2026-09-19 12:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

उदयपुरको बोटे बस्तीका बालबालिकामा शिक्षाको लहर

हरिकुमार राई | माघ १४, गाईघाट | तीन वर्ष अघिसम्म उदयपुरको त्रियुगा नगरपालिकाको पुरानो गाईघाटको बोटे टोलका अधिकांश बालबालिका त्रियुगा नदी किनारमा गिट्टी, बालुवा चाल्न तथा माछा मार्न जाने गरेकामा अहिले विद्यालय जान थालेका छन् । 

स्थानीय विद्यालयको पहल र केही समाजसेवीको सक्रियतामा झण्डै ३० घर बोटेका बालबालिका निन्तर स्थानीय विद्यालयमा गएर पठनपाठन गर्न थालेका हुन् । केही वर्ष अघिसम्म पढाउनुुपर्छ भन्ने चेतनाको विकास नभएको र गरीबीका कारण ५० प्रतिशत मात्र बालबालिका विद्यालय जाने गरेको जनप्रेमी निमावि प्रधानाध्यापक शैलेन्द्रकुमार खतिवडा बताउनुहुन्छ । विद्यालय, जनप्रतिनिधि तथा समाजसेवीको निरन्तर पहलपछि अहिले बोटेटोलका शतप्रतिशत बालबालिका विद्यालय जाने गरेको उहाँको भनाइ छ । 

स्थानीयवासी ७८ वर्षीय नरमान बोटे भन्नुहुन्छ, “हाम्रा पुर्खा सुनकोशी किनारमा बस्थे, पुख्र्यौली पेशा डुङ्गा चलाउने र माछा मार्ने भएका कारण आफूहरुले पढ्न पाइएन, छोराहरुले समेत पढ्न सकेनन् तर नातिनातिनी भने अहिले स्कूल जान थालेकाले खुशी लागेको छ ।” आफ्ना दुई नाति र एक नातिनीसमेत अहिले निरन्तर विद्यालय गइरहेको उहाँ बताउनुहुन्छ ।

अर्का ५६ वर्षीय चरिकुमारी बोटेको भनाइ छ “गरीबीका कारण खोलाको गिट्टी, बालुवा चालेर घरपरिवार चलाउन बाध्य थियौँ तर स्थानीय स्कूलका सर आएर नानीहरुलाई स्कूल पठाउन पटक–पटक कर गर्नुभयो, सबै छिमेकीले पनि नानीहरु पठाउन थालेकाले आफूले पनि बाध्य भएर विद्यालय पठाइरहेको छु ।” 

अर्का स्थानीयवासी नन्दु बोटे भन्नुहुन्छ, “म दैनिक मिस्त्री काम गर्छु, श्रीमती खोलामा बालुवा चाल्ने काम गर्छे नानीअहरूलाई पढाउने हैसियत नभए पनि गाउँका सबैले नानीहरु विद्यालय पठाउन थालेपछि लाजले भए पनि आफूहरुले पनि आफ्ना तीन बालबच्चालाई विद्यालय पठाउँदै आएको छु ।” 

स्थानीयवासी रमण बोटेका अनुसार अहिले बोटेटोलमा झण्डै ५५ बालबालिका विद्यालय जान्छन् । तीमध्ये ३० कक्षा १ देखि कक्षा ६ सम्म स्थानीय जनप्रेमी निमावि पुरानो गाईघाटमा अध्ययन गर्ने गरेका छन् , १५ जना त्रियुगा नमूना मावि गाईघाटमा कक्षा ५ देखि कक्षा ७ सम्ममा अध्ययनरत रहेका छन् भने बाँकीले निजी बोर्डिङ स्कूलमा समेत पढ्न जान थालेकाले अहिले बोटेटोलमा शिक्षाको लहर नै फैलिएको उक्त नगरपालिका–१२ निवासी महिला अधिकारकर्मी तथा वडासदस्य टोटला दाहाल बताउनुहुन्छ । 

उहाँ भन्नुहुन्छ, “तीन चार वर्ष अघिसम्म यस टोलका दश प्रतिशतमात्र नानीहरु स्कूल जान्थे, अरु सबै खोलामा माछा मार्ने र गिट्टी बालुवा चाल्ने गर्दथे, तर आफूहरुलगायत विद्यालयका शिक्षक, गाउँका शिक्षाप्रेमीको पहलमा बोटेटोलका नानीहरु विद्यालय भर्ना अभियानलाई व्यापक बनाउँदै लगिएकाले बल्ल अहिले बोटेटोलमा शिक्षको लहर फैलिएको हो ।” 

पुख्र्यौलीथलो कमला नदीको किनार तथा सुनकोशी नदीको किनारबाट धेरै वर्ष पहिला पुरानो गाईघाट आएर बसोबास गरेका बोटेको घरसहित एक कट्ठादेखि तीन कट्ठामात्र जग्गा छ । 

विगतका समयमा आफ्ना पुर्खाले नदी किनारमा डुङ्गा चलाउने र माछा मार्ने गरेर परिवारिक गुजारा चलाउने गरेको स्थानीय सन्जु बोट बताहुन्छ । अहिले आफूहरुसँग सानो छाप्रोमात्र भएका कारण माछा मार्ने, नदी किनारबाट बालुवा निकाल्ने, ज्यामी काम गर्न बाध्य हुन परेका कारण नानीहरुलाई विद्यालय पठाउन नसके पनि अब शिक्षाको जमाना आएको, स्थानीय विद्यालयले पनि नानीहरु भर्ना गर्न दबाब दिने गरकाले आफूहरुले दुःख गरेर भए पनि नानीहरु विद्यालय पठाउन थालेको सन्जु बोटे बताउनुहुन्छ । 

बोटे टोलकै अगुवा विद्यार्थी तथा त्रियुगा नमूना विद्यालय कक्षा १० मा अध्ययनरत छात्रा तिबता बोटे भन्छिन्, “बाबा आमाले पढ्न सक्नुभएन, अहिले आफू र भाइलाई दुःख गरेर आमा र बाबाले पढाइ रहनुभएको र आफ्नो स्टाफ नर्स बन्ने लक्ष्य छ ।” 

शिक्षाको जनचेता फैलिन थालेकाले बोटेले मजदूरी गरेर पनि नानीहरुलाई विद्यालय पढाउन थालेकाले यसलाई सकारात्मक रूपमा लिएर बोटेसमुदायमा अर्थोपार्जनका कार्यक्रम ल्याइएको नगरप्रमुख बलदेव चौधरी बताउनुहुन्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई