2026-08-24 11:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

दिप्रुङ चुईचुम्मा गाउँपालिकाद्धारा एसईई मोडलमा कक्षा आठको परिक्षा

चिसाङ शेर्पा | चैत्र १० खोटाङ | एसईई परिक्षा सुरु भएको दिनबाट नै खोटाङमा एक गाउँपालिकाले पालिकास्तरीय कक्षा ८ को परिक्षा सञ्चालन गरेको छ । दिप्रुङ चुईचुम्मा गाउँपालिकाले आधारभुत र माविगरी १९ वटा विद्धालयमा अध्ययनरत कक्षा ८ का विधार्थीलाई एसईई मोडलमा परिक्षा सञ्चालन गरेको हो । जिल्लामै पहिलो पटक उक्त गाउँपालिकाले होम सेन्टर नराखी परिक्षा सञ्चालन गरेका हुन् ।

शिक्षालाई थप मजबुत बनाउनका लागि तीनवटा विद्धालयमा दुई÷दुई र अन्यमा एक–एक  परिक्षा केन्द्र निर्धारण गरेर परिक्षा सुरु गरिएको छ । १९ विद्धालयका ४ सय ७२ विधार्थीले आईतबारबाट आफ्नो विद्धालयभन्दा अन्यत्र विद्धालयमा गएर फरक ढंगले परिक्षा दिएका छन् । परिक्षाका लागि विषयगत समितिबाट नमुना प्रश्नपत्र जम्मागरी पुनः त्यसबाट पनि छनौट गरेर गाउँपालिकाले निर्माण गरेको प्रश्नपत्रमै परिक्षा सञ्चालन गरिएको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका शिक्षा संयोजक तुलसी कुमार खड्काले बताए । 

परिक्षाका लागि महेन्द्रोदय मावि ओख्रेमा, महेन्द्रोदय मावि याम्खा र पञ्चकन्या आधारभुत विद्धालय बोफ्लु डाडाँगाउ, जनता मावि बतासेमा, राम्चे निकेतन मावि इजारा बतासे र महेन्द्रतारा आधारभुत विद्धालय मुलाबारी बतासे तथा शान्ती मावि छोरम्बुमा, याङसोला मावि छोरम्बु र शान्ती निकेतन मिनाकर्ण मावि छोरम्बुका विधार्थीले परिक्षा दिएका छन् । अन्यमा भने होम सेन्टर नरहनेगरी परिक्षा सञ्चालन भईरहेको छ ।

आगामी १८ गते परिक्षा सकिनेछ । १९ गते उत्तरपुस्तिका संकलन, २० गते उत्तर पुस्तिका कोडिङ, डिकोडिङ र २१ गतेदेखी विषयगत शिक्षकलाई राखेर उत्तर पुस्तिका परिक्षण गरिनेछ । उत्तर पुस्तिका परिक्षणका लागि ७ सदस्यीय परिक्षा उपसमिति गठन गरिएको छ । परिक्षा उपसमितिले शिक्षकलाई खटाउनेछ । शिक्षा संयोजक खड्काले भन्नुभयो, ‘उत्तर पुस्तिका जाँच गर्ने शिक्षकले कुन विद्धालयको कुन विधार्थीको उत्तर पुस्तिका भन्ने नै थाहा पाउदैन सो कारण पनि परिक्षाको नतिजामा गडबढी हुन्न ।’ 

परिक्षालाई चुस्तदुस्त राख्नका लागि उत्तर पुस्तिकामा गाउँपालिकाको छाप लगाइएको छ । भौगोलिक विकटता र फोन सम्पर्क हुन नसक्दा परिक्षा अनुगमनको रिपोर्ट लिन समस्या भएको र परिक्षामा संलग्न छात्र छात्राको संख्या खुलाउन नसकिएको शिक्षा संयोजक खड्काको भनाई छ । परिक्षामा उतिर्ण विधार्थीलाई गाउँपालिकाले प्रमाणपत्र दिने व्यवस्था मिलाएको छ ।

माथिको तश्वीरमा: महेन्द्रोदय मावि याम्खामा कक्षा ८ को परिक्षा दिदैं विधार्थी । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग परराष्ट्रमन्त्री खनाल सर्बिया जाने महिला हिंसा रोक्न कडा कानुनी सजायको व्यवस्था गर्न सांसद क्षेत्रीको माग गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप एक जना पक्राउ लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग सोमबार सुनको मूल्य ३,२०० रुपैयाँले बढ्यो, चाँदीमा भने गिरावट वाईबी राईद्वारा मलेसिया रोजगारीको ‘सिण्डिकेट’ मा आफ्नो संलग्नता आरोप अस्वीकार विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन