२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैदेशिक रोजगारी: नेपालमा सबैभन्दा भरपर्दो म्यानपावर कुन होला ?

२०७४, १३ माघ शनिबार ०४:१६

'बैदेशिक रोजगारीमा जानको लागि सबैभन्दा भरपर्दो म्यानपावर कुन होला ?' यो प्रश्न विदेश जान चाहने प्रायजसो सबै नेपालीले सोध्ने प्रश्न हो । तर कसैको यस्तो प्रश्नमा ढुक्क भएर कसैले पनि 'यो म्यानपावर सबैभन्दा राम्रो छ भनेर भन्न सक्ने अवस्था छैन ।'

हामीले बैदेशिक रोजगारीमा चासो राख्ने हजारौं नेपालीहरुलाई 'नेपालमा सबैभन्दा भरपर्दो म्यानपावर कुन हो' भन्ने प्रश्न राखेका थियौं । जसमध्ये ८० प्रतिशत भन्दा धेरैले नेपालका कुनैपनि म्यानपावरले कामदारको हितमा काम नगरेको, चर्को पैसा अशुलीको काम गरेको तथा भए-नभएका आश्वासन देखाउने गरेको तर भने जस्तो नहुने गुनाशो व्यक्त गरेका छन् । 

सामाजिक संजाल तथा प्रत्यक्ष कुराकानीको क्रममा अधिकांशले नेपालमा कुनैपनि म्यानपावरलाई राम्रो भनेर भन्न सकिने स्थिति नभएको बताएका छन् । 

दैनिक हजारौं नेपालीहरु बैदेशिक रोजगारीमा जान बाध्य हुने गरेका छन् तर भनेजस्तो कम्पनी र सेवा सुबिधा नहुँदा बिभिन्न म्यानपावर कम्पनीबाट गएका नेपालीहरुले दु:ख भोग्नु परेको छ । म्यानपावरहरुले पैसाको लोभमा कामदार पठाउने क्रममा बिभिन्न सेवा/सुबिधा देखाउने गरेपनि बस्ताबमा नहुँदा विदेश जाने धेरै नेपाली कामदारको नजरमा म्यानपावर ब्यबसायीहरु झुटको खेति गर्ने र ठगनै हुन्छन भन्ने भान पर्दछ । यस्तो स्थति आउनुमा सबैभन्दा बढी दोष म्यानपावरहरुकै हो । 

म्यानपावरले विदेशबाट आएको कामदार कोटामा सेवा सुबिधाबारे बढाई-चढाई जानकारी दिंदा वा राम्रा कम्पनीमा समेत चर्को रकम अशुल्ने, राम्रो डिमाण्ड आएको बेला सर्वसाधारणलाई डिमाण्डबारे थाहा नै नदिने वा राम्रा डिमाण्डमा आफ्ना मान्छेलाई मात्र पठाउने गर्नाले म्यानपावरप्रति आक्रोश पोखिने गरेका छन् । 

केहि समय अघि कतार एयरवेज जानको लागि गोकर्ण फरेस्ट रिसोर्टमा अन्तर्वार्ता दिएर आएका धादिङ्ग साँखुका श्याम नेपालसँग फाइनल अन्तर्वार्ता दिनकै लागि एजेन्टले डेढ लाख मागेको समाचार साझा सबाल अनलाइनले प्रकासित गरेको थियो । 

राम्रो कम्पनीमा अन्तर्वार्ता दिनकै लागि पनि डेढ लाख माग्ने प्रवृति म्यानपावर भित्र मौलाएको एजेरु जस्तै हो । यो एउटा उदाहरण मात्रै हो । यस्ता घटना बैदेशिक रोजगारीमा जाने प्राय नेपालीले भोग्दै आएका घटना हुन् ।

केहि दिन अघि सामाखुसी स्थित एक म्यानपावरले दुबईमा सेक्युरिटी गार्डमा जानेहरुसंग प्रति व्यक्ति ४ लाख ५० हजार अशुल्यो । यत्रो चर्को रकम अशुलीको कारोबारमा म्यानपावरले कामदारलाई कुनै भरपाई दिएन । 

विदेश जाने कामदारले समेत आफु रोजगारीमा जान नपाउने डरले भरपाई माग्ने आँट गरेन । अन्तमा विदेश जाने दिन उसलाई म्यानपावरले १० हजार मात्र तिरेको रसिद बनाइदियो । उ बिदेस उड्यो । अब त्यस व्यक्तिलाई उक्त म्यानपावरप्रति कस्तो धारणा जाग्ला ?! प्राय म्यानपावरको यस्तै ब्यबहार हुन्छ ।

सम्बन्धित कम्पनीले निशुल्क उपलब्ध गराएको र उनीहरुकै कडा निगरानीमा आएका डिमाण्डमा समेत बिभिन्न बहानामा म्यानपावरहरुले चर्को रकम अशुल्ने काम गर्छन । 

झन्डै डेढ बर्ष अघिदेखि फ्री भिषा/टिकटको ब्यबस्था लागु भएको अवस्थामा कामदारले भने लाख/डेढलाख/५ लाख सम्म तिरेर १० हजारको रसिद बनाई विदेश जाने परिपाटी छ । यो बिषयलाई नियमन निकायले देखे नदेखेझैँ गरेको छ । 

बिशेषगरि काठमाडौँको जब्स ग्लोबल, स्काई ओभरसीस, अरब रिक्रुटमेन्ट, शिखर इन्टरनेसनल, जेरी भर्गिज, प्रुडेन्सियल, ब्लु स्काई, एसओ एस लगायत म्यानपावरलाई बिभिन्न देशमा पुगेका कामदारहरुले राम्रो भनेका छन् । 

हामीले कुन म्यानपावर राम्रो भन्ने बारे गरेको जिज्ञाशामा विदेश पुगेका कामदारहरुले दिएको प्रतिक्रिया तथा केहि म्यानपावरको अवलोकन पछी यी नामहरु सार्वजनिक गरेका हौँ ।  तर यी म्यानपावरहरु पनि शतप्रतिशत राम्रो छन् भन्ने हाम्रो निष्कर्ष हैन । यी म्यानपावर बिरुद्ध पनि मुद्धा परेका हुन सक्छन वा बिभिन्न बिबादमा मुछिएका हुन सक्छन । 

सम्बन्धित देशमा राम्रो कम्पनीसँग प्रत्यक्ष सम्झौता मार्फत आउने डिमाण्ड र त्यसतर्फ सकेसम्म कम शुल्कमा पठाउन सक्ने म्यानपावरहरु राम्रो मानिन्छ । उदाहरणको रुपमा राम्रो मध्ये गनिने म्यानपावर जब्स ग्लोबललाई दुबई ड्युटी फ्री, म्यारिओट होटल लगायत प्रतिष्ठित कम्पनीले सिधै डिमाण्ड दिने गर्छन् । 

त्यसमा पनि दुबई स्थित जब्स ग्लोबल नामक कम्पनीले सम्बन्धित देशमा सम्झौता गरेको कम्पनीमा मात्र कामदार पठाउँदा भनेजस्तो सेवा-सुबिधा तथा तलब पाउने गर्छन । 

यसै गरि नेपालमा संचालित केहि अरु म्यानपावर जसले सिधै विदेशका राम्रा कम्पनीसँग सम्झौता गरि डिमाण्ड लिन्छन त्यस्ता म्यानपावर कम्पनी राम्रा मान्न सकिन्छ । तर राम्रो मानिएको म्यानपावर कम्पनी पनि दलालहरुको कारण बदनाम बन्ने गरेका छन् । 

नेपालमा संचालित ७ सय भन्दा बढी म्यानपावरमा एकाद राम्रा म्यानपावर पनि छन् तर कुन म्यानपावर राम्रो छ भन्ने बिषयलाइ स्पष्ट रुपमा भन्न भने सकिने अवस्था भने छैन ।  यसै बिषयमा पर्बतका कृष्ण गौतमको नजरमा सबै म्यानपावर चोर र फटाह हुन्छन भन्ने छ, कुनैपनि म्यानपावरले नियमसंगत काम नगरेको उनको आरोप छ । 

उनि भन्छन 'सरकारले ल्याएको नीति नमान्नेलाई चोर/फटाह नभने के भन्ने ?' यस्तै झापाका हरिओम पोख्रेल म्यानपावर राम्रो नहुनु सरकारी निकायकै कमजोरी रहेको बताउँछन् ।  उनि भन्छन 'नियमन निकाय भित्रै इमान्दारिता छैन भने त्यसको असर बैदेशिक रोजगारीमा पर्नु स्वभाविक छ । पहिले बैदेशिक रोजगारी तथा म्यानपावरलाई हेर्ने निकाय सच्चिनु पर्छ ।' 


यस्तै हामीले यो बिषयलाई सामाजिक संजालमा समेत उठाएका थियौं, अरुको पनि यस बिषयमा प्रतिक्रिया हेरौं 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण