पुस २०, काठमाडौँ । गएको वर्ष बहराइनमा ११ जना नेपाली कामदारले ज्यान गुमाएका छन् । ज्यान गुमाउने नौ जना पुरुष र दुई जना महिला रहेका छन् ।

अघिल्लो वर्ष बह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २०, काठमाडौँ । गएको वर्ष बहराइनमा ११ जना नेपाली कामदारले ज्यान गुमाएका छन् । ज्यान गुमाउने नौ जना पुरुष र दुई जना महिला रहेका छन् ।

अघिल्लो वर्ष बह"/>

२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बहराइनमा ११ जना नेपालीले ज्यान गुमाए

२०७३, २० पुष बुधबार ०८:०४

पुस २०, काठमाडौँ । गएको वर्ष बहराइनमा ११ जना नेपाली कामदारले ज्यान गुमाएका छन् । ज्यान गुमाउने नौ जना पुरुष र दुई जना महिला रहेका छन् ।

अघिल्लो वर्ष बहराइनमा १० जना नेपालीले ज्यान गुमाएका थिए । हृदयघात, मस्तिष्क पक्षघात तथा ‘सडेन कार्डियक एरेस्ट’ (सुतेको सुतै भएर ज्यान गएको) भएर ज्यान गुमाउनेको संख्या सबै भन्दा बढी छ । सुतेको सुतै भएर ६ जनाले ज्यान गुमाएका छन । ज्यान गुमाएका दुई महिलाले झुण्डिएर आत्महत्या गरेका हुन । बाँकी तीन जनामध्ये एक जनाको उच्चरक्तचाप , एक जनाको मस्तिस्क पक्षघात र अर्का एकको  मिर्गौलामा आएको खराबीका कारण ज्यान गएको हो । 

ज्यान गुमाउनेमा टिम्मा ९ खोटाङका शुभराज राई, बक्लौरी १ सुनसरीका खड्ग बहादुर खड्का, बानेथोक देउराली ८ स्याङ्जाका टोप बहादुर मास्के, बेलबारी ३ मोरङकी रिता धिमाल, पुतली बजार १३ स्याङ्जाकी निता नेपाली रहेका छन् । 

त्यसैगरी बक्लौरी ४ सुनसरीका जीत बहादुर राई, रामेछापका रत्नबहादुर सुनुवार, खोटाङका चुडामनी प्रधान, काठमाडौंका मनोज थापा मगर, बाँकेका नरबहादुर राना, स्याङ्जाका उर्जासिङ थापाको ज्यान गएको नेपाली दूतवासले जनाएको छ । 

बहराइन नेपाली कामदारको आकर्षक गन्तव्यका रुपमा स्थापित हुँदै गएको छ । तर कति नेपाली कार्यरत छन् भन्ने यकिन तथ्याङ्क छैन । दूतावासले कामदारसँग सम्बन्धित गतिविधी गर्दै आएको र कामदारलाई सचेत गराउने गर्दै आएको बहराइनका लागि कार्यवाहक नेपली राजदूत खगराज पाण्डेले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ