2026-11-01 11:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

दिप्रुङ चुईचुम्मा गाउँपालिकामा शिक्षा क्षेत्रका दर्जन व्यक्ति सम्मानित

चिसाङ शेर्पा | भदौ २३, खोटाङ | ३९ औं राष्ट्रिय शिक्षा दिवस तथा ५२ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा एक दर्जन शिक्षा क्षेत्रका मानिस सम्मानित भएका छन् । जिल्लाको दिप्रुङ चुईचुम्मा गाउँपालिका भित्रका विव्यास अध्यक्ष, उत्कृष्ट प्रधानाध्यापक, शिक्षक/शिक्षिका, एसईई परिक्षा र गाउँपालिका स्तरीय कक्षा ८ को वार्षिक परिक्षामा उत्कृष्ट अंक ल्याई उतिर्ण विधार्थी सम्मानित भएका हुन् ।

गाउँपालिकाको डाँडागाउँ ओख्रेस्थित महेन्द्रोदय माविमा शनिवार भएको साक्षरता दिवसको अवसरमा शिक्षा समितिको निर्णय अनुसार छनौट भएका जनसेवा मावि दिहुं छितापोखरीका विद्धालय व्यवस्थापन समितिका अध्यक्ष अमृत बहादुर खड्का, सरस्वती मावि सप्तेश्वर छितापाखेरीका प्रअ पदम कुमार राई, महेन्द्रोदय आधारभुत विद्धालयका प्रअ दुर्गा प्रसाद गुरागाई, जनचेतना प्रावि पानीटार छितापोखरीका शिक्षिका जिना शेर्पा र शान्ती मावि छोरम्बुका शिक्षक पवन राई सम्मानित भएको स्रोत ब्यक्ति तथा गाउँपालिका स्तरीय शिक्षा संयोजक तुलसी कुमार खड्काले जानकारी दिए । 

यस्तै, २०७४ को एसईई परिक्षमा पालिकाभरीमा सर्वोत्कृट अंक ल्याई प्रथम हुने शान्ती मावि छोरम्बुका रेष्मा राई, दितीयद्धय महेन्द्रोदय मावि ओख्रेका विक्रम पौडेल र जनसेवा माविका दिहुं छितापोखरीका तिर्सना भुजेल, गाउँपालिका स्तरीय कक्षा ८ को वार्षिक परिक्षामा प्रथम हुने शान्ती निकेतन मिनाकर्ण मावि छोरम्बुका मनिकला तामाङ, दोश्रो सरस्वती मावि कूलागाउँ सप्तेश्वर छितापोखरीका अविसा खतिवडा, तेश्रो सरस्वती मावि डाँडागाउँ छितापोखरीका सन्तोष कट्वाल र सान्त्वना सरस्वती मावि कूलागाउँ सप्तेश्वर छितापोखरीका अस्मिता विक सम्मानित भएका छन् । 

सम्मानित भए वापत उत्कृष्ट विद्धालय व्यवस्थापन समिति अध्यक्षले नगद १५ हजार, उत्कृष्ट प्रअले २०/२० हजार, उत्कृष्ट शिक्षक, शिक्षिकाले १८/१८ हजार सहित सम्मानपत्र पाएका छन् । एसईई परिक्षामा प्रथमले १८ हजार दितीय दुईजनाले १५÷१५ हजार र कक्षा ८ मा उत्कृष्ट अंक ल्याएर प्रथम हुनेले १२ हजार, दोश्रोले १० हजार, तेश्रोले ८ हजार र सान्त्वनाले ५ हजार नगदका साथमा सम्मानपत्र पाएका छन । मावि स्तरीय हाजिरी जवाफ प्रतियोगितामा सरस्वती मावि डाडाँखर्कले प्रथम पुरस्कार ९ हजार, महेन्द्रोदय मावि ओख्रेले दोश्रो पुरस्कार ७ हजार ५ सय, कृष्ण मावि टेम्माले तेश्रो पुरस्कार ६ हजार नगद पुरस्कार पाएका छन् । 

यसैगरी, हिसाब दौडतर्फ सरस्वती मावि कूलागाउँ सप्तेश्वर छितापोखरीका मिलन खड्का प्रथम, सोही विद्धालयका अंकित तामाङ दोश्रो र जनचेतना प्रावि सर्वेटार वतासेका उमेश खत्री तेश्रो भएका छन् । उनीहरुले क्रमश २ हजार, १ हजार ५ सय र एक हजार नगद पाएका छन् । कक्षा ६ देखी ८ सम्म निबन्ध प्रतियोगिता तर्फ सरस्वती मावि कूलागाउँ सप्तेश्वर सछितापोरीका सजिना थापा प्रथम, कृष्ण् मावि टेम्माका सिमाना राई दोश्रो र सोही विद्धालयका मेलिना राई तेश्रो भएका छन् । उनीहरुले क्रमश २ हजार ५ सय, २ हजार र १ हजार ५ सय नगद पाएका छन् ।

गाउँपालिकामा कक्षा १ देखी १२ कक्षा सञ्चालन भएको ५ वटा, कक्षा १ देखी १० सञ्चालन भएको ८ वटा, कक्षा १ देखी कक्षा ८ सञ्चालन भएको ६ वटा र प्रावि स्तरका तीसवटा प्रावि विद्धालय मध्येबाट उत्कृष्ट बनेका विधार्थीहरुलाई गाउँ कार्यापालिका सदस्यले पुरस्कार वितरण गरेका छन् । उत्कृष्ट विव्यास अध्यक्ष, उत्कृष्ट प्रधानाध्यापक, शिक्षक÷शिक्षिकालाई दिप्रुङ चुईचुम्मा गाउँपालिका प्रमुख भुपेन्द्र राई र पुर्व शिक्षक तथा समाजसेवी दावाछिरीङ तामाङले दोसल्ला ओढाई पुरस्कार वितरण गरेका थिए । सात विद्धालयलाई गाउँपालिका प्रमुख र उपप्रमुखले एकसाथ कम्प्युटर हस्तान्तरण गरेका थिए ।  

माथिको तश्विरमा: उत्कृष्ट शिक्षकलाई सम्मान गर्नुहुंदै गाउँपालिका प्रमुख तथा उपप्रमुख । तस्विर: चिसाङ शेर्पा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द