१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीमा निम्तियाे यस्ताे संकट: हजाराै नेपालीहरू प्रभावित हुने

३० आश्विन २०७३, आईतवार १४:४६

एजेन्सी । अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भएको गिरावटले साउदी अरेवियाको अर्थतन्त्र तहस नहस भएको छ । साउदीका ठूला ठूला कम्पनीहरु बन्द हुन थालेका छन् । सुनका विमान चढ्न् र फरारीमा सयर गर्ने साउदी अरेवियाका राजकुमार मोहम्मद बिन सलमानले दुग्ध उत्पादक कम्पनी खोलेका छन् ।

यस्तो ब्यापारबाट देशको आर्थिक अवस्थामा सुधार आउने उनको विश्वास छ । साउदी अरेवियाका राजकुमारको कम्पनी अलमाराइ केवल दुग्ध उत्पादक कम्पनी होइन यो त पुरै पूर्वी एसियाको भरपर्दो ब्राण्ड हो । यो कम्पनीले वर्षेनी ८९१ करोड डलर आम्दानी गर्ने विश्वास गरिन्छ ।

तेलमा आएको निरन्तरको गिरावट र यमनमा बढिरहेको गृहयुद्धले साउदी अरेविया कमजोर बनेको छ । साउदीले पछिल्लो समयमा डेरी ब्यापारमा जोड दिएको छ । साउदी अरेवियामा मरुभुमी क्षेत्रमै ८० हजार गाइ पाल्ने फर्म स्थापना गरिएको छ । त्यहाँ गाइका लागि सँधै चिसो हुने गोठ समेत तयार पारिएको छ । त्यहाँ उत्पादित दुग्ध उत्पादन देशभरी आपुर्ति गरिन्छ ।

नेपाली पनि प्रभावित हुने

साउदी सरकारले पछिल्लो समयमा राज्यको खर्चमा ब्यापक कटौती गरेको छ । विभिन्न कम्पनीहरु बन्द गरिएको छ । पछिल्लो वर्ष मात्र साउदीमा १०० अर्व डलर बजेट घाटा भएको छ । सन् २०१४ मा तेलको मूल्यमा आएको गिरावट पछि त्यहाँ राष्ट्रिय कोषमा समेत २५ प्रतिशतले गिरावट आएको छ । साउदीमा बेरोजगारीको संख्या पन बढिरहेकोछ ।

डेरी उद्योगमा जोड दिएको साउदीमा अन्य ठूला ठूला कम्पनी भने बन्द भएका छन् भने कतिपय बन्द हुने क्रममा छन् । यसरी कम्पनीहरु बन्द हुदा त्यहाँ कार्यरत हजारौंको संख्यामा रहेका नेपालीहरु पनि प्रभावित हुन थालेका छन् । कतिपय कम्पनी बन्द भएर पैसा दिन नसक्दा नेपालीहरु फर्किन बाध्य भएका छन् ।

रमाइलो कुरा त तेलको खानी भएको साउदी अरेवियामा तेल हराउन थालेको छ । यस अघि कच्चा तेलबाट करोडौंको ब्यापार गर्ने तेल कम्पनीहरु टाट पल्टिन थालेका छन् । – नेपाली हेडलाइन्स 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का