हेम चन्द्र राई/कात्तिक २६, दुबई । वैदेशिक रोजगारीको लागि युएई स्थित दुबई इमिरेट्समा रहेको इतिसलात फ्यासिलिटिज म्यानेजमेन्ट एलएलसी कम्पनीमा डिपिएस सेकुरिटी ("/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

हेम चन्द्र राई/कात्तिक २६, दुबई । वैदेशिक रोजगारीको लागि युएई स्थित दुबई इमिरेट्समा रहेको इतिसलात फ्यासिलिटिज म्यानेजमेन्ट एलएलसी कम्पनीमा डिपिएस सेकुरिटी ("/>

२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अढाई लाख तिरेर बिदेशिएका प्रदिप सात लाख ऋण बोकेर स्वदेश फर्के

२०७३, २६ कार्तिक शुक्रबार ०८:३५


हेम चन्द्र राई/कात्तिक २६, दुबई । वैदेशिक रोजगारीको लागि युएई स्थित दुबई इमिरेट्समा रहेको इतिसलात फ्यासिलिटिज म्यानेजमेन्ट एलएलसी कम्पनीमा डिपिएस सेकुरिटी (डिपार्टमेन्ट प्रोटेक्टिभ सिस्टम) मा आएका प्रदिप कुमार बन्जरा रोग र ऋण बोकेर उपचारको लागि स्वदेश फर्केका छन् । बिगत एक बर्ष पहिले भिक्टोरी नेपाल मेनपावरबाट दुईलाख पचास हजार तिरेर डिपिएस सेकुरिटीमा आएका उनी एक्कासि कोठामा ढले पछि साथीहरूले तत्काल एम्बुलेन्स बोलाएर सरकारी दुबई अस्पतालमा आईसियुमा भर्ना गरिएका थिए । 

तीन दिनसम्म होस नखुलेको प्रदिप कुमार २१ दिनसम्म सोही अस्पतालमा उपचार र अस्पतालको पैसा तिर्न बस्नुपर्यो । सुरुमा कम्पनीले गरिदिएको स्वस्थ बिमा अनुसार नै उपचार हुने भनेर उपचार गरेको उनी अन्तमा स्वस्थ्य इन्स्योरेन्स कम्पनी, अस्पताल, आफ्नो कम्पनीले कुनै खर्च नबेहोरे पछि साथीहरू शीत सहयोग सङ्कलन, नेपालबाट ऋण गरेर अस्पतालको जम्मा चौबीस हजार आठ सय बैसठ्ठी (२४,८६२) दिराम नेपाली सात लाख एक्काईस हजार (७,२१,०००) रुपैयाँ  तिरेर अन्ततः स्वदेश फर्केका हुन । दुईवटा छोराछोरी र जीवन सङ्गिनीकि उज्ज्वल भबिष्य बोकेर दुबईमा डिपिएस सेकुरिटी आएको अन्तमा आफैले उल्टै रोग र ऋण बोकेर स्वदेश फर्किनु परेको उनले गुनासो गरे । 

गोर्खा जिल्ला निवासी उनलाई साथीहरूले सक्ने आर्थिक तथा अस्पतालमा साथीको लागि सहयोग गरेका थिए । नेपाली दूतावास अबुधाबीमा रहेको र त्यहाँ कुनै सहयोग नपाईने साथीहरूले बताएकोले कुनै खवर नगरी उनी आफ्नो र साथीहरूको सहयोग लिएर फर्केका हुन । 

अस्पतालमा महङ्गो उपचार गरे पनि रोग पत्ता नलागेको र पुर्ण उपचारको लागी कम्पनीले दुई महिनाको समय दिएकोले अन्ततः स्वदेश फर्केक्का हुन् । कम्पनीले हाल सम्पूर्ण कामदारलाई औसधि, ल्याब, उपचार, डाक्टर चार्जमा २० प्रतिशत कम्पनीले तोकेको अस्पतालमा मात्रै इन्स्योरेन्स मार्फत छुट दिन्छ । बाँकी रकम स्वयं बिमारीले भुक्तानी गर्नुपर्ने नियम हाल इतिसलात कम्पनीमा रहेको छ । स्वदेशमा राम्रो र सुलभ उपचार हुने हुँदा प्राय नेपाली बिरामी कामदारहरु नेपाल बिदा लिएर नै उपचार गरेर पुन: काममा फर्कने गरेका छन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ