2026-11-01 11:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

उदयपुरको बोटे बस्तीका बालबालिकामा शिक्षाको लहर

हरिकुमार राई | माघ १४, गाईघाट | तीन वर्ष अघिसम्म उदयपुरको त्रियुगा नगरपालिकाको पुरानो गाईघाटको बोटे टोलका अधिकांश बालबालिका त्रियुगा नदी किनारमा गिट्टी, बालुवा चाल्न तथा माछा मार्न जाने गरेकामा अहिले विद्यालय जान थालेका छन् । 

स्थानीय विद्यालयको पहल र केही समाजसेवीको सक्रियतामा झण्डै ३० घर बोटेका बालबालिका निन्तर स्थानीय विद्यालयमा गएर पठनपाठन गर्न थालेका हुन् । केही वर्ष अघिसम्म पढाउनुुपर्छ भन्ने चेतनाको विकास नभएको र गरीबीका कारण ५० प्रतिशत मात्र बालबालिका विद्यालय जाने गरेको जनप्रेमी निमावि प्रधानाध्यापक शैलेन्द्रकुमार खतिवडा बताउनुहुन्छ । विद्यालय, जनप्रतिनिधि तथा समाजसेवीको निरन्तर पहलपछि अहिले बोटेटोलका शतप्रतिशत बालबालिका विद्यालय जाने गरेको उहाँको भनाइ छ । 

स्थानीयवासी ७८ वर्षीय नरमान बोटे भन्नुहुन्छ, “हाम्रा पुर्खा सुनकोशी किनारमा बस्थे, पुख्र्यौली पेशा डुङ्गा चलाउने र माछा मार्ने भएका कारण आफूहरुले पढ्न पाइएन, छोराहरुले समेत पढ्न सकेनन् तर नातिनातिनी भने अहिले स्कूल जान थालेकाले खुशी लागेको छ ।” आफ्ना दुई नाति र एक नातिनीसमेत अहिले निरन्तर विद्यालय गइरहेको उहाँ बताउनुहुन्छ ।

अर्का ५६ वर्षीय चरिकुमारी बोटेको भनाइ छ “गरीबीका कारण खोलाको गिट्टी, बालुवा चालेर घरपरिवार चलाउन बाध्य थियौँ तर स्थानीय स्कूलका सर आएर नानीहरुलाई स्कूल पठाउन पटक–पटक कर गर्नुभयो, सबै छिमेकीले पनि नानीहरु पठाउन थालेकाले आफूले पनि बाध्य भएर विद्यालय पठाइरहेको छु ।” 

अर्का स्थानीयवासी नन्दु बोटे भन्नुहुन्छ, “म दैनिक मिस्त्री काम गर्छु, श्रीमती खोलामा बालुवा चाल्ने काम गर्छे नानीअहरूलाई पढाउने हैसियत नभए पनि गाउँका सबैले नानीहरु विद्यालय पठाउन थालेपछि लाजले भए पनि आफूहरुले पनि आफ्ना तीन बालबच्चालाई विद्यालय पठाउँदै आएको छु ।” 

स्थानीयवासी रमण बोटेका अनुसार अहिले बोटेटोलमा झण्डै ५५ बालबालिका विद्यालय जान्छन् । तीमध्ये ३० कक्षा १ देखि कक्षा ६ सम्म स्थानीय जनप्रेमी निमावि पुरानो गाईघाटमा अध्ययन गर्ने गरेका छन् , १५ जना त्रियुगा नमूना मावि गाईघाटमा कक्षा ५ देखि कक्षा ७ सम्ममा अध्ययनरत रहेका छन् भने बाँकीले निजी बोर्डिङ स्कूलमा समेत पढ्न जान थालेकाले अहिले बोटेटोलमा शिक्षाको लहर नै फैलिएको उक्त नगरपालिका–१२ निवासी महिला अधिकारकर्मी तथा वडासदस्य टोटला दाहाल बताउनुहुन्छ । 

उहाँ भन्नुहुन्छ, “तीन चार वर्ष अघिसम्म यस टोलका दश प्रतिशतमात्र नानीहरु स्कूल जान्थे, अरु सबै खोलामा माछा मार्ने र गिट्टी बालुवा चाल्ने गर्दथे, तर आफूहरुलगायत विद्यालयका शिक्षक, गाउँका शिक्षाप्रेमीको पहलमा बोटेटोलका नानीहरु विद्यालय भर्ना अभियानलाई व्यापक बनाउँदै लगिएकाले बल्ल अहिले बोटेटोलमा शिक्षको लहर फैलिएको हो ।” 

पुख्र्यौलीथलो कमला नदीको किनार तथा सुनकोशी नदीको किनारबाट धेरै वर्ष पहिला पुरानो गाईघाट आएर बसोबास गरेका बोटेको घरसहित एक कट्ठादेखि तीन कट्ठामात्र जग्गा छ । 

विगतका समयमा आफ्ना पुर्खाले नदी किनारमा डुङ्गा चलाउने र माछा मार्ने गरेर परिवारिक गुजारा चलाउने गरेको स्थानीय सन्जु बोट बताहुन्छ । अहिले आफूहरुसँग सानो छाप्रोमात्र भएका कारण माछा मार्ने, नदी किनारबाट बालुवा निकाल्ने, ज्यामी काम गर्न बाध्य हुन परेका कारण नानीहरुलाई विद्यालय पठाउन नसके पनि अब शिक्षाको जमाना आएको, स्थानीय विद्यालयले पनि नानीहरु भर्ना गर्न दबाब दिने गरकाले आफूहरुले दुःख गरेर भए पनि नानीहरु विद्यालय पठाउन थालेको सन्जु बोटे बताउनुहुन्छ । 

बोटे टोलकै अगुवा विद्यार्थी तथा त्रियुगा नमूना विद्यालय कक्षा १० मा अध्ययनरत छात्रा तिबता बोटे भन्छिन्, “बाबा आमाले पढ्न सक्नुभएन, अहिले आफू र भाइलाई दुःख गरेर आमा र बाबाले पढाइ रहनुभएको र आफ्नो स्टाफ नर्स बन्ने लक्ष्य छ ।” 

शिक्षाको जनचेता फैलिन थालेकाले बोटेले मजदूरी गरेर पनि नानीहरुलाई विद्यालय पढाउन थालेकाले यसलाई सकारात्मक रूपमा लिएर बोटेसमुदायमा अर्थोपार्जनका कार्यक्रम ल्याइएको नगरप्रमुख बलदेव चौधरी बताउनुहुन्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द