाहा छैन । प्रअ किरातीले भन्नुभयो, ‘तर, जब लफ्याङले जनप्रतिनिधिहरु पायो शिक्षा क्षेत्रमा कायापलटनै ल्याएको अनुभव गरेको छु ।’ 

वडा शिक्षा समितिकै सक्रियतमा लफ्याङका पाँच विद्धालयका कक्षा एकदेखी पाँचसम्म अध्ययनरत बालबालिकाको निरन्तर मुल्याङकन र विद्धालय अनुगमन गर्ने गरेको छ । विद्धालयलाई शिक्षामा सुधारका लागि उच्चताका साथमा हेरिएको छ । शिक्षाबिना केही संम्भव नभएकाले शिक्षालाई लफ्याङले मुल विषय बनाएको हो । उक्त विधालयहरुमा शैक्षिक, भौतिक, प्रशासनिक सुधारका लागि एक÷एकवटा आगन्तुक टिपोट पुस्तिका राखिएको छ । वडा शिक्षा समिति संयोजक राईले भने, “जो कोही विद्धालय निरिक्षण÷भ्रमणमा जानुहुन्छ । विद्धालयमा जे देखियो त्यही कुरा टिपोट पुस्तिकामा लेख्न पाउनुहुन्छ । त्यसपछि बिद्धालय व्यवस्थापन समिति र वडा शिक्षा समितिको बैठकको पहिलो विषय नै त्यही हुन्छ । के कसरी सुधार गर्ने भनेर ।”

हाल लफ्याङका अभिभावक/जनप्रतिनिधि र शिक्षकहरुको मूल ध्येय नै शिक्षामा सुधार गरेर मावि तह या त उच्च शिक्षाका लागि विधार्थीलाई लफ्याङ केन्द्रित बनाउने छ । उच्च शिक्षाका लागि श्रीमावि वाँसबोटेमा गतवर्षबाट ११/१२ कक्षा समेत संञ्चालन भईरहेको छ । उच्च शिक्षा स्थापनाकाल मै कक्षा ११ मा ४१ जनाले भर्ना गरेका विद्धालयले जनाएको छ । हाल कक्षा १२ का लागि भर्ना कार्यक्रम गर्दै उच्च शिक्षा संञ्चालन भईरहेको छ ।

अभिभावकत्व पाएका बालवालिकामा क्रमिक सुधार

यसैविच, लफ्याङका दुई बालबालिकाले पाएको अभिभावकत्वले उनीहरुको दैनिक जनजिबनमा नियमित सुधार हुदैं गएको छ । गत बैशाख ११ गते मंगलबार जिल्ला समन्वय समिति प्रमुख बबि चाम्लिङ र तत्कालिन खोटाङका प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले अभिभावकत्व ग्रहण गर्नु भएका दुई छात्राको जनजिबनमा क्रमिक सुधार हुदै गएको हो । 

जिसस प्रमुख चाम्लिङले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ श्रीमावि बाँसवोटे कक्षा ५ मा अध्ययनरत शिलिमिका राई तथा तत्कालिन प्रजिअ अधिकारीले नगरपालिका–४ खाल्लेकी सोही विद्धालयमा कक्षा ८ मा अध्ययनरत छात्रा अनुशा श्रेष्ठको अभिभावक लिनुभएको थियो । अनुशाका अभिभावक अधिकारीले केही महिनाअघि दश हजार र शिलिमिका अभिभावक राईले पनि आवाश्यक आर्थिक, भौतिक सहयोग गरीरहनुभएको श्रीमावि वाँसबोटेका प्रधानाध्यापक जसराज किरातीले जानकारी दिनुभयो । 

वडा शिक्षा समिति लफ्याङको यस्ता छन् बाँकी शैक्षिक योजना

साउन १८ गते प्रथम त्रैमासिक परिक्षाको नतिजा प्रकाशन, भदौ १ गते करेसाबारी निर्माण, असोज ११ गते आन्तरिक शैक्षिक भ्रमण, असोज १८ गते वडामा उपलव्ध जडिबुटी संकलन र प्रवद्र्धन, मंसिर ६ गते सञ्चारका विषयमा शिक्षण, मंसिर २२ गते कृषि उपज बिक्री कार्यक्रम, पुस ४ गतेदेखि १३ गतेसम्म दोश्रो त्रैमासिक परिक्षा, माघ ११ गते चित्रकला र अन्तर बिद्धालय हस्तलेखन, फागुन १७ गते ज्येष्ठ नागरिकबाट ज्ञान, सीप र अनुभव आदान प्रदान ।

यसैगरी, वर्षको अन्तिम चैत्र २९ गते वडास्तरिय नृत्य प्रदर्शनी, उत्कृष्ट विद्यार्थी, शिक्षक, विद्यालय पुरस्कृत, शिक्षा पत्रकारिता पुरस्कार वितरण लगायतका कार्ययोजना तयार पारेर कार्यान्वयन भईरहेको वडा शिक्षा समिति संयोजक राईले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द