पढ्न करिब 1 मिनेट लाग्छ
<p>माघ ११, गाईघाट (रासस): उदयपुरको कटारीबाट सोरुङछबीमातर्फ जाँदै गरेको ग१ज ४८४६ नंको बोलेरो जिप आज कटारी नगरपालिका–११ को बेतीनीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सात जना घाइते भएका छन् । <br></p><p>इलाका प्रहरी कार्यालय कटारीका प्रमुख ध्रुव श्रेष्ठका अनुसार जिप सडकबाट पचास मिटर तल खस्दा चालक तेजबहादुर थापाको घटनास्थलमै मृत्यु भएको हो । घाइतेलाई उपचारका लागि कटारी अस्पताल लगिएको छ । </p>

