2026-10-23 04:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

लम्जुङ्ग - LMG

दोर्दी गाउँपालिकामा पठनपाठन शुरु

असोज ११, लमजुङ । दोर्दी गाउँपालिकाका विद्यालयमा आजदेखि स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउँदै पठनपाठन शुरु भएको छ । कोभिड–१९ का कारण बन्द रहेको करिब छ महिनापछि सुरक्षा मापदण्डसहित सिकाइ सहजीकरणका लागि गाउँपालिकाभरीका सबै विद्यालयमा पठनपाठन भएको गाउँपालिका शिक्षा शाखाका शिक्षा अधिकृत भीमप्रसाद लामिछानेले बताउनुभयो । 

लामिछानेका अनुसार यही असोज ५ गते गाउँपालिकाका सम्पूर्ण विद्यालयका प्रावि, निमावि र मावि तहको प्रधानाध्यापकबीच बैठक र असोज ६ गते पुनः गाउँपालिका शिक्षा समितिको बैठक बसी अघिल्लो बैठकमा गरिएको निर्णयलाई पूर्णता दिँदै विद्यालय सञ्चालन गर्न लागिएको छ । कोरोना भाइरसका कारण बालबालिकाको शिक्षामा परेको असरलाई ध्यानमा राखी विद्यालय सञ्चालन गर्न लागिएको उक्त शिक्षा शाखाले जनाएको छ । 

बीस जनाभन्दा कम विद्यार्थी रहेको प्रावि तहको विद्यालयमा नियमित रुपमा पठनपाठन शुरु भएको छ । सोभन्दा धेरै विद्यार्थी रहेका निमावि र मावि विद्यालयमा जोरबिजोरका आधारमा सिकाइ सहजीकरण गरिन भएको छ । गाउँपालिका शिक्षा शाखाका शिक्षा अधिकृत लामिछानेका अनुसार गाउँपालिकाभरी ५४ विद्यालय छन् । मावि सात, निमावि १० र ३७ प्रावि छन् । 

त्यस्तै जिल्लाको क्व्होलोथर गाउँपालिका सबै विद्यालय र बेँसीशहर नगरपालिकाका केही विद्यालयमा केही दिनअघिदेखि पठनपाठन शुरु भइरहेको छ । क्व्होलासोथर–४ भुजुङको त्रिभुवन विद्याश्रम माध्यमिक विद्यालयका प्रधानाध्यापक दुर्गाबहादुर गुरुङका अनुसार विद्यार्थीको रोल नम्बरका आधारमा जोरबिजोर प्रणालीअन्तर्गत विद्यालयमा पठनपाठन थालिएको छ । 

“विद्यालय आउँदा अनिवार्य मास्क लगाउन लगाइएको छ, गेटमै स्यानीटाइजर लगाउने व्यवस्था गरिएको छ, थर्मल गर्नमार्फत ज्वरो परीक्षण गरिने गरिएको छ”, उहाँले भन्नुभयो, “एउटा बेञ्चमा दुई जना मात्र राख्ने गरिएको छ, बिहान १०:०० बजेदेखि दिउँसो साढे ३:०० बजेसम्म विद्यालयमा पठनपाठन भएको छ, सबै विषय पठनपाठन गरिएको छ ।” दुई सय ४४ विद्यार्थी रहेको विद्यालयमा अधिकांश विद्यार्थी आउन थालेका छन् । जिल्ला बाहिर रहेका शिक्षकलाई १४ दिन क्वारेन्टिन राखेर, पिसीआर परीक्षण गरेर मात्र विद्यालयमा आउने व्यवस्था गरिएको प्रधानाध्यापक गुरुङले बताउनुभयो । 

त्यस्तै बेँसीशहर नगरपालिकास्थित यशोब्रह्म माध्यमिक विद्यालय बाहुडाँडामा समेत उच्च स्वास्थ्य सावधानीका साथ पठनपाठन शुरु भएको विद्यालयका प्राध्यानाध्यापक सुर्जेबहादुर बरालले बताउनुभयो । उहाँले भन्नुभयो, “कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई बिहान ६:०० बजेदेखि १०:०० बजेसम्म र ६ देखि १० कक्षासम्मका विद्यार्थीलाई साढे १०:०० बजेदेखि साढे २:०० बजेसम्म पठनपाठन शुरु गर्दै आएका छौँ, एउटै कक्षामा १५ जनाभन्दा बढी भएमा दुई वटा कक्षामा राखेर पठनपाठन गरिएको र एउटा विषयको ३० मिनेट मात्र पठाइएको उहाँको भनाइ छ । त्यस्तै, जिल्लाका अधिकांश विद्यालयमा विस्तारै पठनपाठन शुरु हुन थालेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने