२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

वैशाख १ देखि ७५३ स्थानिय तहबाटै वैदेशिक रोजगारको श्रम-स्वीकृतिमा सहजीकरण गरिने

१६ चैत्र २०७९, बिहीबार १४:४५

चैत १६, काठमाडौं । वैदेशिक रोजगारीका लागि व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृति लिन ७५३ वटै स्थानिय तहको सहयोग लिन सकिने भएको छ । यस अघि बिभिन्न एजेन्टको सहयोगमा श्रम लिन पर्ने बाध्यता रहेको थियो । 

अब वैदेशिक रोजगारमा जान व्यक्तिगत श्रम स्वीकृति लिनेहरुले स्थानिय निकायकै सहयोगमा आवेदन भर्न सहयोग पाउने भएका हुन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै १ वैशाखदेखि व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिका लागि स्थानीय तहका रोजगार सेवा केन्द्रबाट नै आवेदन दिन सकिने व्यवस्था गरेको हो ।


श्रम मन्त्रालय समेत सम्हालिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यो निर्णय गरेका हुन् । निर्णय अनुसार श्रम स्वीकृतका लागि अनलाइन आवेदन भर्न केन्द्रले सहजीकरण गर्ने भएका छन् ।

अहिले सबै प्रकारका श्रम-स्वीकृतिका लागि श्रमिकले घरबाटै आवेदन दिन सक्ने अवस्था छ तर आफैले भर्न नजान्ने हुँदा एजेन्टहरुले जथाभावी अशुली गर्ने तथा श्रम कार्यालयहरुले बिभिन्न बहानामा रकम माग्ने गरेको गुनाशो युवाहरुको छ । सरकारले १ वैशाखसम्म सेवा केन्द्रहरुको क्षमता अभिवृद्धि गरि वैदेशिक रोजगारमा जानेहरुलाई स्थानीय निकायबाटै श्रम स्वीकृतिको लागि सघाउने भएको हो । 

यो निर्णयले आफै श्रम स्वीकृति लिन नजान्नेहरुको लागि सहिजिकरण हुने भएको छ । साथै श्रम गर्नकै लागि हुने अचाक्ली अशुलीको समस्या समेत समाधान हुने भएको छ ।

सरकारले यस अघि सातै प्रदेशबाट श्रम स्वीकृति नवीकरण र व्यक्तिगत श्रम स्वीकृति प्रदान गर्दै आएको छ । तर बिभिन्न बहानामा ति कार्यालयहरुले श्रमिकहरूलाई दुःख दिने, फाइलहरू अनावश्यक रूपमा अल्झाउने गुनासाहरू मन्त्रालयमा पुग्ने गरेको थिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य