२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगार विभागको महानिर्देशकमा भूवनप्रसाद आचार्य नियुक्त

२०७४, २९ माघ सोमबार १४:२५

माघ,२९, काठमाडौं।  श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगार विभागको महानिर्देशकमा भूवनप्रसाद आचार्यलाई नियुक्त गरेको छ । श्रम तथा रोजगार मन्त्री फरमुल्लाह मन्सुरले  मन्त्रालयका सहसचिव एवं प्रवक्ता रहेका भूवनप्रसाद आचार्यलाई विभागको महानिर्देशक नियुक्त गरेका हुन् । नयाँ महानिर्देशकमा नियुक्त भएका भूवनप्रसाद आचार्यले आज नै  वैदेशिक रोजगार विभागमा पदबहाली गरेका छन्  ।

पदबहाली संगै साझासबालसंग कुरा गर्दै महानिर्देशक आचार्यले बैदेशिक रोजगारमा देखिएका समस्या समाधान गर्न सक्दो प्रयास गर्ने बताए।

वैदेशिक रोजगार विभागसंग नेपाली  कामदारका अपेक्षा धेरै रहेको छ उनले भने "कामदारहरु म्यानपावर व्यवसायी र एजेन्टहरुबाट ठगिने क्रम रोकिएको छैन अब विभागको हालसम्मको काम हेरेर म्यानपावरको अनुगमनलाई  तीव्रता दिन्छु। ''

यसअघि विभागका तत्कालीन महानिर्देशक विश्वराज पाण्डे भ्रष्टाचारको अभियोगमा पक्राउ परेपछि दुई  महिना अघि मन्त्रालय अन्तरगतको सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक राजकुमार श्रेष्ठलाई विभागको पनि महानिर्देशक भई काम गर्ने जिम्मेवारी दिइएको थियो  । 

वैदेशिक रोजगार विभागमा काम गर्न असहज रहेछ : राजकुमार श्रेष्ठ

वैदेशिक रोजगार  विभागमा दैनिक रुपमा कामदारका समस्या आउने र सो गुनासो सम्बोधन गर्ने सम्बन्धमा सहजता नभएको विभागका पुर्व महानिर्देशक राजकुमार श्रेष्ठले साझासबाललाई  बताए ।

कामदारबाट विभागले न्याय नदिएको गुनासो आउने र विभागले जुनसुकै केशमा क्षतिपुर्ति भराएर म्यानपावर व्यवसायीलाई कडाई गरेको आरोप लाग्ने गरेकोले काम गर्न निकै असहज अवस्था रहेको उनले बताए । साथै उनले आफूलाई दुईवटा निकायको जिम्मेवारी दिंदा कामको जिम्मेवारी पुरा गर्न असहज भएकोले श्रम तथा रोजगार मन्त्रालयमा यसबारे विचार गर्न भनेको र सोहि अनुरुप विभागको जिम्मेवारीबाट मुक्त भएको बताए ।

दुई  महिना विभागको महानिर्देशक रहेका उनले तत्कालीन महानिर्देशक पाण्डेले धरौटी बुझाउन आदेश दिएको वाहेक नयाँ म्यानपावर दर्ताका लागि आवेदन दिने म्यानपावर कम्पनीलाई दर्ता दिने र धरौटी माग्ने निर्णय नगरेको सझासबालालाई बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै