2026-09-18 10:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

‘एक विद्यालय एक नर्स’ कार्यक्रम लागू

पुस २७, ओखलढुङ्गा । प्रदेश नं १ का केही विद्यालयमा परीक्षणको रूपमा सञ्चालन गरिएको ‘एक विद्यालय एक नर्स कार्यक्रम’ ओखलढुङ्गाका पाँच स्थानीय तहमा लागू गरिने भएको छ । 

जिल्लाको खिजीदेम्बा गाउँपालिकास्थित कुण्डली मावि खिजीकाती, मोलुङस्थित कुन्तादेवीको सरस्वती मावि बुङ्नाम, चिशङ्खुगढीस्थित सरस्वती मावि खानीभञ्ज्याङ र सुनकोशी गाउँपालिकास्थित कटुञ्जे मावि कटुञ्जे र मानेभञ्ज्याङस्थित हर्कपुर मावि टोक्सेलमा यो कार्यक्रम लागू गरिएको हो ।  

प्रत्येक स्थानीय तहमा एक÷एक जनाको दरले १३ वटै जिल्लाका स्थानीय तहका लागि नर्स नियुक्ति गर्ने योजना रहेको प्रदेश नं. १ को सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

प्रदेश नं १ का भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङको पहलमा यसअघि नै लिखु गाउँपालिकाको सिंहदेवी र सिद्धिचरण नगरपालिकाको रुम्जाटारमा यो कार्यक्रम लागू भइसकेको छ । 

विद्यालयमा नियुक्तिपछि नर्सहरुले विद्यार्थीलाई स्वास्थ्य सेवा प्रदान गर्नुका साथै विद्यार्थीलाई स्वस्थ्य जीवनशैली तथा सरसफाइलगायत स्वच्छ वातावरण निर्माणका लागि उत्प्रेरित गर्नेछन् । विद्यार्थीमार्फत समुदायमा स्वास्थ्यसम्बन्धी जनचेतनाको काम गराउने र बालिका, किशोरीमा देखिने विभिन्न समस्याको निगरानी गर्ने, उपचारमा सहयोग गर्ने तथा स्वास्थ्य शिक्षा प्रदान गर्ने सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

विद्यालयमा स्वास्थ्यकर्मी र आधारभूत स्वास्थ्योपचारसहितको सेवा प्रभावकारी बनाइने खिजीदेम्बा– ४ का वडाध्यक्ष कमल न्यौपानेले बताउनुभयो । “विद्यालयमा स्वास्थ्यकर्मी हुँदा विद्यार्थीका स्वास्थ्य समस्या समाधान र परामर्शका लागि सहज हुनेछ”, उहाँले भन्नुभयो, “प्रदेश सरकारको यो कार्यक्रममा हाम्रो वडाको माविलाई समावेश गर्न राज्यमन्त्रीमार्फत प्रक्रिया अघि बढाइएको थियो । कार्यक्रम आयो अब यसलाई उच्चतम् सदुपयोग गरेर प्रभावकारी बनाउन हामी लाग्छौँ ।” जिल्लाका अन्य विद्यालयले पनि यो कार्यक्रम शुरु गर्न माग गरिरहेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई