कात्तिक २४, युएई । युएईमा रहेको नेपाली दूतावासले टेलिफोनबाट नेपाली कामदारको समस्याको सुनुवाई गर्ने भएको छ । दूतावासका काम प्रभावकारी नभएको गुनासो आएपछि दूता"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कात्तिक २४, युएई । युएईमा रहेको नेपाली दूतावासले टेलिफोनबाट नेपाली कामदारको समस्याको सुनुवाई गर्ने भएको छ । दूतावासका काम प्रभावकारी नभएको गुनासो आएपछि दूता"/>

११ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युएईमा तपाईलाई कुनै समस्या परे यी नम्बरमा फोन गर्नुहोस् !

२४ कार्तिक २०७३, बुधबार ०७:१८


कात्तिक २४, युएई । युएईमा रहेको नेपाली दूतावासले टेलिफोनबाट नेपाली कामदारको समस्याको सुनुवाई गर्ने भएको छ । दूतावासका काम प्रभावकारी नभएको गुनासो आएपछि दूतावासले सोमबार सूचना जारी गर्दै टेलिफोनबाटै समस्या सुन्ने र समाधानका लागि पहल गर्ने जनाएको हो । 

आबुधाबीमा रहेको दुतावासले कार्यालयको टेलिफोन नम्बर ०२६३४४७६७ मा फोन गरेर सहयोग लिन सकिने छ । दूतावासले स्थानीय अरबी, अंग्रेजी तथा नेपाली भाषामा बिभागीय सेवा प्रदान गर्न लागेको कार्यबाहक राजदुत नेत्रबहादुर टन्डनले जानकारी दिनुभयो । 

आवश्यकता अनुसार सेवा बारे जानकारी लिन एक्स्टेन्सन नम्बरहरुमा सम्पर्क गर्नु पर्नेछ । दुतावासको नम्बरमा फोन गरेर एक्स्टेन्सन नम्बर १०५ र १०७ मा कुरा गर्न सकिनेछ । कम्पनीबाट तोकेको सेवा सुबिधा नपाए, घरेलु कामदारको रुपमा कार्यरतहरुले तोकिएको सेवा सुबिधा नपाए, भिजिट भिसामा आएर दुःख पाएका वा कसैबाट ठगीएका बिषयमा दुतावासको यी नम्बरमा संपर्क गर्न सकिने छ ।

त्यस्तै सूचना अधिकारिलाई ११०, दुतावासको कन्सुलर सेवाका राहदानी, ट्रान्सक्रिप्ट, भिसा तथा एनओसीका लागि १०६ भिजिट भिसा सम्बन्धी कामकाजका लागि १०८ मा फोन गरेर जानकारी पाउन सकिने छ । 

युएईमा ज्यान गुमाएकाको क्षतीपूर्ति, र मृतकको शव लैजान प्रदान गरिने सिफारिस तथा कामदारका समस्या सम्बन्धमा ११२ मा संपर्क गर्न सकिने दूतावासले जनाएको छ । सुरक्षा जमानत (धरौटी) रकम बारे १०४, नियोग प्रमुख तथा भिसा सम्बन्धी जानकारी, मृतकको शब नेपाल लैजाने सम्बन्धमा १०१, रिसेप्सनीस्टमा १०९ र अरबी भाषामा बोलचाल गरेर आबश्यक जानकारी लिनु परे १०१, १०९ र ११२ मा फोन गर्न सकिनेछ । 

त्यसरी आउने गुनासालाई दुतावासले सक्दो छिट्टो समाधान गर्नतर्फ लाग्ने जनाएको छ । दुतावास आइतबार देखी बिहीवार सम्म बिहान ९ बजे देखी साँझ ५ बजे सम्म खुला रहनेछ । 

दुतावासको टेलीफोन नउठ्ने र उठे पनि आबश्यक जबाफ नपाउने गुनासो बढ्दै गएपछि दुतावासले टेलिफोन सुबिधालाई थप प्रभावकारी बनाउन प्रयास थालेको दुतावासका दितिय सचिव कृष्ण अर्यालले बताउनु भयो । कार्यालय समयमा निर्धारित नम्बर तोकिएकोले अत्यन्त जरुरी परेको समय जुन सुकै बेला दुतावासका अधिकारिलाई सिधै फोन गर्न सकिने दुतावासले जनाएको छ । उज्यालो अनलाइनबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल आयोगद्वारा निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना चुनाव र पार्टी अधिवेशन दुवैको तयारी गर्नुहोस् : कावा सभापति खड्का मलेसिया : १एमडिबी काण्डमा नाजिब दोषी चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर हस्तान्तरण म्यान्मामा पाँच वर्षपछि आम चुनाव राजनीतिक दलसँगको वार्ता र छलफललाई अघि बढाइरहेका छौँ: मन्त्री खरेल जेनजी आन्दोलनका सहिदः ‘बेलुका भएपछि घर आउलान् जस्तो लाग्छ…’ शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण छः उपराष्ट्रपति नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनीयताको शपथ आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद अस्पतालका रूपमा विकास गरिने सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल पुष्पकमल दाहाल र सञ्चारमन्त्री खरेलबीच भेटवार्ता जिप दुर्घटनामा एक जनाको मृत्यु, १६ घाइते अध्यक्ष ओली र सञ्चारमन्त्रीबीच भेटवार्ता नाइजेरियामा आइएसविरुद्ध अमेरिकी हवाई आक्रमण ‘ज्येष्ठ नागरिकको समस्या समाधान गर्न आपसी समन्वय आवश्यक छ’ आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा आगलागीबाट दुई जना घाइते, पाँच घरमा क्षति