२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

जनता पाटनमा, विकास निर्माणका काम अलपत्र

२०७६, ३० जेष्ठ बिहीबार ०६:२८

हेमन्त केसी जेठ ३०,जाजरकोट | स्थानीयवासी डोल्पाका विभिन्न पाटनमा पाइने यार्सागुम्बा सङ्कलनका लागि गएपछि जाजरकोट र डोल्पाका गाउँमा विकास निर्माणको काम ठप्प भएको छ । विकासे कामदेखि विद्यालयमा पढाइसमेत प्रभावित हुँदै समस्या भएको स्थानीय तहले बताएका छन् । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज र अन्य सामुदायिक वनले डोल्पामा जेठ १३ देखि असार २५ सम्मका लागि जिल्लाका पाटनमा यार्सा सङ्कलन खुला गरेको छ। स्थानीय बासिन्दा यार्साको खोजीमा हिँडेपछि गाउँमा सञ्चालित खानेपानी, बाटो, भवन, सिँचाइलगायत विकासका काम रोकिएका छन् ।

यार्सागुम्बा सङ्कलन गरेर स्थानीयवासी पाटनबाट नआएसम्म विकास निर्माणका काम अगाडि बढ्न मुस्किल भएको नलगाड नगरपालिकाले जनाएको छ । जाजरकोटका सात स्थानीय तहमध्ये पूर्वका स्थानीय तहका विकास निर्माणमा समस्या भएको छ । नलगाड नगरपालिका, बारेकोट गाउँपालिका, भेरी नगरपालिका, कुशे गाउँपालिकामा विकास निर्माणको काम प्रभावित हुँदा समस्या भएको हो । यार्सा ‘सिजन’ले विकास निर्माणका योजनामा काम गर्ने मजदुर पाइन छाडेपछि प्रधानमन्त्री रोजगार कार्यक्रमसमेत प्रभावित भएको छ । बेरोजगारको आवेदन दिएका युवा डोल्पामा यार्सागुम्बा टिप्न गएपछि प्रधानमन्त्री रोजगार कार्यक्रमसमेत छनोटमा समस्या भएको हो । हिउँदमा भारतमा कमाइ गर्न जाने र जेठ र असारमा यार्सा सङ्कलन गर्ने ‘सिजन’हुने भएकाले डोल्पामा विकासका काम न्यून हुने गरेको छ ।

पूर्वका सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ५ देखि माथिका सबै छात्रछात्रा यार्सा टिप्न जाँदा पढाइ प्रभावित भएको वीरेन्द्र ऐश्वर्य माविका शिक्षक कालीप्रसाद थापाले बताउनुभयो । उहाँका अनुसार अहिले विद्यालयमा विद्यार्थीको सङ्ख्या ७० प्रतिशतले घटेको छ । त्यस्तै हिउँदमा मौसमी बसाइँसराइका कारण जिल्ला छाड्ने र सिजनमा यार्सागुम्बा सङ्कलन गर्न स्थानीयवासी पाटनमा जाने भएकाले डोल्पाका गाउँ सुनसान मात्र बनेका छैनन्, विकास निर्माणका काम ६० प्रतिशत पनि भएको छैन । जगदुल्ला, भित्रवन, कागमारा, फूलबारी, कुनासा, भोक्पा, भम्पे, डोप्के, माटे, छमकुनी, बासुदा, नाउरे, सागरलगायत पाटन जेठ १३ बाट यार्सा टिप्न खुला गरिएसँगै अहिले हजाराँै स्थानीयवासी अस्थायी मानव बस्ती बनाएर पाटनमा यार्सागुम्बा सङ्कलन गरिरहेका छन् । 

युवा यार्सा सङ्कलन गर्न विभिन्न पाटन गएपछि गाउँमा वृद्ध र स–साना बालबालिका मात्र रहेको मुड्केचुला गाउँपालिका अध्यक्ष दत्तबहादुर शाहीले बताउनुभयो । बालबालिकासमेत यार्सा टिप्न पाटनतिर गएपछि विद्यालय बन्द भएको उहाँले बताउनुभयो । पाटन नजिकका गाउँका बासिन्दाले पशुचौपाया पाटन क्षेत्रमै लगेका छन् । घरमा ताला लगाएर अधिकांश परिवार यार्सा टिप्न पाटन पुगेको ठुलीभेरी नगरपालिकाका स्थानीय शिक्षक रामबहादुर थापाले बताउनुभयो ।

 विद्यार्थी नआउँदा शिक्षक हाजिर गर्दै घाम तापेर फर्कने गरेको सरस्वती मावि दुनैका प्रधानाध्यापक सत्यनारायण सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यालयमा अध्ययनरत ५६७ विद्यार्थीमध्ये पाँच-सात विद्यार्थी मात्र आउन थालेपछि पठनपाठन रोकिएको छ । अमरसिंह आधारभूत विद्यालय मुहु, हिमज्योति आधारभूत सार्कीटोल, काञ्जिरोवा आधारभूत दापु र तापीरिचा माविमा भने १ कक्षादेखि ३ सम्म मात्र पढाइ भइरहेको छ । 

जिल्लाका ११३ विद्यालयमध्ये १०९ मा शिक्षक र विद्यार्थी नियमित उपस्थित नभएपछि पठनपाठन रोकिएको हो । शिक्षक नै यार्सागुम्बा व्यापारमा पुगेको पाइएको छ । केही शिक्षक नेपालगञ्ज, सुर्खेत र काठमाडाँैमा आफन्त भेट्न पुगेको पाइएको छ । शिक्षा एकाइले जिल्लाका कुनै पनि विद्यालय बन्द नगर्न आग्रह गरे पनि त्यो कुरा कार्यान्वयन हुनसकेको छैन । यहाँका सबै स्थानीय तहमा शिक्षा शाखामा कर्मचारीसमेत नहुँदा काम गर्न समस्या भएको एकाइ प्रमुख सिंहराज डाँगीले बताउनुभयो । प्रधानमन्त्री रोजगार कार्यक्रमसमेत अहिलेसम्म सञ्चालन हुनसकेको छैन । ढुवानी गरेर ल्याएका निर्माणका सामग्रीसमेत बाटोमै अलपत्र परेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा