मङ्सिर २९, काठमाडौँ | शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदका लागि ठूलो संख्यामा विज्ञापन खुलाएको छ। नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक, अर्थशास्त्र, लेखा, शिक्षा, स्वास्थ्य, संस्कृत, कम्प्युटर र न्याय विषयका जम्मा एक हजार ५४७ जना शिक्षकका लागि विज्ञापन खुलाइएको हो।
आउँदो १ देखि २९ पुषसम्म नियमित शुल्कमा र ६ माघसम्म विलम्ब शुल्क तिरेर दरखास्त दिन सकिने आयोगले जनाएको छ। दरखास्त अनलाइनमार्फत् बुझाउन सकिने सूचनमा उल्लेख छ।
आगामी १५ चैत मा परीक्षा सञ्चालन हुनेछ। परीक्षा आवेदन फाराम अनलाइनबाट पनि भर्ने व्यवस्था छ। साथै आयोगको वेबसाइटमा हेर्न सकिनेछ।