2026-09-08 11:24 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

शिक्षा

कपुरकोटमा शिक्षकहरुलाई शैक्षिक सूचना व्यवस्थापन प्रणालि सम्बन्धी तालिम

पुष २६, सल्यान | सल्यानको कपुरकोटमा विद्यालयका सम्पूर्ण तथ्यांकहरु आई ई एम आई एस प्रणालि मार्फत अपलोड, अपडेट तथा प्रकाशन गरिने भएको छ । जसका लागि कपुरकोट गाउँपालिकाले सम्पूर्ण सामुदायीक तथा निजी विद्यालयलाई तालिमको आयोजना गरेको छ ।

शैक्षिक सूचना व्यवस्थापन प्रणालि अन्तर्गत विद्यालयका हरेक तथ्यांकहरुलाई प्रविधिको प्रयोग मार्फत अद्यावधिक गर्न तथा अक्षरांकन पद्धतिमा नतिजा प्रकाशन सम्बन्धी तालिम शिक्षकहरुका लागि आयोजना गरिएको हो । शैक्षिक सूचना प्रणालिका प्रशिक्षक दामोदर शर्माले शिक्षकहरुलाई तालिम प्रदान गरिरहेका छन् ।

दुई दिने तालिमको कालिका मावि कपुरकोटमा गाउँपालिका राष्ट्रिय महासंक कर्णालीका अध्यक्ष भिम बहादुर सेनले शुक्रबार उद्घाटन गरे । कपुरकोट गाउँपालिकाका अध्यक्ष समेत रहेका सेनले शिक्षामा प्रविधिको प्रयोग अर्थपूर्ण रुपमा रहेको बताए । तर प्रविधिले अवसर र चुनौती दुवै ल्याएको बताउदै प्रविधिको सहि प्रयोग गर्नुपर्नेमा जोड दिए ।

शिक्षकले तालिममा सिकेका ज्ञान सीप प्रविधि र तरिकालाई सफलतापूर्वक विद्यार्थीको सिकाइमा हस्तान्तरण गर्नुपर्ने बताउदै उनले कुनै पनि तालिमको आवश्यकता परेमा गाउँपालिका समक्ष माग गर्न आग्रह गरे ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिरालाल भण्डारीले विकसित भएका नयाँ नयाँ प्रणाली तथा सूचना र सञ्चार प्रविधिका उपकरणहरू शिक्षण सामग्रीका रूपमा परम्परागत सामग्रीभन्दा बढी सान्दर्भिक, उपयुक्त, दक्ष र प्रभावकारी रूपमा प्रयोग गर्न सकिने धारणा राखे ।  शिक्षा शाखा प्रमुख कृष्ण भण्डारीले प्रविधिले सिकाइमा आनन्द दिने र बढी सिक्न सहयोग गर्ने भएकाले यसको प्रयोग अपरिहार्य रहेको धारणा राखे । कार्यक्रमको सहजिकरण शिक्षक उमेश सुवेदीले गरेका थिए । तालिममा २० जना भन्दा बढि कम्प्युटर सम्बन्धी ज्ञान भएका शिक्षकहरु सहभागी छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो