२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

शिक्षा

सल्यानमा एकै दिन १० विद्यालयमा पुस्तकालय उद्घाटन

२०७६, २९ भाद्र आईतवार १३:०३

भदौ २९, सल्यान । सल्यानमा पुस्तकालय स्थापना कार्यले तिब्रता पाएको छ। विभिन्न परियोजनाले स्थानीय तहहरुसंग साझेदारी गरेर सामुदायीक विद्यालयमा पुस्तकालय स्थापना कार्य लगाडी बढाएका छन् । कतीपय स्थानीय तहहरुले आफै पहल गरेर पुस्तकालय स्थापना गरेका छन् । 

शिक्षा नियमावली अनुसार पनि हरेक विद्यालयमा पुस्तकालय अनिवार्य हुनुपर्ने भएपछि र यसको महत्व बुझेपछि जिल्लामा पुस्तकालय स्थापना कार्यले तिब्रता पाएको हो । बाल दिवसको अवसरमा सल्यानमा आइतबार कुमाख गाउँपालिका र कपुरकोट गाउँपालिकामा पुस्तकालय उद्घाटन गरिएको छ ।

कपुरकोट, ५ स्थीत सिद्ध आधारभुत विद्यालय खालीमा पुस्तकालय स्थापना गरेर चार हजार चार सय ३१ पुस्तक राखिएको छ । गाउँपालिका राष्ट्रिय महासंघ कर्णाली प्रदेशका अध्यक्ष भिम बहादुर सेनले पुस्तकालयको उद्घाटन गरे । कपुरकोट गाउँपालिका र पढ्नका लागी कोठा (रुम टू रिड) कार्यक्रमको साझेदारीमा पुस्तकालय स्थापना गरिएको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष द्रोण बहादुर केसीले बताए । गाउँपालिकाले ६ लाख ५० हजार रुपैयााको लागतमा तीन हजार सात सय ९२ पुस्तकको ब्यवस्था गरेको छ भने रुम टू रिडले ६ सय ३९ पुस्तक सहित पुस्तकालयको ब्वयस्थापन गरेको उनले बताए ।


पढ्नका लागि कोठा तथा रूमटुरिडको सहयोगमा जिल्लाको १० वटा विद्यालयमा आइतबार पुस्तकलय उद्घाटन गरिएको रूमटुरिडका प्रमुख बाबुराम पोख्रेलले जानकारी दिए । सिद्ध अधारभुत विद्यालय कपुरकोट खाली सहित बालकल्याण मावि कोटबारा, बालकल्यान अधारभुत विद्यालय सिद्धकुमाख, जनविकास आधारभुत विद्यालय ओख्रेनी, त्रिभुवन जनता मावि मार्के, राधेश्याम मावि काँरागिठी, सरस्वती अधारभुत विद्यालय रानीपोखरी छत्रेश्वरी, लक्ष्मी मावि झिम्पे, लक्ष्मी मावि पोखरीडाँडा, र भवानी मावि छायानाथ लगायत स्थानमा पुस्तकालय उद्घाटन गरिएको हो । विद्यालय तहका बालबालिकाको पढ्ने अधिकारको सुनिश्चित गर्न तथा सानो उमेरमै पढ्ने सिप र बानीको विकास गर्न रूम टु रिडले दलित विकास समाजसंगको साझेदारीमा जिल्लाका ५४ विद्यालयमा पुस्तकालय अभियान सम्पन्न गरेको जनाएको छ ।

सिद्ध अधारभुत विद्यालय कपुरकोट खालीमा पुस्तकालय उद्घाटन गर्दै महासंघका अध्यक्ष भिम बहादुर सेनले पुस्तकालयमा नियमित विद्यार्थीलाइ पढ्ने वानी बसालेर पाठ्यपुस्तक वाहिरका विभिन्न ज्ञान प्रदान गर्नुपर्ने बताए । कपुरकोट गाउँपालिकाका अध्यक्ष समेत रहेका उनले पालिकाभित्रका सबै विद्यालयमा पुस्तकालय स्थापना गर्ने उद्देश्य रहेको बताए । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तिला बुढा मगर, वडा नम्बर ५ का वडाध्यक्ष यम कुमार वस्नेत, रुम टू रिडका प्रतिनिधी विनायक रेग्मी, शिक्षा शाखा कपुरकोटका संयोजक कृष्ण भण्डारी, विद्यालयका प्रअ पदम खड्का लगाएतले पुस्तकालयको महत्वको बारे चर्चा गरेका थिए ।


यस्तै वाल दिवस तथा अभिभावक भेलाको अवसरमा कपुरकोट, ४ स्थीत नेपाल राष्ट्रिय माध्यामिक विद्यालय किमुचौरमा विभिन्न कार्यक्रम सम्पन्न भएका छन् । सो अवसरमा आयोजना गरिएको एथ्लेटिक्स, भलिवल र कपर्दि खेल प्रतियोगितामा प्रथम, द्धितृय तृतीय हुने छात्रछात्रालाइ पुरस्कृत गरिएको प्रअ सिट्टीसाप विष्टले जनाए । विव्यव अध्यक्ष हरिलाल पुनको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयको शैक्षिक उन्नयनमा उत्कृष्ट कार्य गरेको भन्दै शिक्षक अनुप शर्मा र हस्ता बुढालाइ सम्मान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी कपुरकोट गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले सामुदायीक विद्यालयमा विगतको तुलनामा पर्याप्त लगानी भएको भन्दै त्यसको राम्रो प्रतिफल पाउनका लागी शिक्षक, विद्यार्थी र अभिभावक जिम्मेवारपूर्वक लाग्नुपर्नेमा जोड दिए । गरिवि, विपन्नता वा कुनै कारणवस स्कुल जान नसक्ने, दश जोड दुई पढ्न नसकने कोहि भएमा खोजि गरेर भएपनि गाउँपालिकाले लगानी लगाएर पढाउने उनले प्रतिवद्धता जनाए ।  उता कुमाख गाउँपालिकाले जनकल्याण मा.वि., बडागाउँकोटमा गाउपालिका भित्रका विद्यालयको सहभागितामा वक्तृत्वकला र हाजिरीजवाफ प्रतियोगिता गरेको छ । दार्माको वडा नं ६ मा गाउँपालिकाको अयोजनामा कार्यक्रम गरिएको छ । शारदा नगरपालिकाले पनि सदरमुकामको बाल मन्दिरमा विभिन्न कार्यक्रम गरेर बाल दिवस मनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै