२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माघ ११ देखि त्रिविका कलेजमा अनलाइन कक्षा सुरु गर्न निर्देशन

२०७८, ९ माघ आईतवार १०:३७

माघ ९, काठमाडौँ | त्रिभुवन विश्वविद्यालयले आफू सम्बद्ध सम्पूर्ण शैक्षिक संस्थालाई अनलाइन कक्षा सञ्चालनका लागि आवश्यक तयारी पुरा गर्न निर्देशन दिएको छ ।

त्रिभुवन विश्वविद्यालय रजिष्ट्रार कार्यालय अन्तर्गत सूचना तथा जनसम्पर्क महाशाखाले आइतबार एक सूचना जारी गर्दै मंगलबारदेखि सैद्धान्तिक कक्षा अनलाइनमार्फत सञ्चालन गर्ने गरी व्यवस्था गर्न निर्देशन दिएको हो ।

त्रिवि कार्यकारी परिषद्को निर्णय अनुसार विश्वविद्यालयले सबै क्याम्पसलाई सहायक क्याम्पस प्रमुखको संयोजकत्वमा बढीमा सात सदस्यीय अनलाइन कक्षा व्यवास्थपन समिति गठन गरी र सबै विभागले विभागीय प्रमुखको संयोजकत्वमा बढीमा पाँच सदस्यीय अनलाइन कक्षा व्यवस्थापन समिति गठन गरी अनलाइन कक्षा सञ्चालन तथा व्यवस्थापन गर्न निर्देशन दिएको छ ।

त्यसैगरी सबै क्याम्पस तथा विभागलाई सोमबार अर्थात भोलिसम्म अनलाइन कक्षाको रुटिन बनाई सम्बन्धित डिन कार्यालयमा पठाउन पनि निर्देशन दिइएको छ ।

परीक्षाको सन्दर्भमा भने चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गतका परीक्षा स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना गरी सोही अध्ययन संस्थाबाट निर्णय गरी सञ्चालन गर्न विश्वविद्यालयले निर्देशन दिएको छ ।

त्यस्तै विद्यार्थीको आन्तरिक मूल्यांकन पनि अनलाइन माध्यमबाट नै गर्न र सबै अध्ययन संस्थानले अनलाइनको माध्यमबाट परीक्षा लिने ढाँचा र कार्यविधि पनि तयार पार्न निर्देशन दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन