२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल

२०८१, ४ पुष बिहीबार १३:१३

काठमाडौँ | वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि गठित अध्ययन कार्यदलको प्रतिवेदनमाथि छलफल गरिएको छ । आज श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आयोजित कार्यक्रममा प्रतिवेदनमाथि छलफल गरिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अतिरिक्त सचिव डा. दीपेन्द्ररमण सिंहको अध्यक्षतामा गठन गरिएको कार्यदलले सरकारलाई विभिन्न बुँदामा सुझाव दिएको छ ।

कार्यदलले स्वास्थ्य परीक्षण, स्वास्थ्य परीक्षण प्रक्रियालाई विश्वसनीय, सरल, सहज र पहुँचयोग्य बनाउने तथा स्वास्थ्य संस्थालाई ‘डिजिटलाइट’ गर्ने विषयमा सुझाव दिएको हो । यस्तै, उपकरणको गुणस्तर तथा शुद्धता वृद्धि, नसर्ने रोग र पेसागत स्वास्थ्य, श्रमिकको स्वास्थ्य समस्यालाई वर्गीकरण गरी ‘क्लस्टरिङ’ गर्ने, मानसिक स्वास्थ्य, मनोसामाजिक परामर्श र स्वास्थ्य साक्षरतालाई स्वास्थ्य परीक्षणको प्रक्रियासँग जोड्ने विषयमा सुझाव दिइएको त्यस अवसरमा जानकारी दिइयो ।

कार्यदलले गन्तव्य मुलुकको कूटनीतिक नियोग र दूतावासले खेल्नुपर्ने भूमिका, नीति तथा कानुनी व्यवस्थामा गर्नुपर्ने संशोधन र सङ्घीय संरचनामा स्वास्थ्य परीक्षणको कामलाई व्यवस्था गर्नेलगायत सम्बन्धमा बुँदासहित सरकारलाई सुझाव दिएको छ ।

कार्यक्रममा मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले कार्यदलले दिएका सुझावलाई तत्काल र दीर्घकालीन गरी दुई खण्डमा छुट्याएर कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए । उनले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षणमा भएका विकृतिलाई समाधान गरिने बताए ।

कार्यदलका अध्यक्ष अतिरिक्त सचिव डा सिंहले स्वास्थ्य संस्थाको अनुगमन, विदेशबाट फर्किएका नागरिक तथा वैदेशिक रोजगार बोर्ड, वैदेशिक रोजगार विभाग र राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान लगायतसँग समूहगत छलफल गरी प्रतिवेदन तयार गरिएको बताए । सरकारले गत भदौ १३ गते डा सिंहको अध्यक्षतामा कार्यदल गठन गरेको थियो । कार्यदलमा विभिन्न क्षेत्रका विशेषज्ञ गरी ३० जना रहेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण