2026-10-02 09:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

संघीय शिक्षा ऐन र नगरको शिक्षा ऐन बाझिएको विषयमा उत्प्रेषणयुक्त परमादेश

 चैत्र २४, खोटाङ | संघीय शिक्षा ऐनसँग बाझिनेगरी शिक्षा ऐन बनाएको भन्दै सर्वोच्च अदालतले खोटाङको हलेसी तुवाचुङ नगरपालिकालाई हप्ता दिनभित्र जवाफ दिन उत्प्रेषणयुक्त परमादेश दिएको छ । 

संघीय शिक्षा ऐनसँग बाझिनेगरी नगरको शिक्षा ऐन बनेको भन्दै परेको रिट निवेदनमा सर्वोच्च अदालत, संवैधानिक इजलासका कामु प्रधान न्यायाधीश दीपककुमार कार्की, न्यायाधीश मिरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासले हलेसी तुवाचुङ नगरपालिका प्रमुख इबन राई, हलेसी तुवाचुङ नगरपालिकाको कार्यालय दुर्छिमलाई जवाफका लागि उत्प्रेषणयुक्त परमादेश जारी गरेको हो । 

सर्वोच्चको फैसलामा आदेश प्राप्त भएको मितिले बाटोको म्याद बाहेक सात दिनभित्र आफै वा आफ्नो प्रतिनिधिमार्फत लिखित जवाफ पेस गर्न भनिएको छ । 

“निवेदकको माग बमोजिम आदेश किन जारी हुन नपर्ने हो ? आदेश जारी हुनु नपर्ने कानुन बमोजिमको आधार र कारण भए सो समेत साथै राखी सर्वोच्च अदालत (संवैधानिक इजलास सञ्चालन) नियमावली, २०७२ को नियम १९ को उपनियम (१) मा उल्लेख भए बमोजिम यो आदेश प्राप्त भएको मितिले बाटोको म्याद बाहेक ७ दिनभित्र आफै वा आफ्नो प्रतिनिधिमार्फत लिखित जवाफ पेस गर्नु,” उत्प्रेषणयुक्त परमादेशमा भनिएको छ, “निवेदकले माग गरेको अन्तरिम आदेश सम्बन्धमा बिचार गर्दा निवेदकले उठाएको विषयवस्तु पूर्ण सुनुवाइ हुँदाका बखत निरूपण हुनुपर्ने प्रकृतिको देखिँदा हाललाई निवेदन माग बमोजिम अन्तरिम आदेश जारी गरिरहनु परेन ।”

संघीय शिक्षा ऐन, २०२८, शिक्षा नियमावली, २०५९ र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ सँग बाझिनेगरी हलेसी तुवाचुङ नगरपालिकाको शिक्षा ऐन, २०७६ (प्रथम संशोधन) कार्यान्वयनमा ल्याइएको भन्दै बदरका लागि दुर्छिमका स्थानीय इच्छाराम राईले गत २४ साउनमा सर्वोच्चमा रिट निवेदन दायर दिएका थिए । नगरपालिकाको शिक्षा ऐनमा विव्यास गठन, प्रअ छनौट र नियुक्ति, शिक्षक सरुवा, करारमा शिक्षक नियुक्ति लगायतका व्यवस्था र संघीय शिक्षा ऐनको व्यवस्था आपसमा बाझिएको रिट निवेदनमा दाबी गरिएको छ ।

प्रदेशसभा, गाउँसभा वा नगरसभाले बनाएको कानुन संघीय कानुनसँग बाझिएमा बाझिएको हदसम्म अमान्य हुने व्यवस्था कार्यान्वयन हुनुपर्ने भन्दै सर्वोच्चमा रिट निवेदन हालिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर साताको अन्तिम कारोबार दिन नेप्से ओरालो, ११ उपसमूहमा गिरावट ग्यास अभाव हुन नदिन सुरक्षा निकायलाई एलपीजी बिक्रीको अनुमति दिने तयारी राष्ट्रिय सभामा विभिन्न मन्त्रालयका प्रश्नको जवाफ, तीन निकायका वार्षिक प्रतिवेदन पेस आर्थिक सुधारका लागि चालु वर्ष २७ नयाँ कानुन ल्याउँछौँ : अर्थमन्त्री वाग्ले महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह झापामा हात्ती आतंक र सुकुम्वासी समस्याबारे इन्दिरा राना मगरको सरकारको ध्यानाकर्षण दशैंमा पशुबलिका नाममा हुने क्रूरता रोक्न आशिका तामाङको माग बालिकामाथिको जघन्य अपराधको मुद्दा प्राथमिकताबाट नहराओस् : सांसद श्रेष्ठ अर्को अधिवेशनसम्म सरकार नढलोस् : ध्रुवराज राई इतर समूहको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा चयन प्रतिनिधिसभा बैठक सुरु सुनचाँदीको मूल्य बढ्यो गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने