१२ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

विव्यास : दलहरूको शक्ति परीक्षण गर्ने थलो बन्दै

२२ चैत्र २०७८, मंगलवार ०८:४६

चैत्र २२, खोटाङ | खोटाङका सामुदायिक विद्यालयको व्यवस्थापन समिति राजनैतिक दलको शक्ति परीक्षण गर्ने थलो बन्दै गएको छ । व्यवस्थापन समिति चयनका क्रममा हुने निर्वाचनलाई विशेषगरी कांग्रेस, एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी र नेकपा एकीकृत समाजवादीले शक्ति परीक्षणको थलो बनाउँन थालेका हुन् ।  

सामुदायिक विद्यालयमा स्थानीय तह निर्वाचनकै झल्को दिनेगरी व्यवस्थापन समितिको निर्वाचन हुने गरेको छ । पछिल्लो समय गठबन्धन दलले एउटा प्यानल र एमालेले अलग्गै प्यानल खडा गरेर अभिभावकलाई भिडाउने गरेको छ । निर्वाचन परिणामलाई दलका नेताले दलीय निर्वाचनकै परिणामका रुपमा लिने गरेका छन् । प्यानलले जितेको अवस्थामा नेताहरूले नै सामाजिक सञ्जालमा खुसी प्रकट गर्ने र बधाई दिने गरेको देख्न सकिन्छ । 

दुई साताको अन्तरालमा जिल्लाको ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्कस्थित त्रिभुवन मावि र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ बिजयखर्कस्थित पञ्चकन्य माबिमा गठबन्धन र एमालेले छुट्टाछुट्टै प्यानल खडा गरेर व्यवस्थापन समितिको निर्वाचन गराएको छ ।

पञ्चकन्य माविको व्यवस्थापन समितिका लागि सोमबार दलीय आधारमा निर्वाचन भयाे । निर्वाचनमा एमाले समर्थितहरूकाे प्यानलै विजयी भएका छन् । एमालेले उठाएको चन्द्रकला भुजेलले ९४ मत, मन्दिरा बिकले ९१ मत, गणेश कार्कीले ८६ मत र डोरनिधि खत्रीले ८५ मत पाएका छन् ।

गठबन्धनकातर्फबाट उठाइएका सरस्वती श्रेष्ठले ६० मत, शर्मिला बिकले ७१ मत, पर्शुराम राईले ७४ मत र तिर्थ भट्टराईले ७३ मत पाएका छन् । कुल एक सय ६९ मत खसेकामा १५ मत बदर भयाे । त्रिभुवन मावि ऐसेलुखर्कको व्यवस्थापन समितिको ५ चैतमा भएको निर्वाचनमा पनि एमालेका उम्मेद्वारनै विजयी बनेका थिए । 

दुई माविको व्यवस्थापन समितिको पछिल्लो निर्वाचन परिणामलाई एमालेका नेता तथा कार्यकर्ताले गठबन्धनमाथिको विजयका रुपमा खुसी मनाइरहेका छन् । उनीहरूले आसन्न स्थानीय तहको निर्वाचनमा समेत विद्यालय व्यवस्थापन समितिकै किसिमले निर्वाचन नतिजा आउने अर्थ लगाइरहेका छन् । तर शैक्षिक संस्थाजस्तो शान्तिक्षेत्रमा दलीय आधारमा निर्वाचन गरेर व्यवस्थापन समिति बनाउनुपर्ने अवस्था दुःखद् भएको अभिभावक बताउँछन् । 

आफ्नो शक्ति परीक्षण तथा व्यवस्थापन समिति, विद्यालय र सिंगो वडामा आफ्नो ‘पकड’ जमाउने भित्री स्वार्थ बोकेका दलहरुको कारण विद्यालयमा अनपेक्षित निर्वाचन हुने गरेको छ । तर, व्यवस्थापन समिति गठनकाक्रममा तँछाड–मछाड गर्दै लड्ने र लडाउनेको क्रियासिलता शैक्षिक गुणस्तर वृद्धिमा भने शुन्य प्रायः हुने गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल