2026-09-18 11:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

दिप्रुङ चुईचुम्मा गाउँपालिकामा शिक्षा क्षेत्रका दर्जन व्यक्ति सम्मानित

चिसाङ शेर्पा | भदौ २३, खोटाङ | ३९ औं राष्ट्रिय शिक्षा दिवस तथा ५२ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा एक दर्जन शिक्षा क्षेत्रका मानिस सम्मानित भएका छन् । जिल्लाको दिप्रुङ चुईचुम्मा गाउँपालिका भित्रका विव्यास अध्यक्ष, उत्कृष्ट प्रधानाध्यापक, शिक्षक/शिक्षिका, एसईई परिक्षा र गाउँपालिका स्तरीय कक्षा ८ को वार्षिक परिक्षामा उत्कृष्ट अंक ल्याई उतिर्ण विधार्थी सम्मानित भएका हुन् ।

गाउँपालिकाको डाँडागाउँ ओख्रेस्थित महेन्द्रोदय माविमा शनिवार भएको साक्षरता दिवसको अवसरमा शिक्षा समितिको निर्णय अनुसार छनौट भएका जनसेवा मावि दिहुं छितापोखरीका विद्धालय व्यवस्थापन समितिका अध्यक्ष अमृत बहादुर खड्का, सरस्वती मावि सप्तेश्वर छितापाखेरीका प्रअ पदम कुमार राई, महेन्द्रोदय आधारभुत विद्धालयका प्रअ दुर्गा प्रसाद गुरागाई, जनचेतना प्रावि पानीटार छितापोखरीका शिक्षिका जिना शेर्पा र शान्ती मावि छोरम्बुका शिक्षक पवन राई सम्मानित भएको स्रोत ब्यक्ति तथा गाउँपालिका स्तरीय शिक्षा संयोजक तुलसी कुमार खड्काले जानकारी दिए । 

यस्तै, २०७४ को एसईई परिक्षमा पालिकाभरीमा सर्वोत्कृट अंक ल्याई प्रथम हुने शान्ती मावि छोरम्बुका रेष्मा राई, दितीयद्धय महेन्द्रोदय मावि ओख्रेका विक्रम पौडेल र जनसेवा माविका दिहुं छितापोखरीका तिर्सना भुजेल, गाउँपालिका स्तरीय कक्षा ८ को वार्षिक परिक्षामा प्रथम हुने शान्ती निकेतन मिनाकर्ण मावि छोरम्बुका मनिकला तामाङ, दोश्रो सरस्वती मावि कूलागाउँ सप्तेश्वर छितापोखरीका अविसा खतिवडा, तेश्रो सरस्वती मावि डाँडागाउँ छितापोखरीका सन्तोष कट्वाल र सान्त्वना सरस्वती मावि कूलागाउँ सप्तेश्वर छितापोखरीका अस्मिता विक सम्मानित भएका छन् । 

सम्मानित भए वापत उत्कृष्ट विद्धालय व्यवस्थापन समिति अध्यक्षले नगद १५ हजार, उत्कृष्ट प्रअले २०/२० हजार, उत्कृष्ट शिक्षक, शिक्षिकाले १८/१८ हजार सहित सम्मानपत्र पाएका छन् । एसईई परिक्षामा प्रथमले १८ हजार दितीय दुईजनाले १५÷१५ हजार र कक्षा ८ मा उत्कृष्ट अंक ल्याएर प्रथम हुनेले १२ हजार, दोश्रोले १० हजार, तेश्रोले ८ हजार र सान्त्वनाले ५ हजार नगदका साथमा सम्मानपत्र पाएका छन । मावि स्तरीय हाजिरी जवाफ प्रतियोगितामा सरस्वती मावि डाडाँखर्कले प्रथम पुरस्कार ९ हजार, महेन्द्रोदय मावि ओख्रेले दोश्रो पुरस्कार ७ हजार ५ सय, कृष्ण मावि टेम्माले तेश्रो पुरस्कार ६ हजार नगद पुरस्कार पाएका छन् । 

यसैगरी, हिसाब दौडतर्फ सरस्वती मावि कूलागाउँ सप्तेश्वर छितापोखरीका मिलन खड्का प्रथम, सोही विद्धालयका अंकित तामाङ दोश्रो र जनचेतना प्रावि सर्वेटार वतासेका उमेश खत्री तेश्रो भएका छन् । उनीहरुले क्रमश २ हजार, १ हजार ५ सय र एक हजार नगद पाएका छन् । कक्षा ६ देखी ८ सम्म निबन्ध प्रतियोगिता तर्फ सरस्वती मावि कूलागाउँ सप्तेश्वर सछितापोरीका सजिना थापा प्रथम, कृष्ण् मावि टेम्माका सिमाना राई दोश्रो र सोही विद्धालयका मेलिना राई तेश्रो भएका छन् । उनीहरुले क्रमश २ हजार ५ सय, २ हजार र १ हजार ५ सय नगद पाएका छन् ।

गाउँपालिकामा कक्षा १ देखी १२ कक्षा सञ्चालन भएको ५ वटा, कक्षा १ देखी १० सञ्चालन भएको ८ वटा, कक्षा १ देखी कक्षा ८ सञ्चालन भएको ६ वटा र प्रावि स्तरका तीसवटा प्रावि विद्धालय मध्येबाट उत्कृष्ट बनेका विधार्थीहरुलाई गाउँ कार्यापालिका सदस्यले पुरस्कार वितरण गरेका छन् । उत्कृष्ट विव्यास अध्यक्ष, उत्कृष्ट प्रधानाध्यापक, शिक्षक÷शिक्षिकालाई दिप्रुङ चुईचुम्मा गाउँपालिका प्रमुख भुपेन्द्र राई र पुर्व शिक्षक तथा समाजसेवी दावाछिरीङ तामाङले दोसल्ला ओढाई पुरस्कार वितरण गरेका थिए । सात विद्धालयलाई गाउँपालिका प्रमुख र उपप्रमुखले एकसाथ कम्प्युटर हस्तान्तरण गरेका थिए ।  

माथिको तश्विरमा: उत्कृष्ट शिक्षकलाई सम्मान गर्नुहुंदै गाउँपालिका प्रमुख तथा उपप्रमुख । तस्विर: चिसाङ शेर्पा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई