2026-10-23 03:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

शैक्षिक तथा भाषा प्रतिष्ठान १५ महिनादेखि बन्द

साउन १७, पाँचथर । कम्प्युटर, भाषा र ट्युसन पढाउने प्रतिष्ठान (इन्स्टिच्युट)हरु कोभिड–१९ सङ्क्रमणको महामारीले १५ महिनादेखि ठप्पप्रायः छन् । पाँचथरको सदरमुकाम फिदिममा निषेधाज्ञाका समयमा समेत अन्य अधिकांश व्यवसाय आंशिकरूपमा सञ्चालन भइरहे पनि यहाँका नौवटा प्रतिष्ठान १५ महिनादेखि बन्द छन् ।

फिदिममा डेढ दशकदेखि सञ्चालनमा रहेको ‘न्यू मिलिस्टार कम्प्युटर इन्स्टिच्युट’का सञ्चालक केशव पौडेलका अनुसार विगत १५ महिनादेखि घरभाडा बुझाएर बस्नुपरेको छ । “पहिलो लकडाउनदेखि घरभाडा तिरेर बसेका छौँ”, पौडेलले भन्नुभयो, “उठाएर लैजान सम्भव छैन । राखिरहे सञ्चालनमा ल्याउन पाइएन ।” कतिपय विद्यार्थीको कम्प्युटर तथा भाषाको कोर्स पूरा गर्न नपाउँदा पैसासमेत फिर्ता गर्नुपरेको पौडेलको भनाइ छ । यस्तै यी प्रतिष्ठानमा काम गर्ने शिक्षक तथा अन्य कर्मचारीलाई पारिश्रमिक दिएर टिकाइ राख्नुपर्दा झनै समस्या भएको पौडेलको भनाइ छ । “यतिका महिनादेखि कमाइ खाने ठाँउ बन्द भयो”, उहाँले भन्नुभयो, “अब बन्द गरेर बस्ने कि खोल्ने भन्ने अन्योल छ ।”

फिदिममै सञ्चालनमा रहेको ‘सोलुशन एजुकेशन फाउण्डेशन’का सञ्चालक घनेन्द्रराज मिश्रका अनुसार विसं २०७६ चैतदेखि निरन्तर घरधनी र कर्मचारीलाई मासिक भुक्तानी दिइरहनुपरेको छ । “कोरोनाका कारण व्यवसाय डामाडोल भयो । रु १० लाखभन्दा बढी घाटा भइसक्यो”, मिश्रले भन्नुभयो, “सरोकारवालाले केही चासो दिँदैनन् । अब के गर्नुपर्ने हो अन्योलमा छु ।” फिदिममै भाषा कक्षा सञ्चालन गर्दै आएका ‘पाथीभरा कम्प्युटर एण्ड ल्याङ्ग्वेज सेन्टर’का सञ्चालक युवराज अधिकारीको पनि गुनासो उस्तै छ । अहिलेसम्म रु सात लाखभन्दा बढी नोक्सानी बेहोर्नुपरेको अधिकारीको भनाइ छ । कर्मचारी र घरधनीलाई नियमित रकम दिनुपर्दा मारमा परेको अधिकारीको गुनासो छ ।

फिदिममा सञ्चालनमा रहेका शैक्षिक तथा भाषाका सबै प्रष्तिठानको अवस्था उस्तै छ । सरकारले विभिन्न चरणमा जारी गरेको निषेधाज्ञा इमान्दारीका साथ पालना गरिरहे पनि निजी शैक्षिक तथा भाषा प्रशिक्षण क्षेत्रमा सरकारी निकाय तथा सरोकारवालाले ध्यान नपुर्याउँदा आफूहरु मारमा परेको उनीहरुको गुनासो छ । अन्य व्यवसाय पूर्ण र आंशिकरूपमा सञ्चालन भए पनि प्रतिष्ठानहरू सञ्चालन गर्न समस्या परेको सञ्चालकको भनाइ छ । सङ्क्रमणको जोखिमका कारण कक्षामा राखेर विद्यार्थी पढाउन कठिन पर्ने तथा निषेधाज्ञाका कारण विद्यार्थी नै नहुने कारणले आफूहरुको व्यवसाय सङ्कटमा परेको भन्दै उनीहरुले सरोकारवाला निकायलाई गुहार मागेका छन् ।

उनीहरुले स्वास्थ्यका मापदण्ड पालना गरेर व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग गरेका हुन् । जिल्ला प्रशासन कार्यालय पाँचथर, फिदिम नगरपालिका र पाँचथर उद्योग वाणिज्य सङ्घमा ज्ञापनपत्र बुझाएका उनीहरुले ५० जनाभन्दा बढी कर्मचारी तथा शिक्षक बेरोजगार भएको उल्लेख गरेका छन् । उनीहरुले शैक्षिक तथा भाषा प्रतिष्ठानका सञ्चालक, शिक्षक र कर्मचारीलाई खोप दिनुपर्ने, घरभाडामा सहुलियतका लागि सहयोग गर्नुपर्ने, स्थानीय तहले उचित राहतको व्यवस्था गर्नुपर्ने तथा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर प्रतिष्ठानहरु सञ्चालन गर्नका लागि शीघ्र नीतिगत व्यवस्था गर्नुपर्ने माग गरेका छन् । फिदिममा अङ्ग्रेजी, कोरियाली, जापानीलगायत भाषाका, विभिन्न तहका शैक्षिक प्रशिक्षण र कम्प्युटर तथा सीप विकाससम्बन्धी प्रतिष्ठानहरु सञ्चालनमा छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने