2026-10-24 01:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

साउनदेखि टोलटोलमा पठनपाठन हुने

असार २५, खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाले आगामी साउन ७ गतेबाट टोलटोलमा शिक्षक परिचालन गरेर पठनपाठन सञ्चालन गर्ने भएको छ । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको बन्दाबन्दीका कारण चार महिनादेखि शैक्षिक संस्था बन्द भएपछि टोलटोलमा शिक्षक परिचालन गरेर नियमित पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको हो । 

शिक्षण सिकाइलाई नियमित बनाउन शहरी क्षेत्रमा सञ्चालन गरिएको अनलाइन कक्षा प्रभावकारी नदेखिएकाले आफ्नो क्षेत्रमा टोलटोलमा शिक्षक परिचालन गरेर पठनपाठन शुरु गर्ने निर्णय गरिएको गाउँपालिका प्रमुख भूपेन्द्र राईले बताउनुभयो । “पहाडी भूगोल रहेको हाम्रो क्षेत्रमा इन्टरनेटको पहुँच छैन”, उहाँले भन्नुभयो, “लामो समयको बन्दाबन्दीले विद्यार्थीमा पढ्ने बानी हट्दै गएकाले सामाजिक दूरी कायम गर्दै साउन ७ गतेबाट टोलटोलमा पठनपाठन शुरु गर्ने निर्णय गरिएको हो ।”

साउन ७ गतेदेखि पठनपाठन शुरु गर्ने निर्णय गरिएसँगै बन्दाबन्दीको कारण आ–आफ्नो घरमा रोकिएर रहेका शिक्षकलाई साउन ३ गतेभित्र अनिवार्यरूपमा गाउँपालिकामा उपस्थित हुन पत्राचारसमेत गरिएको गाउँपालिका प्रमुख राईले बताउनुभयो । “बाहिरी जिल्लाका शिक्षकलाई गाउँपालिकामा झिकाएर अनिवार्यरूपमा आरडिटी गरिनेछ”, उहाँले भन्नुभयो, “आरडिटी गर्दा रिपोर्ट नेगेटिभ आएका शिक्षकलाई मात्र टोलटोलमा परिचालन गरेर पठनपाठन शुरु गर्ने निर्णय गरिएको छ ।”

गाउँपालिकाभित्रै रहेका शिक्षकको भने आरडिटीसमेत परीक्षण नगरिने गाउँपालिकाले जनाएको छ । साउन ४ गते सबै शिक्षक आफू कार्यरत विद्यालयमा उपस्थित भई आ–आफ्नो विषयको कार्यतालिका बनाउनुका साथै साउन ७ गतेबाट टोलटोलमा पुगेर पठनपाठन शुरु गर्ने जनाइएको छ । 

टोलटोलमा पुगेका शिक्षकले विद्यार्थीलाई गृहकार्य गर्न लगाउने, नजानेका कुरामा सहजीकरण गर्ने, आन्तरिक मूल्याङ्कन अद्यावधिकलगायतका क्रियाकलाप गर्ने गाउँ शिक्षा समितिका सदस्य एवं महेन्द्रोद्धय माविका प्रधानाध्यापक केशवकुमार खड्काले बताउनुभयो । “विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण विद्यार्थीमा मनोवैज्ञानिक असर पुगेको छ”, उहाँले भन्नुभयो, “शिक्षक र विद्यार्थीको सम्पर्कका माध्यमबाट विद्यार्थीमा परेको मनोवैज्ञानिक असर न्यूनीकरण गर्दै नियमित पठनपाठन सञ्चालन गर्न टोलटोलमा जाने निर्णय गरिएको हो ।”

गाउँपालिकाभित्र सञ्चालित ४८ वटै सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई टोलटोलमा भेला गरेर शिक्षक सिकाइका साथै विभिन्न क्रियाकलापमा सहभागी गराएर पढ्ने बानीको विकास गरिने जनाइएको छ । सात वटा वडामात्रै रहेको उक्त गाउँपालिकाका सबै विद्यालयमा अध्ययनरत विद्यार्थीलाई यसअघि नै निःशुल्करुपमा पाठ्यपुस्तक उपलब्ध गराइएको थियो । 

टोलटोलमा परिचालन हुने शिक्षकले अनिवार्यरूपमा मास्क, ग्लोब्स र स्यानिटाइजर प्रयोग गर्नुपर्ने नियम बनाइएको छ । विद्यार्थीको गाउँटोलमै सञ्चालन हुने शैक्षिक क्रियाकलापका लागि २५० जना शिक्षक परिचालन गरिने गाउँपालिकाले जनाएको छ । 

बन्दाबन्दीको समयमा सञ्चालन गरिने रेडियो र टेलिभिजनको पढाइभन्दा शिक्षक आफैँ टोलटोलमा पुगेर गरिने पठनपाठन उपयुक्त हुने गाउँपालिकाको ठहर छ । गाउँपालिकाले शुरु गरेको अभियानमा स्थानीय जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा अभिभावकले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । 

टोलटोलमा सञ्चालन गरिने पढाइको आन्तरिक मूल्याङ्कनमा विद्यार्थीले प्राप्त गर्ने नतिजाको आधारमा उनीहरुलाई अपग्रेट (माथिल्लो कक्षा चढाउने) कामसमेत गरिने गाउँपालिका प्रमुख राईले बताउनुभयो । लामो समयदेखिको बन्दाबन्दीका कारण विद्यार्थीको बिगिँ्रदै गएको पढ्ने बानीलाई नियमित गराउँदै उपलब्धिसहितको शिक्षण गराएर अपग्रेड गरिने जनाइएको छ । जिल्लाका अन्य स्थानीय तहमा भने अहिलेसम्म कुन उपाय अपनाएर पठनपाठन सञ्चालन गर्ने भन्नेमा कुनै टुङ्गो लागेको छैन । दश स्थानीय तह रहेको जिल्लामा ४९३ सामुदायिक विद्यालय सञ्चालनमा छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने