माघ १८, काठमाडौं । खाडी मुलुकहरुमा आकर्षक तलबसहित रोजगारीमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा अमन भन्ने मोहमद अजमत अलि साह पक्राउ परे ।

धनुषा मिथिले"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माघ १८, काठमाडौं । खाडी मुलुकहरुमा आकर्षक तलबसहित रोजगारीमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा अमन भन्ने मोहमद अजमत अलि साह पक्राउ परे ।

धनुषा मिथिले"/>

२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारीको नाममा दर्जनौँ व्यक्तिलाई ठगी गर्ने पक्राउ

२०७३, १८ माघ मंगलवार १२:४१


माघ १८, काठमाडौँ । कतारलगायत खाडी मुलुकमा आकर्षक तलब सुविधा, खाने तथा बस्ने व्यवस्थासमेत छ भनी ठगी गर्ने कार्यमा संलग्न एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले धनुषा जिल्ला मिथिलेश्वर गाविस घर भई हाल ललितपुर नकबहिल बस्ने अमन भन्ने मोहम्मद अजमत अली साहलाई पक्राउ गरेको हो । उनले विभिन्न कम्पनीको नक्कली मागपत्र देखाई रोजगारीमा पठाइदिन्छु भन्दै प्रत्येक पीडितसँग राहदानी लिई प्रतिव्यक्ति रु एक लाख १० हजारदेखि रु दुई लाख सम्मको रकम उठाई ठगी गर्दै आएको ब्यूरोले जनाएको छ । 

कुनै आधिकारिक वैदेशिक रोजगार व्यवसायी तथा प्रतिनिधिसमेत नरहेका साहविरुद्ध हालसम्म ८७ जना पीडितले ब्युरोमा जाहेरी दर्खास्त दिइसकेका छन् । साहको डेरा कोठाबाट तीन थान भारतीय राहदानी र १७७ थान नेपाली नागरिकको राहदानीसमेत बरामद भएको प्रहरीले जनाएको छ । 

पछिल्लो आठ/नौ महिनामाको अवधिमै पीडितहरूकै नामबाट सिम कार्ड निकाली १५ वटाभन्दा बढी मोबाइलको सिम प्रयोग गरेको ब्यूरोले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण