कात्तिक २, काठमाडौं । बिमा र रोजगारदाता परिवर्तनको अधिकारबारे कुरा नमिलेपछि साउदीसँग द्विपक्षीय श्रम सम्झौता अन्यौलमा परेको छ । 

श्रम सम्झौताका प्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक २, काठमाडौं । बिमा र रोजगारदाता परिवर्तनको अधिकारबारे कुरा नमिलेपछि साउदीसँग द्विपक्षीय श्रम सम्झौता अन्यौलमा परेको छ । 

श्रम सम्झौताका प्"/>

१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीसँग श्रम सम्झौता अन्यौलमा

२ कार्तिक २०७३, मंगलवार ११:३७

कात्तिक २, काठमाडौं । बिमा र रोजगारदाता परिवर्तनको अधिकारबारे कुरा नमिलेपछि साउदीसँग द्विपक्षीय श्रम सम्झौता अन्यौलमा परेको छ । 

श्रम सम्झौताका प्रारम्भिक मस्यौदामा नेपालले साउदीसँग कामदारलाई २४ घण्टे बिमा उपलब्ध गराउन प्रस्ताव गरेको थियो । तर, साउदी सरकारले भने आफ्नो धार्मिक कानुनले त्यसलाई निषेध गर्ने भन्दै मानेको छैन । नेपाल भने उक्त बिषय टुंगो नलाग्दा सम्म साउदीसँग सरम सम्झौता गर्न तयार छैन । 

नेपाल सरकारले साउदी जाने नेपालीहरुको सुरक्षालाई ध्यान दिंदै जुनसुकै समयमा जुनसुकै कारण नेपाली कामदारको ज्यान गएपनि बिमा रकम उपलब्ध गराउन माग गरेको छ तर साउदी सरकारले भने उक्त कुरा मानेको छैन । 

यदी साउदीले उक्त प्रस्ताब नमाने साउदीसँग नेपालले सरम सम्झौता नगर्ने मनस्थिति बनाएको छ । नेपाल सरकारले रोजगार भन्दा पनि नेपाली कामदारको सुरक्षा र बिमालाई ध्यान दिएको कारण कुनैपनि हालतमा श्रम सम्झौता गर्ने देशसँग बिमा अनिवार्य गर्ने नीति लिएको छ । २४ घण्टे बिमाले कामदारको जोखिमलाई घटाउने सरकारको विश्वास छ । तर, साउदी यसमा सहमत नहुँदा भने श्रम सम्झौतामा थप ढिलाइ भएर अनिश्चतता बढेको छ ।

त्यस्तै नेपाल सरकारले साउदी सरकारसंग श्रम सम्झौता गर्ने बिषयमा नेपाली कामदारले ६ महिना काम गरेपछि उक्त कम्पनीमा कुनै समस्या भए कम्पनी  परिवर्तन गर्न पाउनुपर्ने अर्को माग पनि अघि सारेको छ । तर, साउदीले यसमा पनि असहमति जनाएको छ । त्यस्तै नेपाल सरकारले साउदीसँग श्रम सम्झौता गर्न न्युनतम ११ सय रियल तलबको माग समेत गरेको छ । यस बिषयमा बहने साउदी पनि तयार भएको छ । 

नेपाल र साउदीबीच अहिलेसम्म श्रम सम्झौता हुन नसक्दा नेपाली कामदारहरुले साउदीमा निकै समस्या भोग्नु परेको छ । श्रम सम्झौता भएको खण्डमा नेपालबाट साउदी पुग्ने कामदारहरुले आफुले पाउने सेवा-सुबिधाको ग्यारेन्टी मात्र गर्ने छैनन्, आफ्नो सुरक्षाको प्रत्याभुती समेत गर्नेछन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का