कात्तिक ९, काठमाडौं । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगि गर्ने धरान नगरपालिका १३ की रिता आले पक्राउ परेकी छन् । उनले विभिन्न व्यक्तिबाट ४५ लाख"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक ९, काठमाडौं । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगि गर्ने धरान नगरपालिका १३ की रिता आले पक्राउ परेकी छन् । उनले विभिन्न व्यक्तिबाट ४५ लाख"/>
२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेश पठाउने भन्दै २० जनालाई ठगी गर्ने रितालाई दुई वर्ष जेलसहित ४५ लाख जरिवाना

९ कार्तिक २०७३, मंगलवार ११:२७

कात्तिक ९, काठमाडौं । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगि गर्ने धरान नगरपालिका १३ की रिता आले पक्राउ परेकी छन् । उनले विभिन्न व्यक्तिबाट ४५ लाख १ हजार ५ सय रुपैयाँ ठगी गरेर फरार भएकी थिइन् ।

रितालाई काठमाडौं जिल्ला अदालतले भदौ ४ गते दुई वर्ष कैद र ४५ लाख १ हजार ५ सय रुपैयाँ जरिवाना सुनाएको थियो । केन्द्रीय अनुसन्धान ब्यूरोको टोलिले सोमबार  रितालाई धरानबाट पक्रेर फैसला कार्यान्वयनको लागि सुनसरी जिल्ला अदालतमा पेश गरेको छ । मंगलबार कैद भुक्तानको लागि उनलाई महिला बन्दीगृह, कारागार बिराटनगर मोरङ् पठाईएको प्रहरीले जनाएको छ ।

रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै अलपत्र पारेपछि टलकबहादुर थापा लगायतले उनीबिरुद्द जाहेरी दिएका थिए । 

आकर्षक रोजगारीका लागि साइपन पठाइदिने भनी प्रलोभन देखाई प्रति ब्यक्ति दुई लाख देखि तीन लाख रुपैयाँसम्म अशुलेकी थिइन् । तर उनीहरुमध्ये कसैलाई सिंगापुर, कसैलाई मलेसिया र कसैलाई फिलिपिन्समा पुर्‍याई अलपत्र पारेकी थिइन् । 

अदालतले प्रतिबादीबाट पिडितहरुलाई ठगी गरेको बिगो रकम भराई दिने समेत फैसला गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का