मङ्सिर १५, काठमाडौँ । नेपाल सरकारले कुटनीतिक पहल नगर्दा साउदी अरेबीयामा कार्यरत नेपाली अत्यन्तै शोसित् भएका सरोकारवालाहरुले बताएका छन् । 

रोज"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मङ्सिर १५, काठमाडौँ । नेपाल सरकारले कुटनीतिक पहल नगर्दा साउदी अरेबीयामा कार्यरत नेपाली अत्यन्तै शोसित् भएका सरोकारवालाहरुले बताएका छन् । 

रोज"/>

२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीमा कामदारको बिजोग, कुटनीतिक पहल गर्न सरकारसँग आग्रह

२०७३, १५ मंसिर बुधबार ११:५८


मङ्सिर १५, काठमाडौँ । नेपाल सरकारले कुटनीतिक पहल नगर्दा साउदी अरेबीयामा कार्यरत नेपाली अत्यन्तै शोसित् भएका सरोकारवालाहरुले बताएका छन् । 

रोजगारीका लागि साउदी जानुपूर्व कामदारसँग भएका कुनै पनि सम्झौता रोजगारदाता कम्पनीले लागू नगर्दा त्यहाँ कार्यरत नेपाली कमदारहरु पीडित भएको उनीहरुको भनाई थियो । नेपाल साझा मञ्चले बुधबार मिडिया इन्टरनेसनलमा आयोजना गरेको ‘वैदेशिक रोजगारीका क्रममा साउदी अरबमा देखिएका समस्या र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रमका बक्ताहरुले साउदीमा नेपाली कामदार पीडित हुनु नेपाल सरकारको कुटनीतिक कमजोरी भएको औँल्याएका हुन् । 

कार्यक्रममा प्रमुख अतिथि समेत रहेका पूर्व श्रम तथा रोजगारमन्त्री कमल चौँलागाईले पछिल्लो समय साउदीमा नेपालीहरु सेवा सुविधाको हकमा अन्यायमा परिरहेको बताए । त्यसै पनि अहिले युद्धको भयले साउदी जाने नेपाली कामदारको संख्या घटिरहेको छ, उनले भने, तर भएका नेपाली कामदारहरु समेत शोसित भएको काम गर्नुपरेको अवस्था छ । उनले यसबारे सरकारले चाँडोभन्दा चाँडो कुट्नीतिक पहल चाल्नुपर्ने औँल्याए । 

त्यसैगरि नेकपा एमाले युवा तथा खेलकुद विभागका सदस्य मिना श्रेष्ठले बैदेशिक रोजगारीमा समस्या बढी देखिएकाले अब युवालाई स्वदेशमै रोक्ने खालका कार्यक्रमहरु लागू गर्नुपर्नेमा जोड दिइन् । यसका लागि नेपालमै भएका रुग्ण उद्योगहरु सञ्चालनमा ल्याउनुपर्ने उनको भनाई थियो । 

त्यस्तै नेपाल रक्षा परिषद्का सदस्य सचिव युवराज सफलले बैदेशिक रोजगारमा जाने श्रमिकलाई म्यानपावर व्यवसायी, सरकारी कर्मचारीले नै मिलेमतोमा पीडित बनाएको आरोप लगाए ।  

बैदेशिक रोजगार विभागका माहानिर्देशक विश्वराज पाण्डेले साउदी अरेबियाको समस्याबारे आफूहरु ज्ञात रहेकाले त्यसको समाधानक लागि पहल भईरहेको बताए । ‘सरकारी स्तरबाट पहल भईरहेको छ ।’ उनले भने,  ‘विगतमाभन्दा हामीले समस्या केही समाधान गरिसकेका छौँ ।’

नेपाल सरकार श्रम तथा रोजगार मन्त्रालयका सहसचिब भरत भुर्तेलले पनि साउदीमा नेपालीहरुले दुख पाइरहेको भन्ने कुरा स्वीकार गरे । उनले भने, ‘साउदीको समस्यालाई सरकारले गम्भीर रुपमा लिएको छ ।’

कार्यक्रममा नेपाली साझा मंचका उपाध्यक्ष भक्त बहादुर (हमाल) मल्लले कार्यपत्र पेश गरेका थिए । कार्यपत्रमा साउदीमा बैदेशिक रोजगारका क्रममा भए/गरेका सम्झौता, तलब ज्याला, बीमा, भीसाको समस्या, रेसिडेन्ट परमीट, काममा देखिएका समस्याहरु, कामदारका गुनासो, लेवर कोर्टका समस्या, नेपाली महिला कामदारको समस्या, जेलको कठिनाई, दुतावासको सहयोगमा अभावलगायतका समस्या उल्लेख गरिएको थियो ।  

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का