2026-07-10 09:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

लम्जुङ्ग - LMG

दोर्दी गाउँपालिकामा पठनपाठन शुरु

असोज ११, लमजुङ । दोर्दी गाउँपालिकाका विद्यालयमा आजदेखि स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउँदै पठनपाठन शुरु भएको छ । कोभिड–१९ का कारण बन्द रहेको करिब छ महिनापछि सुरक्षा मापदण्डसहित सिकाइ सहजीकरणका लागि गाउँपालिकाभरीका सबै विद्यालयमा पठनपाठन भएको गाउँपालिका शिक्षा शाखाका शिक्षा अधिकृत भीमप्रसाद लामिछानेले बताउनुभयो । 

लामिछानेका अनुसार यही असोज ५ गते गाउँपालिकाका सम्पूर्ण विद्यालयका प्रावि, निमावि र मावि तहको प्रधानाध्यापकबीच बैठक र असोज ६ गते पुनः गाउँपालिका शिक्षा समितिको बैठक बसी अघिल्लो बैठकमा गरिएको निर्णयलाई पूर्णता दिँदै विद्यालय सञ्चालन गर्न लागिएको छ । कोरोना भाइरसका कारण बालबालिकाको शिक्षामा परेको असरलाई ध्यानमा राखी विद्यालय सञ्चालन गर्न लागिएको उक्त शिक्षा शाखाले जनाएको छ । 

बीस जनाभन्दा कम विद्यार्थी रहेको प्रावि तहको विद्यालयमा नियमित रुपमा पठनपाठन शुरु भएको छ । सोभन्दा धेरै विद्यार्थी रहेका निमावि र मावि विद्यालयमा जोरबिजोरका आधारमा सिकाइ सहजीकरण गरिन भएको छ । गाउँपालिका शिक्षा शाखाका शिक्षा अधिकृत लामिछानेका अनुसार गाउँपालिकाभरी ५४ विद्यालय छन् । मावि सात, निमावि १० र ३७ प्रावि छन् । 

त्यस्तै जिल्लाको क्व्होलोथर गाउँपालिका सबै विद्यालय र बेँसीशहर नगरपालिकाका केही विद्यालयमा केही दिनअघिदेखि पठनपाठन शुरु भइरहेको छ । क्व्होलासोथर–४ भुजुङको त्रिभुवन विद्याश्रम माध्यमिक विद्यालयका प्रधानाध्यापक दुर्गाबहादुर गुरुङका अनुसार विद्यार्थीको रोल नम्बरका आधारमा जोरबिजोर प्रणालीअन्तर्गत विद्यालयमा पठनपाठन थालिएको छ । 

“विद्यालय आउँदा अनिवार्य मास्क लगाउन लगाइएको छ, गेटमै स्यानीटाइजर लगाउने व्यवस्था गरिएको छ, थर्मल गर्नमार्फत ज्वरो परीक्षण गरिने गरिएको छ”, उहाँले भन्नुभयो, “एउटा बेञ्चमा दुई जना मात्र राख्ने गरिएको छ, बिहान १०:०० बजेदेखि दिउँसो साढे ३:०० बजेसम्म विद्यालयमा पठनपाठन भएको छ, सबै विषय पठनपाठन गरिएको छ ।” दुई सय ४४ विद्यार्थी रहेको विद्यालयमा अधिकांश विद्यार्थी आउन थालेका छन् । जिल्ला बाहिर रहेका शिक्षकलाई १४ दिन क्वारेन्टिन राखेर, पिसीआर परीक्षण गरेर मात्र विद्यालयमा आउने व्यवस्था गरिएको प्रधानाध्यापक गुरुङले बताउनुभयो । 

त्यस्तै बेँसीशहर नगरपालिकास्थित यशोब्रह्म माध्यमिक विद्यालय बाहुडाँडामा समेत उच्च स्वास्थ्य सावधानीका साथ पठनपाठन शुरु भएको विद्यालयका प्राध्यानाध्यापक सुर्जेबहादुर बरालले बताउनुभयो । उहाँले भन्नुभयो, “कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई बिहान ६:०० बजेदेखि १०:०० बजेसम्म र ६ देखि १० कक्षासम्मका विद्यार्थीलाई साढे १०:०० बजेदेखि साढे २:०० बजेसम्म पठनपाठन शुरु गर्दै आएका छौँ, एउटै कक्षामा १५ जनाभन्दा बढी भएमा दुई वटा कक्षामा राखेर पठनपाठन गरिएको र एउटा विषयको ३० मिनेट मात्र पठाइएको उहाँको भनाइ छ । त्यस्तै, जिल्लाका अधिकांश विद्यालयमा विस्तारै पठनपाठन शुरु हुन थालेको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो