2026-08-29 07:45 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

सरस्वती माता मा.वि.मालारानी–२ डांडाकटेरीले आयोजना बिबिध कार्यक्रम

पुस ९, अर्घाखाँची | सरस्वती माता मा.वि.मालारानी–२ डांडाकटेरीले आयोजना गरेको लोकगित प्रतियोगितामा सन्दिप खनाल कक्षा १० उत्कृष्ट हुनुभएको छ । आफ्नो ४४ औं बार्षिक उत्सवको अवसरमा आयोजित प्रतियोगितामा सन्दिप सुनार कक्षा ६ द्धितिय र पवन खनाल कक्षा ९ तृतिय हुनुभएको छ ।

शिक्षक अभिभावक संघका अध्यक्ष शोभाखर भुसालको अध्यक्षता,सहायक प्र.अ.योगेन्द्रनाथ भुसालको स्वागत मन्तव्य र शिक्षक पिताम्बर पोख्रेलको संचालनमा सम्पन्न कार्यक्रममा शैक्षिक शत्र २०७४ को बार्षिक परिक्षामा उत्कृष्ट हुने विद्यार्थी, विभिन्न अतिरिक्त क्रियाकलापमा विजयी विद्यार्थी र लोकगित प्रतियोगिताका विजयी विद्यार्थीलाई पुरस्कार र प्रमाणपत्रले सम्मान गरिएको छ । उक्त विद्यालयका विद्यार्थी, भुपु विद्यार्थी, शिक्षक,अभिभावक तथा सरोकारवालाको उल्लेख्य सहभागितामा सम्पन्न कार्यक्रममा प्रध्यानध्यापक हुमानन्द खनालले बार्षिक प्रगति प्रतिवेदन पेश गर्नुभएको छ ।

प्रतिवेदन प्रस्तुत गर्दै प्र.अ. खनालले सबैको क्रियाशिताले गत बर्ष विद्यालय मालारानी गाउंपालिकाकै उत्कृष्ट हुन सफल भएको भन्दै आगामी दिनमा जिल्लाकै नमुना बनाउन लाग्नुपर्नेमा जोड दिनुभएको छ ।स्कुलको शैक्षिक स्तर सुधार गर्न शिक्षक,अभिभावक र विद्यार्थीको समन्वयात्मक सम्बन्धको खांचो पर्ने भन्दै प्र.अ.खनालले सोही अनुसार अगाडि बढ्न सबैलाई आग्रह गर्नुभएको पत्रकार गोपाल प्रसाद भट्टराईले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो