कात्तिक ९, काठमाडौं । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगि गर्ने धरान नगरपालिका १३ की रिता आले पक्राउ परेकी छन् । उनले विभिन्न व्यक्तिबाट ४५ लाख"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक ९, काठमाडौं । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगि गर्ने धरान नगरपालिका १३ की रिता आले पक्राउ परेकी छन् । उनले विभिन्न व्यक्तिबाट ४५ लाख"/>
२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेश पठाउने भन्दै २० जनालाई ठगी गर्ने रितालाई दुई वर्ष जेलसहित ४५ लाख जरिवाना

२०७३, ९ कार्तिक मंगलवार ११:२७

कात्तिक ९, काठमाडौं । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगि गर्ने धरान नगरपालिका १३ की रिता आले पक्राउ परेकी छन् । उनले विभिन्न व्यक्तिबाट ४५ लाख १ हजार ५ सय रुपैयाँ ठगी गरेर फरार भएकी थिइन् ।

रितालाई काठमाडौं जिल्ला अदालतले भदौ ४ गते दुई वर्ष कैद र ४५ लाख १ हजार ५ सय रुपैयाँ जरिवाना सुनाएको थियो । केन्द्रीय अनुसन्धान ब्यूरोको टोलिले सोमबार  रितालाई धरानबाट पक्रेर फैसला कार्यान्वयनको लागि सुनसरी जिल्ला अदालतमा पेश गरेको छ । मंगलबार कैद भुक्तानको लागि उनलाई महिला बन्दीगृह, कारागार बिराटनगर मोरङ् पठाईएको प्रहरीले जनाएको छ ।

रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै अलपत्र पारेपछि टलकबहादुर थापा लगायतले उनीबिरुद्द जाहेरी दिएका थिए । 

आकर्षक रोजगारीका लागि साइपन पठाइदिने भनी प्रलोभन देखाई प्रति ब्यक्ति दुई लाख देखि तीन लाख रुपैयाँसम्म अशुलेकी थिइन् । तर उनीहरुमध्ये कसैलाई सिंगापुर, कसैलाई मलेसिया र कसैलाई फिलिपिन्समा पुर्‍याई अलपत्र पारेकी थिइन् । 

अदालतले प्रतिबादीबाट पिडितहरुलाई ठगी गरेको बिगो रकम भराई दिने समेत फैसला गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश