2026-09-19 06:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

कतारमा अलपत्र नेपाली युवती स्वदेश फिर्ता यसरी भईन

चिसाङ शेर्पा/मंसिर १८, खोटाङ । बैदेशिक रोजगारीको शिलशिलामा कतारमा तलव नपाउँदा अलपत्र बनेकी खोटाङकी एक युवती मनराखी राईलाई स्वदेश फर्काइएको छ । कतारको दोहास्थित सफिर क्लिनर कम्पनीमा कार्यरत केपीलासगढी गाउँपालिका–३ बासपानीकी मनराखी राईलार्ई खोटाङ सेवा समाज कतारको सहयोगमा स्वदेश फर्काइएको हो । 

निरन्तर काम गरे पनि कम्पनी मालिकले चार महिनादेखि तलव नदिएपछि अलपत्र बनेकी राईलाई एकतर्फी हवाई टिकट उपलव्ध गराएर स्वदेश फकाईएको समाज कतारले जनाएको छ । 

पाउनुपर्ने बाँकी तलवका लागि पटक–पटक माग राखे पनि कम्पनी मालिकले वास्ता नगरेपछि श्रम अदालतमा उजुरी दिँदा पनि कम्पनी मालिक सम्पर्क बिहिन बनेपछि राई बिचल्लीमा परेकी थिइन् । कम्पनीबाट लामो समयसम्म तलव नपाउँदा समस्यामा परेपछि उनले सहयोगका लागि खोटाङ सेवा समाज समक्ष सहयोगका लागि मौखिक आग्रह गरेकी थिइन् ।   

उनी पैसा कमाउने सपना बोकेर २७ महिना अघि कतार पुगेकी थिइन् । ऋण काढेर पुगेको कतारमा उल्टै अलपत्र बनेपछि राई परिवारको सपना भताभुङ्ग भएको छ । 

के हो खोटाङ सेवा समाज कतार ?

खाशगरी कतारमा रहेका खोटाङे र गैर खोटाङेहरुमा भुईपरी आउने हरेक समस्याको समाधानका लागि स्थापनार्थ खोटाङ सेवा समाज कतारले विभिन्न सामाजिक हकहितका कार्य गर्दे आईरहेको छ । रोजगारीको शिलशिलामा कतारमा रहेका खोटाङका सयौ ब्यक्तीहरुको जनसहभागितामा सन १९९८ जनवरी ३१ मा ‘खोटाङ सेवा समाज’को स्थापना भएको हो । स्थापनार्थको लामो अवधिमा समाजले उल्लेखनिय सामाजिक काम गरेको रेर्कड छ ।  

जन्मभुमीप्रती सामाजिक कार्यमा तल्लीन खोटाङका कतारवासीले जिल्लामा एम्वुलेन्स वितरण गरेर उदार भावना देखाएको छ । खिदिमाका लिला वहादुर खत्रीको अध्यक्षतामा २१ सदस्य खोटाङ सेवा समाज कतारमा प्रथम उपाध्यक्ष खार्पाका एकराज राई हुन् भने दितिय उपाध्यक्ष दिक्तेलका रुद्र शर्मा आचार्य हुन् । 

समाजको महासचिवमा वराहपोखरीका कैलाश श्रेष्ठ, सचिव पर्शुराम श्रेष्ठ पवन सोल्मा, कोषाध्यक्ष डिल्लीशेर खड्का खिदिमा र छितापोखरीका दिनेश कार्की सह,कोषाध्यक्ष हुन् । 

आगामी दिनमा खोटाङको पर्यटकीय तथा पुर्वको पशुपतिनाथ भनेर चिनिने हलेसी मन्दिरको अन्तराष्ट्रिय स्तरमा प्रचारप्रसार गर्ने योजना बनाई रहेको समाजका द्दितीय उपाध्यक्ष रुद्र शर्मा आचार्यले बताए । 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई