2026-09-19 02:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

शिक्षालाई विकासमा जोड्नुपर्छ: शिक्षामन्त्री पोखरेल

चिसाङ शेर्पा | जेठ २८, खोटाङ | शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षालाई विकासमा जोड्नुपर्ने बताएका छन् । शिक्षा भनेको पुर्वाधारभित्रको पनि पुर्वाधारभित्र पर्ने भएकाले बिग्रिहालेमा सपार्न गाह्रो हुने भएकाले शिक्षाको परम्परागत कुरा त्यागेर शिक्षालाई विकाससँग जोड्नु पहिलो शर्त भएकाले अब शिक्षालाई विकासमा जोड्नुपर्ने बताएका हुन् ।

नेपालको शिक्षाको परिवर्तन कसैले गर्न सक्छ भने त्यो शिक्षकले मात्रै गर्न सक्छ । हामीले स्थानीय सरकारलाई जिम्मा दियौं, अब सवै ठिकठाक हुन्छ भन्नु हुन्छ भने त्यो राजनीतिक नेतृत्वको प्रश्न हो । मंगलबार खोटाङको नुनथलामा महुरेगढी वहुप्राविधिक शिक्षालयकोे उद्घाटन गर्दै शिक्षामन्त्री पोखरेलले शिक्षकको परिवर्तनको नेतृत्व शिक्षकले लिनुपर्छ । शिक्षक वाहेक अर्को विकल्प छैन । शिक्षकले आफूलाई अपग्रेड गर्नुपर्छ । सक्षम बनाउनुपर्छ । हामीले सिकाई केन्द्रीत शिक्षा गरेनौ, शिक्षामा क्रान्ती भएको छैन, सुधार भएको छैन । परिवर्तन भएको छैन । राजनीतिक परिवर्तनसँग मेल खाने शिक्षा नीति नबनेकाले शिक्षामा त्रृटि भएको बताए ।

गृह जिल्लामा विभिन्न कार्यक्रम लिएर आउनुभएका शिक्षामन्त्री पोखरेलले प्रमाणपत्रको लागि शिक्षा नभएको बताए । शिक्षा जीवनको लागि हो । विधार्थीले सिकेको शिक्षाले संसारको जुनसुकै कुनामा गएर पनि काम गर्न सक्ने हैसियत उनलाई बनाई दिनुपर्छ । यो कुराका लागि शिक्षकहरुले आफूलाई सक्षम बनाउनुपर्छ । ‘शिक्षक साथीहरु सक्नुहुन्छ शिक्षण पेशामा रहनुहोस, सक्नुहुन्न शिक्षण पेशाा छोडिदिनुहोस ।’ म सबैलाई अनुरोध गर्छु किनभने हिजोको ढंगले नेपालको शिक्षा हुदैन । युग नयाँ ठाउँमा गयो । नेपाल नयाँ ठाउँमा पुगेको छ । अनि जागिर खानको लागि शिक्षामा आउने हैन । जागिर खाने अरु ठाउँ छन् । व्यावसाय गर्ने अरु ठाउँ छ । यो भनेको देश बनाउने ठाउँ हो । यो नयाँ पुस्तालाई तयार गर्ने काम हो । 

शिक्षामा नयाँ उपलब्धिहरु प्राप्त गर्नुपर्ने भएकाले आउने आर्थिक वर्ष पछाडी कक्षा ८ सम्म रंगीन पुस्तक दिदैछौ, शिक्षण सिकाई अनुदान दिनेछौ, शुन्य दरबन्दी भएका विधालयलाई अहिले नै शिक्षण सिकाई दरबन्दी दिदैछौ । यसले नपुग्ने भएर माटो चिन्ने, देश चिन्ने भनेर यतिखेर स्वयम्सेविकी अभियान लिएका छौ । उनले भने, ग्राजुयड, मास्र्टस गरेकालाई युनिर्भसिटीसँग कुरा गरेर गाउँघरमा शिक्षक पठाएर शिक्षकको समास्या समाधान गरिरहेका छौ । डि ग्रेड ल्याएका मान्छेलाइ लगेर एजुकेसन पढाउने प्रक्रिया बन्द गर्दैछौ । शिक्षामा उम्दा मान्छेहरु आउनुपर्यो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा २०७५ सालमा स्थापना भएको शिक्षालयमा डिप्लोमा ईन फरेस्ट्री कार्यक्रम सञ्चालित छ । शैक्षिक सत्र २०७६/७७ देखी डिप्लोमा स्तरको थप कार्यक्रम संचालन गरिने शिक्षालयले जनाएको छ । प्राविधिक शिक्षालयमा विल्डिङ इलेक्ट्रिसियन, सामुदायिक वन सहजकर्ता, मसरुम प्रोड्युसर, बेमौसमी तरकारी खेती, मोटरसाइकल मेकानिक, मोबाईल मर्मतकर्ता, सामुदायिक पशु सहायकजस्ता छोटो अवधिका तालिमहरु संचालन हुंदै आईरहेको शिक्षालय प्रमुख भानु पौड्यालले बताए । कार्यक्रममा शिक्षालयलाई निःशुल्क जग्गादान गर्ने ११ जना स्थानीयलाई सम्मान गरिएको छ ।

माथिको तश्वीरमा: महुरेगढी वहुप्राविधिक शिक्षालयकोे उद्घाटनमा वोल्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल । तस्विर: चिसाङ शेर्पा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई