चार महिनादेखि बन्द शैक्षिक संस्था आजदेखि सञ्चालनमा आउने

साझासवाल
2 Min Read

भदौ २७, बागमती | विगत चार महिनादेखि बन्द रहेका मकवानपुरका शैक्षिक संस्था आजदेखि सञ्चालन आउने भएका छन् । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अनुसार १० वटै स्थानीय तहमा रहेका अधिकांश सामुदायिक तथा निजी विद्यालय सञ्चालन आउन लागेका हुन् ।

स्वास्थ्य मापदण्डलाई पूर्ण पालना, भौतिक दूरी कायम गर्न, भीडभाड हुने सामूहिक कार्य गर्न नगराउन शैक्षिक संस्थालाई भनिएको छ । गत वैशाखको १५ गतेदेखि विद्यालय बन्द गरिएको थियो भने वैकल्पिक माध्यमबाट अध्ययन/अध्यापन गराइँदै आएको थियो । प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको नेतृत्वमा गत भदौ १७ गते बसेको कोभिड–१९ व्यवस्थापन केन्द्रको बैठकले सबै स्थानीय तहलाई कोरोनाको अवस्था हेरेर विद्यालय खोल्न मिल्ने निर्णय गरेको थियो ।

बारा र पर्सामा आठ पक्की पुल निर्माण

बारा र पर्सा दुई जिल्लामा  गत आर्थिक वर्ष २०७७/७८ मा चार/चार पक्की पुल निमार्ण भएका छन् । हेटौँडास्थित सडक डिभिजन कार्यालयका अनुसार विभिन्न आव निर्माण सुरुआत भएका थिए ।  कार्यालयको कार्यक्षेत्र बारा, पर्सा र मकवानपुर पर्दछ ।

कार्यालयका इञ्जीनियर लोमस उपाध्यायका अनुसार निर्माण सम्पन्न भएका पुलमा बाराको पसहाल , सिम्रौनगण कन्कालनी पोखरी पश्चिम पट्टि, पसाहाखोला  र सिगहा नदीका पुल छन् भने पर्साकोमा सुपौलीको उत्तर , श्रीसियाखोला ड्राइपोट बाइपास परवानीपुर सडक , मरलहिया नदी  र स्मृति पुल छन् । ती पुल न्यूनतम रु एक करोड ५२ लाखदेखि अधिकतम रु सात करोड ७२ लाखमा निमार्ण भएका हुन् । रासस

Share This Article
Leave a Comment

Leave a Reply