८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल

४ पुष २०८१, बिहीबार १३:१३

काठमाडौँ | वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि गठित अध्ययन कार्यदलको प्रतिवेदनमाथि छलफल गरिएको छ । आज श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आयोजित कार्यक्रममा प्रतिवेदनमाथि छलफल गरिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अतिरिक्त सचिव डा. दीपेन्द्ररमण सिंहको अध्यक्षतामा गठन गरिएको कार्यदलले सरकारलाई विभिन्न बुँदामा सुझाव दिएको छ ।

कार्यदलले स्वास्थ्य परीक्षण, स्वास्थ्य परीक्षण प्रक्रियालाई विश्वसनीय, सरल, सहज र पहुँचयोग्य बनाउने तथा स्वास्थ्य संस्थालाई ‘डिजिटलाइट’ गर्ने विषयमा सुझाव दिएको हो । यस्तै, उपकरणको गुणस्तर तथा शुद्धता वृद्धि, नसर्ने रोग र पेसागत स्वास्थ्य, श्रमिकको स्वास्थ्य समस्यालाई वर्गीकरण गरी ‘क्लस्टरिङ’ गर्ने, मानसिक स्वास्थ्य, मनोसामाजिक परामर्श र स्वास्थ्य साक्षरतालाई स्वास्थ्य परीक्षणको प्रक्रियासँग जोड्ने विषयमा सुझाव दिइएको त्यस अवसरमा जानकारी दिइयो ।

कार्यदलले गन्तव्य मुलुकको कूटनीतिक नियोग र दूतावासले खेल्नुपर्ने भूमिका, नीति तथा कानुनी व्यवस्थामा गर्नुपर्ने संशोधन र सङ्घीय संरचनामा स्वास्थ्य परीक्षणको कामलाई व्यवस्था गर्नेलगायत सम्बन्धमा बुँदासहित सरकारलाई सुझाव दिएको छ ।

कार्यक्रममा मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले कार्यदलले दिएका सुझावलाई तत्काल र दीर्घकालीन गरी दुई खण्डमा छुट्याएर कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए । उनले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षणमा भएका विकृतिलाई समाधान गरिने बताए ।

कार्यदलका अध्यक्ष अतिरिक्त सचिव डा सिंहले स्वास्थ्य संस्थाको अनुगमन, विदेशबाट फर्किएका नागरिक तथा वैदेशिक रोजगार बोर्ड, वैदेशिक रोजगार विभाग र राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान लगायतसँग समूहगत छलफल गरी प्रतिवेदन तयार गरिएको बताए । सरकारले गत भदौ १३ गते डा सिंहको अध्यक्षतामा कार्यदल गठन गरेको थियो । कार्यदलमा विभिन्न क्षेत्रका विशेषज्ञ गरी ३० जना रहेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै