३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

करार शिक्षकलाई स्थायी गरिए सशक्त प्रतिरोधमा उत्रने चेतावनी !

२३ मंसिर २०७८, बिहीबार ०९:५२

मंसिर २३, काठमाडौं | त्रिभुवन विश्वविद्यालयले करार शिक्षकलाई स्थायी गर्ने विषयमा गरेको निर्णय खारेज गर्न संयुक्त विद्यार्थी संगठनले माग गरेका छन्। बिहीबार बसेको संयुक्त विद्यार्थी संगठनको बैठकले आन्तरिक प्रतिस्पर्धाका नाममा गरिने यो प्रक्रियाले विश्वविद्यालयका गुणस्तर खस्किने भएकोले उक्त निर्णय खारेज गर्न माग गरेको हो।

‘त्रिभुवन विश्वविद्यालयले करार शिक्षकलाई स्थायी गर्ने निर्णय तत्काल खारेजीको माग गर्दछौं,’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘आन्तरिक प्रतिस्पर्धाको नाममा गरिने उक्त प्रक्रियाले विश्वविद्यालयको गुणस्तर खस्किने र गलत नजिर बस्ने भएकाले उक्त निर्णय कार्यान्वयन हुन नदिने र त्यसका निम्ति संयुक्त विद्यार्थी आन्दोलन सशक्त प्रतिरोधमा उत्रने चेतावनी दिन चाहन्छौं।’

विद्यार्थी संगठनले यो विषयलाई लिएर त्रिवि केन्द्रीय क्याम्पसमा भएको प्रदर्शनमा प्रहरी हस्तक्षेप र गिरफ्तारीको खेद व्यक्त गरेको छ। विद्यार्थी आन्दोलनलाई ऐक्यबद्धता जनाउन संयुक्त विज्ञप्तिमा प्रदर्शनको तयारी गरेको जानकारी गराइएको छ। शुक्रवार दिउँसो कीर्तिपुरमा प्रदर्शनसहित सभा गर्ने निर्णय बैठकले गरेको हो। आफूहरूको माग विपरीत करार शिक्षकलाई स्थायी गरिए सशक्त प्रतिरोधमा उत्रने पनि चेतावनी दिएका छन्।

विद्यार्थी संगठनले नर्सिङको भर्ना तत्काल खुलाउन माग गरेका छन्। सँगै चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शुल्कबाहेक थप शुल्क उठाउने मेडिकल कलेजलाई कारबाहीको माग गरिएको छ। संयुक्त विज्ञप्तिमा नेविसंघ अध्यक्ष, राजीव ढुंगाना, अनेरास्ववियु (क्रान्तिकारी) अध्यक्ष पञ्चा सिंह, समाजवादी विद्यार्थी युनियन, अध्यक्ष वसिम आलम, अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेल, प्रकाश शाही र अखिल छैठौंका देवेन्द्र कुवरले हस्ताक्षर गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’