पुस २०, काठमाडौँ । गएको वर्ष बहराइनमा ११ जना नेपाली कामदारले ज्यान गुमाएका छन् । ज्यान गुमाउने नौ जना पुरुष र दुई जना महिला रहेका छन् ।

अघिल्लो वर्ष बह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २०, काठमाडौँ । गएको वर्ष बहराइनमा ११ जना नेपाली कामदारले ज्यान गुमाएका छन् । ज्यान गुमाउने नौ जना पुरुष र दुई जना महिला रहेका छन् ।

अघिल्लो वर्ष बह"/>

१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बहराइनमा ११ जना नेपालीले ज्यान गुमाए

२० पुष २०७३, बुधबार ०८:०४

पुस २०, काठमाडौँ । गएको वर्ष बहराइनमा ११ जना नेपाली कामदारले ज्यान गुमाएका छन् । ज्यान गुमाउने नौ जना पुरुष र दुई जना महिला रहेका छन् ।

अघिल्लो वर्ष बहराइनमा १० जना नेपालीले ज्यान गुमाएका थिए । हृदयघात, मस्तिष्क पक्षघात तथा ‘सडेन कार्डियक एरेस्ट’ (सुतेको सुतै भएर ज्यान गएको) भएर ज्यान गुमाउनेको संख्या सबै भन्दा बढी छ । सुतेको सुतै भएर ६ जनाले ज्यान गुमाएका छन । ज्यान गुमाएका दुई महिलाले झुण्डिएर आत्महत्या गरेका हुन । बाँकी तीन जनामध्ये एक जनाको उच्चरक्तचाप , एक जनाको मस्तिस्क पक्षघात र अर्का एकको  मिर्गौलामा आएको खराबीका कारण ज्यान गएको हो । 

ज्यान गुमाउनेमा टिम्मा ९ खोटाङका शुभराज राई, बक्लौरी १ सुनसरीका खड्ग बहादुर खड्का, बानेथोक देउराली ८ स्याङ्जाका टोप बहादुर मास्के, बेलबारी ३ मोरङकी रिता धिमाल, पुतली बजार १३ स्याङ्जाकी निता नेपाली रहेका छन् । 

त्यसैगरी बक्लौरी ४ सुनसरीका जीत बहादुर राई, रामेछापका रत्नबहादुर सुनुवार, खोटाङका चुडामनी प्रधान, काठमाडौंका मनोज थापा मगर, बाँकेका नरबहादुर राना, स्याङ्जाका उर्जासिङ थापाको ज्यान गएको नेपाली दूतवासले जनाएको छ । 

बहराइन नेपाली कामदारको आकर्षक गन्तव्यका रुपमा स्थापित हुँदै गएको छ । तर कति नेपाली कार्यरत छन् भन्ने यकिन तथ्याङ्क छैन । दूतावासले कामदारसँग सम्बन्धित गतिविधी गर्दै आएको र कामदारलाई सचेत गराउने गर्दै आएको बहराइनका लागि कार्यवाहक नेपली राजदूत खगराज पाण्डेले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह